चार्ली डमेलियो

अमेरिकी नर्तकी र सामाजिक सञ्जाल व्यक्तित्व

चार्ली ग्रेस डमेलियो (अङ्ग्रेजी: Charli Grace D’Amelio) एक अमेरिकी सामाजिक सञ्जाल व्यक्तित्व र नर्तकी हुन् ।[२] उनले सन् २०१९ मा आफू नाचेको भिडियो राखेपछि प्रख्यात भएकी हुन् । मार्च २५, २०२० मा लोरेन ग्रेलाई उछिनेर उनी टिकटकमा सबैभन्दा धेरै अनुयायी भएकी व्यक्ति बनिन् । जुलाई २०२० मा उनको टिकटक खातामा ७ करोड भन्दा बडी अनुयायी छन् ।

चार्ली डमेलियो
सन् २०२० मा चार्ली डमेलियो ।
जन्म (2004-05-01) १ मे २००४ (उमेर १९)
नर्वाक, कनेक्टिकट, संयुक्त राज्य अमेरिका[१]
पेशा
  • सामाजिक सञ्जाल व्यक्तित्व
  • नर्तकी
कार्यकालसन् २०१९ - अहिलेसम्म
चिनारीको कारणटिकटक
आफन्तडिक्सी डमेलियो (दिदी)

कार्य जीवन सम्पादन गर्नुहोस्

सन् २०१९ को ग्रीष्ममा आफू नाचेको भिडियो टिकटकमा राखेपछि उनी प्रख्यात भइन् र फलस्वरूप उनको कार्य जीवनको सुरुवात भयो । उनको पहिलो टिकटक भिडियोमा उनी आफ्नो साथीसँग अरूको गीतमा ओठ चलाउछिन् ।[३] अहिले उनको टिकटकमा ७ करोड भन्दा बडी, इन्स्टाग्राममा २ करोड भन्दा बडी, युट्युबमा ५८ लाख भन्दा बडी र ट्विटरमा ३४ लाख अनुयायी छन् ।[४][५][६][७] मार्च २५, २०२० मा लोरेन ग्रेलाई उछिनेर उनी टिकटकमा सबैभन्दा धेरै अनुयायी भएकी व्यक्ति बनिन् ।[८]

सन् २०१९ मा सोनी म्युजिकको भूतपूर्व कार्यकारी अध्यक्ष बार्बरा जोन्सले डमेलियोलाई आफ्नो व्यवस्थापन समितिमा सामेल गराएकी थिइन् ।[९] जनवरी २०२० मा उनी युनाइटेड ट्यालेन्ट एजेन्सीमा सामेल भइन् ।[१०] उनी सुपर बोलमा अन्य कलाकारहरूसँग सब्रा हम्मसको विज्ञापनमा देखिएकी थिइन् ।[११] उनलाई ५४ औँ सुपर बोलमा जेनिफर लोपेजलाई भेट्न र "जे लो सुपर बोल च्यालेन्ज" सुरु गर्न निमन्त्रना दिइएको थियो ।[१२] जनवरी २०२० मा न्यू योर्क टाइम्सले उनलाई टिकटककी रानीको दर्जा दिएको थियो ।[१३]

उनकी दिदी, डिक्सी डमेलियो र अन्य १८ टिकटक कलाकारहरूसँग उनले "हाइप हाउस" नामक कार्यक्रममा भाग लिएकी थिइन् ।[१३][१४] मे २०२० मा हाइप हाउस मजाको लागि आयोजित कार्यक्रम भन्दा पनि व्यवसाय जस्तो बनेपछि उनी र उनकी दिदीले हाइप हाउस छोडेको खुलासा भयो ।[१५]

उनी "रेनेगेड डान्स च्यालेन्ज" सुरु गरेका टिकटक कलाकार जलायाह हार्मनसँग २०२० एनबीए अल स्टार गेममा नाँचेकी थिइन् ।[१६] मार्च २७, २०२० मा डमेलियोले अभिनेता नोआ श्न्यापसँग युट्युबमा भिडियो राखिन् ।[१७] मे २०२० मा उनी र उनकी दिदीले निजी जीवन दर्शकहरूलाई देखाउन र्याम्बल पडकास्ट नेटवर्कसँग सम्झौता गरिन् ।[१८] मे २०२० मा हलिउड रिपोर्टरले उनलाई टिकटकको सर्वोत्कृष्ट कलाकारको दर्जा दिएको थियो ।[१५]

जून १७, २०२० मा उनले बार्ली डमेलियो नाम राखी नयाँ टिकटक खाता खोलिन् जसमा उनी हास्य भिडियो राख्छिन् । उनको नयाँ खातामा ३९ लाख भन्दा बडी अनुयायी छन् ।[१९]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

उनका पिता, मार्क डमेलियो, राजनीतिमा लागेका छन् । उनको परिवारअन्तर्गत उनकी आमा हाइडी डमेलियो र दिदी डिक्सी डमेलियो पर्छन् ।[२०]

जनवरी २०२० मा खुलासा भए अनुसार डमेलियो टिकटक कलाकार चेस हड्सनसँग सम्बन्धमा थिइन् । अप्रिल १४, २०२० मा उनीहरू छुट्टिएको घोषणा भयो ।[२१]

डमेलियो अनलाइन शोषण र उत्पीडनको सिकार भएकी छिन् ।[२२] उनले आफ्नी दिदी मिलेर यस विषयमा संयुक्त राष्ट्र सङ्घीय बालकोषको लागि भिडियो पनि बनाइन् ।[२२]

