जस्टिन बीबर

क्यानडेली गायक,गितकार तथा अभिनेता

जस्टिन द्रू बीबर[७] (जन्म मार्च १, १९९४), एक क्यानेडाली गायक, गीतकार र अभिनेता हुन।[२][४] बीबर २००८ मा स्कुटर ब्रन द्वारा पत्ता लगाईएका हुन,[८] जसले युट्युबमा बीबरको भिडियो हेरेका थिए र पछि उनैको प्रबंधक बने। ब्रनले उनलाई अटलांटा, जर्जियामा अस्सर सँग भेट्ने व्यवस्था मिलाईदिए र बीबर रेमंड ब्रन मिडिया ग्रूप (आर बि एम जि), ब्रन र अस्सर को संयुक्त कम्पनि, सँग अनुबन्धित भए,[९] र त्यस पछि एल. ए. रीड को प्रस्तावमा आइल्यान्ड रेकर्ड्स सँग रेकर्डिंग गर्ने मौका पनि पाए।[५][१०] बीबरको पहिलो एकल गीत, "वान टाईम (गीत)|वान टाईम", २००९मा निस्केको थियो र क्यानाडामा शीर्ष दसमा र धेरै अन्तर्राष्ट्रिय बजारमा शीर्ष तीसमा उक्लिन सफल भएको थियो। उनको पहिलो एल्बम, सात ट्र्याक भएको - "माई वर्ल्ड", नोभेम्बर २००९मा जारी गरियो, जुन संयुक्त राज्य अमेरिकामा प्ल्याटिनम प्रमाणित भयो। उनी आफ्नो पहिलो एल्बमबाट सातवटा गीत बिलबोर्ड हट ‍‍१००मा हुने पहिलो कलाकार बन्न पुगे।[११]

जस्टिन बीबर
व्यक्तिगत विवरण
वास्तविक नामजस्टिन ड्रिउ बीबर
जन्मस.न् १९९४ मार्च १[१]
लन्डन, ओन्टारियो, क्यानडा
उत्पत्तिस्ट्र्याट्फर्ड, ओन्टारियो, क्यानडा
विधापप, आर एण्ड बि, टिन पप[२][३][४]
पेशागायक, संगीतकार, अभिनेता
वाद्ययन्त्रआवाज, गिटार, पियानो, प्रिकस्सन,[५] ट्रम्पेट[६]
सक्रिय वर्ष२००८–हाल
लेबलआइल्यान्ड, आर बि एम जि
सहयोगीअस्सर
वेबसाइटjustinbiebermusic.com

बीबरको पहिलो पुर्ण स्टुडियो एल्बम, "माई वर्ल्ड २.०", मार्च २०१०मा जारी भएको थियो। यो धेरै देशहरूमा नं. एक या शीर्ष दस भित्र पर्न सफल भएको थियो र संयुक्त राज्य अमेरिकामा प्ल्याटिनम प्रमाणित भएको थियो। यो एल्बमभन्दा पहिले बीबरको निक्कै चर्चित र संसारभरको शीर्ष दसमा पर्ने गीत, "बेबी" निस्किएको थियो। "बेबी"को भिडियो युट्युबमा हालसम्मकै सबैभन्दा धेरै पटक हेरिएको र सबैभन्दा बढि चर्चा भएको भिडियोको रूपमा क्रमित छ।[१२] आफ्नो पहिलो एल्बम निकाले पछि बीबरले आफ्नो पहिलो टुर - "माई वर्ल्ड टुर" गरे, रिमिक्स एल्बमहरू "माई वर्ल्डस अकस्टिक" र "नेभर से नेभर - द रिमिक्सेस" निकाले, र ३ डी कन्सर्ट फिल्म पनि जारी गरे। बीबरले आफ्नो दोस्रो स्टुडियो एल्बम, "अन्डर द मिसलटो" नोभेम्बर २०११मा निकाले, जुनले "बिलबोर्ड २००"मा नम्बर एकमा डेब्यु गर्‍यो। बीबरले थुप्रै पुरस्कारहरू पनि पाएका छन जस्तै २०१०को "अमेरिकी संगीत पुरस्कार"मा वर्षको कलाकार र धेरै पुरस्कारको लागि नामांकित भएका छन। ५३औँ ग्र्यामी पुरस्कार मा सर्वश्रेष्ठ पप गायन एल्बम र सर्वश्रेष्ठ नयाँ कलाकार।

एल्बम सम्पादन गर्नुहोस्

▪ माई वर्ल्ड 2.0
▪ अन्डर द मिसलटो
▪ विलिभ
▪ पर्पस

जीवन र करियर सम्पादन गर्नुहोस्

१९९४-२००७: बाल्यकाल र युवा अवस्था सम्पादन गर्नुहोस्

सन्दर्भ सूचि सम्पादन गर्नुहोस्

  1. लन्डन, ओन्टारियो, क्यानडाAnderson, Kyle (फेब्रुअरी २२, २०१०), "Justin Bieber Joins The Ranks Of Youngest 'SNL' Performers", MTV Newsroom, अन्तिम पहुँच २०१०-०२-२४  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२१ मिति
  2. २.० २.१ "Justin Bieber Biography & Awards", Billboard, अन्तिम पहुँच २०१०-०६-१५ 
  3. Farber, Jim (मार्च २३, २०१०), "Justin Bieber, 'My World 2.0'", New York Daily News, अन्तिम पहुँच २०१०-०६-१४ 
  4. ४.० ४.१ Collar, Matt; Leahey, Andrew, "allmusic ((( Justin Bieber > Overview )))", Macrovision Corporation, अन्तिम पहुँच २००९-१०-२१ 
  5. ५.० ५.१ Mitchell, Gail (अप्रिल २८, २००९), "Usher Introduces Teen Singer Justin Bieber", Billboard, e5 Global Media, अन्तिम पहुँच २००९-०७-२३ 
  6. "MTV- Justin Bieber artist profile", MTV, अन्तिम पहुँच २००९-१२-२२ 
  7. Greenblatt, Leah (मार्च १०, २०१०), "My World 2.0 (2010)", Time, अन्तिम पहुँच २०१०-०६-११  = Archive.today अभिलेखिकरण २०१२-०९-२०[समयचिह्न लम्बाइ] मिति
  8. Konjicanin, Anja (डिसेम्बर २४, २०१०), "Justin Bieber makes them proud. But why?", Vancouver Observer, अन्तिम पहुँच २०११-०१-११  वेब्याक मेसिन अभिलेखिकरण २०११-०१-०७ मिति
  9. Herrera, Monica (मार्च १९, २०१०), "Justin Bieber – The Billboard Cover Story", Billboard, e5 Global Media, अन्तिम पहुँच २०१०-०५-०७ 
  10. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named herrera
  11. "Justin Bieber Fever Hits Miami", CBS News (CBS Interactive), फेब्रुअरी ५, २०१०, अन्तिम पहुँच २०१०-०३-२७ 
  12. "Top 10 YouTube Videos of All Time", Readwriteweb.com, फेब्रुअरी ९, २०११, अन्तिम पहुँच २०११-०२-२४ 

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्