घोडामा चढेर कुशलताका साथ विभिन्न कार्यहरू गर्न सक्नु नै घोडसवारी हो । पहिले युद्धमा जानका लागि घोडसवारीको प्रसिक्षण दिइन्थ्यो । साथै अक्षौहीणी सेनाको अश्वदलले घोडसवारीमा दक्षता हासिल गरेको हुनुपर्थ्यो । नेपालमा अद्यापि घोडसवारीको चलन छ । मनांग मुस्ताङ लगायत हिमाली जिल्लाहरूमा अझैपनि घोडसवार प्रतियोगीताहरू भैरहन्छन् । घोडामा बसेर भाला चलाउनु । घोडामा बसिबसि भुँइमा भएको तलबार टिपेर युद्ध गर्नु । घोडालाइ एकै ठाउँबाट फरक्क फर्काउनु जस्ता कौशलताले घोडसवारीलाइ मनोरञ्जनात्मकता पनि प्रदान गर्दछ ।

तस्वीरहरू सम्पादन गर्नुहोस्