चन्द्र नहर नेपालको सप्तरी जिल्लाको उत्तरपूर्वी क्षेत्रमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरद्वारा स्थापना गरिएको नेपालको पहिलो सिँचाइ नहर आयोजना हो। नेपालको पहिलो आधुनिक नहरको रूपमा रहेको चन्द्र नहरको निर्माण कार्य वि.सं. १९७९ मा सुरु भइ वि.सं. १९८५ मा सम्पन्न भएको थियो।[१]३१ किलोमिटर लम्बाइ भएको यो नहर सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, महादेवा गाउँपालिका लगायतका ग्रामीणक्षेत्रमा सिँचाइ सुविधा पुर्‍याइरहेको छ।

चन्द्र नहर
पश्चिम दिशाबाट नहरको बाँध
चन्द्र नहर is located in नेपाल
चन्द्र नहर
चन्द्र नहर
स्थानसप्तकोशी नगरपालिका, सप्तरी जिल्ला
निर्देशाङ्क२६°४४′२९″N ८६°५५′४७″E / २६.७४१३७८°N ८६.९२९६१९°E / 26.741378; 86.929619
प्रकारसिँचाइ नहर
मूल भागत्रियुगा नदी, कोशी नदी
प्रवाहित राष्ट्रहरूकोशी नदी, नेपाल
नुनिलोपना३.४–३.५%
उच्च तापक्रम२५ °से (७७ °फे)
न्यून तापक्रम५ °से (४१ °फे)

यो नेपालको पहिलो सिँचाई परियोजना हो। यो सप्तरी जिल्लाको साविक फत्तेपुर हाल सप्तकोशी नगरपालिका भएर बग्ने त्रियुगा नदी नजिकै निर्मित छ। यो नहरको डिजाइन नेपालको पहिलो इन्जिनियर डिल्लीजङ्ग थापाले कोरेका थिए।[२]

इतिहास सम्पादन गर्नुहोस्

नेपालका तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जङ्गबहादुर राणाले आफ्नो शासनकालमा सप्तरी जिल्लाको फत्तेपुरमा नेपालकै पहिलो सिँचाइ परियोजनाको रूपमा चन्द्र नहर बनाउने निर्णय गरेका थिए।[३] यो नहरको नक्सा कोर्ने काम नेपालकै सिभिल इन्जिनियर डिल्लीजङ्ग थापाले गरेका थिए। चन्द्र शमशेरको शासनकालको अन्तिम समयमा वि.सं. १९७९ मा चन्द्र नहरको निर्माण शुरू भई चार वर्षभित्र वि.सं. १९८५ मा निर्माण कार्य सम्पन्न भएको थियो। यो नहरबाट प्रति सेकेन्ड १४ घनमिटर पानी प्रवाह गर्नसक्ने क्षमता रहेको छ भने यस नहरको लम्बाइ ३१ किलोमिटर रहेको छ। नहरको पानीले सप्तरी जिल्लाका लगभग १०,५०० हेक्टर जमीनमा सिँचाइ गर्न सक्ने क्षमता रहेको छ।[४]

नहर निर्माण कार्य सम्पादन गर्नुहोस्

त्रियुगा नदीमा बाँध बनाएर निर्माण गरिएको यस नहरमा त्यससमयमा सिमेन्टको प्रयोग गरिएको थिएन। पाको इँटाको धूलो, चुन र मास मिसाएर बनाइएको बज्र प्रयोग गरी बाँध बनाइएको थियो। सिभिल इन्जिनियर, डिल्लीजङ्ग थापाको विभिन्न निर्माण कार्यहरूमा यो एक उत्कृष्ट काम रहेको विशेषज्ञहरूको भनाइ रहेको छ।[५]

उत्पति र स्थान सम्पादन गर्नुहोस्

चन्द्र नहरको मूल स्थान त्रियुगा नदीको २ किलोमिटर उत्तरमा रहेको काली खोलामा बनाइएको जलाशयबाट हुन्छ।[६]

चित्र दीर्घा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. जलस्रोत तथा सिँचाइ विभाग, नेपाल सरकार वेब्याक मेसिन अभिलेखिकरण २०१९-०७-२७ मिति
  2. पत्रिका, न्यु स्पोटलाइट, "DILLI JUNG THAPA Forgotten Hero" [डिल्लीजङ्ग थापा], स्पोटलाइट नेपाल (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०९-२५ 
  3. "चुरे सुरुङ र चन्द्रनहर निर्माता", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२६ 
  4. "राजविराज : समृद्ध इतिहास, आन्दोलित वर्तमान", कान्तिपुर दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२६ 
  5. "हेटौंडा-अमलेखगञ्ज सुरुङमार्ग देशकै पहिलाे सुरुङमार्ग, सरकारले इतिहास मेटाउन खोज्यो", जनपत्र (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२६ 
  6. "चन्द्र नहरको स्वरुप परिर्वतन हुँदै", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-२५ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्