घिउ दहीलाई मथेर निकालिएको नौनीलाई पगालेर वा खारेर बनाइन्छ ।

घिउ
घिउ
घिउसग पस्किएको डोसा

औषधी उपचार सम्पादन गर्नुहोस्

  • कपाल दुखेमा
गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।
  • जाडोले कामज्वरो आएमा
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
  • आँखा धमिलो र फूलोमा
गाइको घ्यूमा नीमको फूलको गाजल बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ ।
  • खानामा अरुची भएमा
घ्यूमा नीमको कमलो ८\१० वटा पात तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ ।
  • आँखाको कमजोरीमा
राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १\२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन ।
  • शूल भएमा , धेरै दीसा लागेमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।
  • सेतो दुवी आएमा
रायोको धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहान/बेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ ।
  • ओठ फुट्ने भएमा
एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २/४ पटक लगाउनु होस् । सुत्नेबेलामा नाइटोमा घ्यू लगाएर सुत्ने गरेमा पनि ओठ फुट्दैन ।

सन्दर्भ ग्रन्थ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

"https://ne.wikipedia.org/w/index.php?title=घिउ&oldid=1189541" बाट अनुप्रेषित