मा यूं (चिनियाँ: 马云, [mayn][mɑ̀y̌n]; जन्म सेप्टेम्बर १०, १९६४),[२] व्यावसायिक रूपमा ज्याक मा को नामबाट प्रसिद्ध, एक चिनियाँ व्यावसायी तथा अलिबाबा समूहको संथापक तथा कार्यकारी अध्यक्ष हुन् । उनी फोर्ब्स को आवरणमा आउने पहिलो मुख्य भूमिका चिनियाँ उद्यमी हुन् ।  [३]

ज्याक मा
马云
सन् २००८ को विश्व अर्थशास्त्र फोरममा ज्याक मा
जन्म (1964-09-10) १० सेप्टेम्बर १९६४ (उमेर ५९)
हांगजो, झेजियांग, चीन
वासस्थानहांगजो 杭州
राष्ट्रियताचिनियाँ
पेशासंस्थापक तथा अक्ष्यक्ष अलिबाबा समूह
जम्मा सम्पतिवृद्धि युएसडि २७.९ विलियन (सेप्टेम्बर २०१६)[१]
जीवनसाथी张瑛 / क्याथी झांग यिंग
सन्तान

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

मा को जन्म चीनको झेजियांग प्रान्तको हांग्जो मा भएको थियो । उनले सानै उमेर देखि अंग्रेजी भाषाको अध्ययन शुरू गरेका थिए भने आफ्नो दैनिक जीवनमा उनको घर नजिकैको होटलको अंग्रेजी भाषा वक्तासँग अभ्यास गर्ने गर्दथे । माले आफ्नो अङ्ग्रेजीलाई राम्रो बनाउनको लागि उनीहरूलाई शहरमा निःशुल्क भ्रमण गराउने गर्दथे । [४] उनले यस्तो नौ वर्षसम्म गरेका थिए । उनले एकजना विदेश मित्रसँग कलम मित्रता गासेका थिए । उनका साथीले माको चिनियाँ नाम उच्चारण गर्न धेरै गाह्रो भएकोले उनको उपनाम "ज्याक" राखि दिएका थिए । 

पछि आफ्नो युवा अवस्थामामा, उनी चिनियाँ विश्वविद्यालयको प्रवेश परीक्षामा तीन पटकसम्म असफल भएका थिए । अन्तत माले हांगझोउ शिक्षकको इन्टिच्युटमा भर्ना भए र उनी सन् १९८८ मा अंग्रेजी विषयमा स्नातक उत्तीर्ण गरेका थिए ।

क्यारियर सम्पादन गर्नुहोस्

स्नातक शिक्षा पश्चात उनले ३० वटा विभिन्न रोजगारीमा उनले आवेदन भरे र सबैमा उनीलाई अस्विकृत भएका थिए । सन् १९९४ मा मा ले इन्टरनेटको बारेमा सुनेका थिए, उनी साथीका साथ अमेरिका गए साथीको सहयोगमा उनी इन्टरनेटको बारेमा जानकारी प्राप्त गरे । उनले इन्टरनेटमा पहिलो खोजेको शब्द बियरको बारेमा खोजेका थिए उनले विभिन्न देशहरूको बियरको बारेमा जानकारी पाए, तर उनीले कुनै पनि जानकारी चीनबाट nभएकोमा अच्चम परेका थिए । यस्तै गरी उनले चीनको बारेमा सामान्य जानकारी समेत खोज्दा केही पनि नभेटाउदा उनी अच्चम परेका थिए । उ र उसको साथी मिलेर चीनको बारेमा एउटा बेभपेज तयार गरेका थिए । [५] बेभसाइट तयार गरेको पाँच घण्टा भित्र उनले कुनै चिनियाँ व्यक्तिबाट उनको बारेमा जान्ने इच्छा सहितको इमेल प्राप्त गरेका थिए । यस बेला उनले इन्टरनेटमा गर्ने ठूलो स्थान रहेको महशुस गरेका थिए । सन् १९९५ अप्रिलमा मा, उनको श्रीमती तथा एक जना साथीले युएसडि २०,००० जम्मा गरेर एउटा इन्टरनेट कम्पनीको थालनी गरेका थिए । उक्त कम्पनीले कम्पनीकोहरूको बेभसाइट तयार गर्ने काम गर्दथ्यो । उनले उक्त कम्पनीको नाम "चाइना एलो पेजेज" राखेका थिए । तीन वर्ष भित्र उनको कम्पनीले ५,०००,००० चिनियाँ युआन जुन युएसडि ८००,००० बराबरको कमाई गरेको थियो ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://www.forbes.com/billionaires/#version:static
  2. Tausche, Kayla (१० सेप्टेम्बर २०१४), "Alibaba's Jack Ma gets special gift for 50th birthday", अन्तिम पहुँच ५ जनवरी २०१६ 
  3. http://www.forbes.com/billionaires/#version:static. 
  4. Fannin, Rebecca (२००८-०१-०१), "How I Did It: Jack Ma, Alibaba.com", Inc. Magazine, अन्तिम पहुँच २०१०-०४-१२ 
  5. "秒拍视频", Miaopai.com, अन्तिम पहुँच २०१६-०३-०५