चोकटी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। चोकटी गाविस जिल्लाको पूर्वी भेगमा तथा दोलखा जिल्लाको सिमाना जोडिएको गाविस हो। जिल्ला सदरमुकामबाट ९ कोष दुरी टाढा पर्ने चोकटी गाविसको कुल क्षेत्रफल २५.६ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा दोलखा जिल्ला, पश्चिममा धुस्कुन, उत्तरमा कोर्थली, घोर्थली, र दक्षिणमा पिस्कर, दोलखा जिल्ला पर्दछ। तौथली थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। चोकटीका प्राय मानिसहरू घरेलु उद्योग, कृषि तथा नोकरीमा लागेका छन। यहाँको प्रमुख कृषिबाली मकै, धान तथा कोदो हो। यस गाविसमा प्राय थामी तथा गुरुङहरूको बसोबास छ। विद्युत उर्जा उत्पादनका लागि यस गाविसमा घट्टेखोला लघु जलविद्युत परियोजना तथा लाट, पबिडाल, कान्ले, पेल्ट्रिक सेट परियोजन निर्माण गरिएको छ। विसं २०५८ सालको जनगणनामा यस गाविसमा कुल ५७५ घरपरिवार मध्ये कुल जनसङ्ख्या २६१५ थियो।[१]

चोकटी
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
बौद्ध
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

चोकटी गाबिसमा थामी समुदायको अत्याधिक बसोबास रहेको छ । चोकटी गाबिस वार्ड नं ६ लाटुमा श्री लट्टे्र्रश्वर माहादेवको मन्दिर रहेको छ । यो मन्दिरमा पुजा गर्नाले आटेको कुरा पुरा हुनेविश्वास गरीन्छ । यो मन्दिरमा ठुलो एकादशी शिबरात्री पर्वहरूमा ठुलो मेला लाग्ने गर्दछ । चोकटीका सबै वार्डहरूमा बिधुत्त लाईन पुगीसकेको छ भने हिउँदयाममा गाडी समेत चल्ने गरेको छ । सुनकोशी नदिमा पुल बन्न नसकेको कारण वर्षा याममा मोटर चल्नसकेको छैन । बह्रबिसेबाट बुदेपा हुदै बुदेपावाट करिब डेढ घण्टाको पैदल यात्रा पछि लट्टे्र्रश्वर माहादेवको मन्दिरमा पुग्न सकिन्छ वर्षा याममा । जाउ मित्रहरू रमणिय स्थानमा रहेको लट्टे्र्रश्वर माहादेवको दर्शन गरी पुण्य कमाऔं ।


सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "चोकटी", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्