ग्वालियर (उच्चारण) भारतको राज्य मध्य प्रदेशको ऐतिहासिक र प्रमुख सहर हो । भौगोलिक दृष्टिले ग्वालियर मध्यप्रदेश राज्यको उत्तरमा अवस्थित छ । यो सहर भारतको राजधानी सहर नयाँ दिल्लीको ३१९ किलोमिटर (१९८ माइल) दक्षिणमा रहेको छ । यो सहर र यसको किल्ला उत्तर भारतको प्राचीन शहरहरूको केन्द्र रहेको छ । यो सहर गुर्जर प्रतिहार, तोमर तथा कछवाहा राजवंशको राजधानी रहेको थियो ।[३] यो सहरमा तिनीहरूद्वारा बनाइएको प्राचीन चिन्ह स्मारकहरू, किल्लाहरू र महलहरू आज पनि हेर्न सकिन्छ । सङ्ग्रह गरेर राखिएका भव्य स्मृति चिन्ह यस सहरलाई पर्यटनको दृष्टिले महत्त्वपूर्ण बनाउने गर्छ । "ग्वालियर सहर" यस नामको पछाडी पनि एउटा इतिहास लुकेको छ; आठौँ शताब्दीमा यहाँका एक राजा सूरजसेन थिए, जो एक अज्ञात बिमारीले ग्रस्त भए र मृत्युशैयामा थिए, त्यस समय ग्वालिपा नामक सन्तले उनलाई निको पारेर जीवनदान दिए । त्यसै समय उनको सम्मानमा यस सहरको जग बसालियो र यस सहरको नाम ग्वालियर राखियो ।

ग्वालियर
Gwalior
ग्वालियरका धरोहरहरू
ग्वालियरका धरोहरहरू
उपनाम(हरू): 
मध्य प्रदेशको पर्यटन राजधानी
राजा सुरसेनको सहर
ऋषि गलभको सहर र तानसेन नगरी
देशभारत
राज्यमध्य प्रदेश
जिल्लाग्वालियर
संस्थापकराजा सुरजसेन
क्षेत्रफल
 • जम्मा६०४ किमी (२३३ वर्ग माइल)
 • क्रम३५औँ
उन्नतांश
१९६ मिटर (६४३ फिट)
जनसङ्ख्या
 (२०११)
१,९५३,५०५
 • घनत्व५,४७८/किमी (१४१९०/वर्ग माइल)
 • जनसङ्ख्या क्रम
३१औँ
भाषाहरू
 • आधिकारिकहिन्दी, मराठी र अङ्ग्रेजी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
४७४००१ देखि ४७४०५५ (HPO)
टेलिफोन कोड०७५१
सवारी दर्ताMP-07
लिङ्ग अनुपात.९४८ /
साक्षरता८७.२०%[१]
औसत ग्रीष्म तापक्रम३३.५ °से (९२.३ °फे)
औसत चिसो तापक्रम१६.६ °से (६१.९ °फे)[२]
वेबसाइटआधिकारिक वेबसाइट

यसपछि यहाँ आउने शताब्दीमा यो सहर ठुला-ठुला राजवंशहरूको राजस्थल बन्यो । हरेक शताब्दीमा यस सहरको इतिहासमा नयाँ आयाम थपिदैं गयो । महान योद्धाहरू, राजाहरू, कविहरू, सङ्गीतकारहरू तथा सन्तहरूले यस राजधानी सहरलाई देशव्यापी रूपमा चिनाउन आ-आफ्नो योगदान दिए । आज ग्वालियर भारतको एक आधुनिक सहर हो र एउटा प्रसिद्ध उद्योगिक केन्द्र हो ।[४]

भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको भारतमा १०० स्मार्ट सिटी बनाउने निर्णय अन्तर्गत यस सहरलाई पनि छानिएको छ । [५]

इतिहास सम्पादन गर्नुहोस्

जनसङ्ख्या सम्पादन गर्नुहोस्

सन् २०११ को भारतको जनगणना अनुसार ग्वालियरको कुल जनसङ्ख्या २०,३०,५४३ छ, जसमा पुरुष १०,९०,६४७ र महिला ९,३९,८९६ छन् । यहाँको साक्षरता ५७.४७% (पुरुष ७०.८१%, महिला ४१.७२%) रहेको छ ।

पर्यटन स्थल सम्पादन गर्नुहोस्

ग्वालियर किल्ला सम्पादन गर्नुहोस्

 
ग्वालियरको किल्लाको सिंहद्वार

बलौटे ढुङ्गाले बनेको यो किल्ला सहरको हरेक दिशाबाट हेर्न सकिन्छ र यो सहरको प्रमुख स्मारक हो । एउटा अग्लो पठारमा बनेको यस किल्लासम्म पुग्नका लागि एउटा निक्कै अग्लो पातुलो मार्ग भएर जानु पर्छ । यस मार्गको छेउछेउ ठुलो ठुलो चट्टानहरूमाथि जैन तीर्थको विशाल मूर्तिहरू निक्कै सुन्दर ढङ्गले बनाइएको छ । यस किल्ला भित्र मध्यकालीन स्थापनाको अद्भुत नमूनाहरू रहेको छ । पन्द्र्हौ शताब्दीमा निर्मित गुजरी महल त्यस मध्येको एक हो जुन राजा मानसिंह र गुजरी रानी मृगनयनीको गहन प्रेमको प्रतीक हो ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Literacy rate", census2011.co.in, १६ जुन २००४, अन्तिम पहुँच २९ अप्रिल २०१२ 
  2. "Climate: Gwalior", अन्तिम पहुँच १२ डिसेम्बर २०१५ 
  3. Lonely Planet, "History of Gwalior - Lonely Planet Travel Information", अन्तिम पहुँच २८ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण ६ जुलाई २०१५ मिति
  4. "Gwalior's air among dirtiest in the world", Indian Express, अन्तिम पहुँच १३ मे २०१६ 
  5. http://www.firstpost.com/business/why-only-98-cities-instead-of-100-announced-all-questions-answered-about-smart-cities-project-2410576.html

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्