जर्जो किएलिनी (इटालेली उच्चारण: [ˈdʒordʒo kjelˈliːni, ˈdʒɔr-]; जन्म: १४ अगस्ट १९८४) एक इटालेली व्यवसायिक फुटबल खेलाडी हुन्। उनले इटाली राष्ट्रिय फुटबल टोलीसेरी ए क्लब युभेन्टसमा डिफेन्डरको खेल्छन् र यो दुबै  टिमको कप्तान पनि हुन्। उनी एक शारीरिक रूपमा मजबूत र आक्रामक डिफेन्डर हुन्, र विश्वको सर्वश्रेष्ठ सेन्टर- ब्याक र लेफ्ट ब्याक पनि खेल्न सक्षम खेलाडी मानिन्छन्।

इटालीको साथ किएलिनी

जुभेन्टसबाट उनले २०१२ देखि २०२० सम्म लगातार नौ सेरी ए उपाधी जितेका छन्, साथै चार पटक लगातार कोपा इटालिया उपाधि, र चार सुपरकोप्पा इटालियना उपाधि जितेका छन्। किएलिनीलाई सेरी ए टिम अफ द इयरमा पाँच पटक मनोनित गरिएको छ: २०१२–१३, २०१४–१५, २०१५–१६, २०१७–१८ र २०१८–१९ मा र उनी तीन पटक सेरी ए डिफेन्डर अफ द इयरबाट पनि सम्मानित भइसकेका छन्: २००८, २००९ र २०१० मा।[१] [२] [३] [४]

उनले २००४ मा इटालीको लागि अन्तर्राष्ट्रिय पदार्पण गरेका थिए, र वर्तमानमा उनले कुल १११ खेल खेलेका छन्, जसबाट उनी इटालीको सातौं उच्च स्थानमा रहेका छन्। उनी २००४ ओलम्पिकका लागि राष्ट्रको टोलीमा छानिएका थिए, उनले कांस्य पदक जितेका थिए। उनले साथै चार युइएफए युरोपेली च्याम्पियनसिप, दुई फिफा विश्वकप र दुई फिफा कन्फेडेरेसन कप खेलेका थिए। इटाली युइएफए युरो २०१२ को फाइनलमा पुगेको थियो, २०१३ को कन्फिडेरेसन कपमा तेस्रो स्थान हासिल गरेको थियो र युइएफए युरो २०२० जितेको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. ""Oscar Del Calcio AIC 2010" Italian Football Awards", अन्तिम पहुँच ५ मार्च २०१५ 
  2. "Oscar del calcio: Vidal e Pirlo sono il top. La Juve è la più forte d'Italia" (इटालेलीमा), Tuttosport, २७ जनवरी २०१४, मूलबाट २० जुन २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १९ जुन २०१५  वेब्याक मेसिन अभिलेखिकरण २० जुन २०१५ मिति
  3. "Oscar del Calcio, dominio Juve. Buffon: "Donnarumma ha doti da grande"" [Serie A Oscars, Juve dominate. Buffon: "Donnarumma has the characteristics to be great"] (इटालेलीमा), La Gazzetta dello Sport, १४ डिसेम्बर २०१५, अन्तिम पहुँच १४ डिसेम्बर २०१५ 
  4. "Gran Galà del calcio, la Juventus fa incetta di premi" (इटालेलीमा), Il Corriere della Sera, ३१ जनवरी २०१७, अन्तिम पहुँच ३१ जनवरी २०१७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्