जिल्ला भित्रका विकास तथा निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्ने, सो को अनुगमन गर्ने तथा जिल्लामा रहने सङ्घीय र प्रदेशिक सरकारी कार्यालयगाउँपालिकानगरपालिकाबीच समन्वयन गर्नको लागि एक जिल्ला समन्वयन समिति हुन्छ ।[१] सम्बन्धित जिल्ला भित्रका गाउँँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू सदस्य रहेको जिल्ला सभा बन्छ । जिल्ला सभाले जिल्ला भित्रका गाउँँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ ।[२]

जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तिमा ३ जना महिला र एक जना दलित वा अल्पसंख्यक सहित बढीमा ९ जना सदस्य निर्वािचत गरी जिल्ला समन्वय समिति बनाउँछ । जसमा जिल्ला सभाका सदस्यहरू साथै जिल्ला भित्रका गाउँसभानगरसभाका सदस्यहरूले समेत उम्मेदवारी दिन पाउने ब्यवस्था गरेको छ । जिल्ला समन्वय समितिले जिल्ला सभाले गर्नु पर्ने सम्पूर्ण कार्य सम्पादन गर्दछ ।[३][४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "अब यसरी गठन हुन्छ जिल्ला समन्वय समिति", OnlineKhabar, २०७४ जेठ ७, अन्तिम पहुँच २०७४ जेठ ७ 
  2. "मिति २०७४/१/११ मा नेपाल राजपत्रमा प्रकाशित अल्पसंख्यकको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८ 
  3. "जिल्ला समन्वय समितिको नेतृत्व उपसचिवले गर्ने", OnlineKhabar, २०७३ माघ १४, अन्तिम पहुँच २०७३ माघ १४ 
  4. "मन्त्रीपरिषदबाट मिति २०७४/२/१७ मा जारी गरिएको स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७४ जेठ १८  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०६-०३ मिति

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्