चरीअमिलो अमिलो स्वाद पात हुने एक प्रकारको जङ्गली झार हो । यसलाई पश्चिम नेपालमा चरीमालो पनि भन्ने गरिन्छ। यो वनस्पतिको जमीन मुनी गान्टाको रूपमा फल्ने फलबाट तीब्र रूपले फैलिन सक्छ। बारीमा रोपिने अरू बालीहरूलाई यसले हानि गर्दछ। खासगरी माटोमा रहेको मल सोसेर लिनु र अन्य बालीनालीलाई बढ्न नदिनु यसको विशेषता हो।

चरीअमिलो
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
O. corniculata
वैज्ञानिक नाम
Oxalis corniculata
Carolus Linnaeus
भारतमा पाइएको चरीअमिलो

यद्यपि चरीअमिलोबाट सस आदि बनाएर त्यसको उपयोग गर्न सकिने बारेमा खोजहरू भैरहेका छन् । हालसालै खाद्य प्रविधि तथा अनुसन्धान विभागले चरिअमिलोको सस बनाउने परीक्षण सफल भएको छ। यसको व्यापारिक उत्पादन भनें हुन थालेको छैन।

चरीअमिलोको औषधीय गुणहरू सम्पादन गर्नुहोस्

धतुरोको बिष लागेमा, रक्सीको नशा उतार्न, गानुगोला/ग्याष्ट्रीक, अजीर्ण/अपच, कलेजोको रोग, स्कर्भी, महिलामा महिनाबारीको गडबडी, झाडापखाला, आउँ परेको, बारम्बार ज्वरो आउने, रक्तअल्पता, मुटुरोगमा हरियो विरुवाको रस खाइन्छ । छाला तथा अनुहारको सौन्दर्य बढाउन, घाउ, चर्मरोग, बाबासिर, नेत्ररोगमा हरियो विरुवाको रस खाइन्छ/लगाइन्छ । हरियो विरुवाको रसले एण्टीसेप्टिक र एण्टीबायोटिकको काम गर्दछ । [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्त्व, अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री

बाह्य कडीहरू सम्पादन गर्नुहोस्