अप्रिल २०२० मा २०१९-२० कोरोना भाइरस प्रकोपको बेला स्वास्थ्यसेवकहरूसँग चाहिने सबै सामान छन् भन्ने निश्चित गर्न उनले नवार्क अस्पतालमा $५०,००० दान गरिन् ।[२३]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. मस्सन, भ्यालरी (नोभेम्बर २५, २०१९), "नवार्कस्थित नर्तकी सामाजिक सञ्जालमा प्रख्यात ।", नवार्क डेली भोइस (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ३१, २०२० 
  2. "टिकटक स्टार चार्ली डमेलियोलाई उनी कसरी प्रख्यात भइन् भन्ने ज्ञान छैन ।", कस्मोपोलिटन, अप्रिल १४, २०२०, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  3. आन्ड्रुस, ट्र्याभिस एम. (मे २६, २०२०), "टिकटक कलाकार चार्ली डमेलियो । उनलाई किन भनेर थाहा छैन ।", वाशिङ्गटन पोस्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ३१, २०२० 
  4. "टिकटकमा चार्ली डमेलियो ।", टिकटक, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  5. "चार्ली डमेलियो (@charlidamelio) • इन्स्टाग्राम पोस्ट ।", इन्स्टाग्राम, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  6. "चार्ली डमेलियो ।", युट्युब (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ३१, २०२० 
  7. "चार्ली डमेलियो (@charlidamelio) | ट्विटर ।", twitter.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ३१, २०२० 
  8. लेस्किन, पेज (मार्च २६, २०२०), "चार्ली डमेलियो आधिकारिक रूपमा टिकटकमा सबैभन्दा बडी अनुयायित निर्माता बनिन् ।", बिजनेस इन्साइडर, अन्तिम पहुँच जुलाई ३१, २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०६-०९ मिति
  9. "चार्ली डमेलियो र एडिसन रेका कार्य जीवन ।", बिलबोर्ड, जून २२, २०२०, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  10. फोर्टसन, ड्यानी (जनवरी १९, २०२०), "चार्ली डमेलियो हलिउडको युनाइटेड ट्यालेन्ट एजेन्सीमा सामेल ।", द सन्डे टाइम्स, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  11. अलेक्जेन्डर, जुलिया (फेब्रुअरी २, २०२०), "सुपर बोलमा टिकटक ।", द भर्ज (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ३१, २०२० 
  12. ड्राइस्डेल, जेनिफर (फेब्रुअरी २, २०२०), "टिकटक कलाकारले जेनिफर लोपेजसँग भेट्न पाएको बारे कुरा गर्छिन् ।", एन्टरटेन्मेन्ट टूनाइट (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ३१, २०२० 
  13. १३.० १३.१ लोरेन्ज, टेलर (जनवरी ३, २०२०), "हाइप हाउस र लस एन्जलस टिकटक म्यान्सन गोल्ड रश ।", द न्यू योर्क टाइम्स, अन्तिम पहुँच जनवरी २५, २०२० 
  14. पेरेटc, कनर (फेब्रुअरी २, २०२०), "टिकटक हाइप हाउसमा को को छन् ?", इन्साइडर, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  15. १५.० १५.१ जार्भी, नटाली (मे २६, २०२०), "टिकटक बूम ! टिकटक कलाकारहरू कसरी हलिउडमा प्रख्यात हुँदै छन् ?", द हलिउड रिपोर्टर (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ३१, २०२० 
  16. हेरिस, मार्गो, "जलायाह हार्मन र चार्ली डमेलियोको २०२० एनबीए अल स्टार गेममा नाँच प्रस्तुति ।", इन्साइडर, अन्तिम पहुँच जुलाई ३०, २०२० 
  17. डमेलियो, चार्ली (मार्च २७, २०२०), "नोआ श्न्यापले मलाई अभिनय सिकाउँछन् ! | चार्ली डमेलियो", युट्युब, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  18. "चार्ली र डिक्सी डमेलियोको पडकास्ट ।", द हलिउड रिपोर्टर, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  19. हेल, जेकब (जून १८, २०२०), "चार्ली डमेलियोको नयाँ टिकटक खाताले एकै दिनमा १० लाख अनुयायी एकत्रित गर्यो ।", डेक्सर्टो, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  20. Rosenblatt, कल्हान (नोभेम्बर २८, २०१९), "टिकटक कलाकार चार्ली डमेलियोलाई भेट्नुहोस् ।", एनबीसी न्यूज, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  21. गली, पेज (अप्रिल १४, २०२०), "टिकटक कलाकार चार्ली डमेलियो र लिल हडी छुट्टिए ।", एन्टरटेन्मेन्ट टूनाइट, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  22. २२.० २२.१ लस्टिग, ह्याना, "टिकटक कलाकारले प्रतिदिन उनको शरीर र तौलसम्बन्धि सयौँ सन्देश पाउँछिन् ।", इन्साइडर, अन्तिम पहुँच जुलाई ३१, २०२० 
  23. "नवार्कमा जन्मेकी टिकटक कलाकार चार्ली डमेलियोले नवार्क अस्पताललाई $५०,००० को दान दिइन् ।", कनेक्टिकट न्यूज १२ (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई ३१, २०२० 

बाह्य कडी सम्पादन गर्नुहोस्