गौर गोपाल दास

व्यक्तिगत कोच र एक जीवन शैली गुरु

गौर गोपाल दासको जन्म २४ डिसेम्बर, १९७३ भारत मा भएको थियो। यसकारण, यस भिक्षुको उमेर २०१८ मा लगभग ४४ वर्षको वरिपरि छ।[१]गौरव गोपाल दास सबैभन्दा धेरै खोजिएको व्यक्तिगत कोच र एक जीवन शैली गुरु हुन् । उनलाई हास्य उपाख्यान र जीवनको बारेमा सरल सल्लाहको लागि चिनिन्छ। १९८५ मा ईन्जिनियरिङ् अध्ययन गरे र हेउलेट्ट प्याकार्डको छोटो कार्यकाल पछि उनले जीवनको कोच हुन आफ्नो क्यारियर उन्नयन गर्ने निर्णय गरे। तसर्थ वर्ष १९९६ मा उनी इस्कोन मा सामेल भए र अहिले सम्म पनि आबद्ध छन् । [२]

गौर गोपाल दास
गौर गोपाल दास
व्यक्तिगत
जन्म२४ डिसेम्बर १९७३[१]
राष्ट्रियताभारतिय

जीवनी सम्पादन गर्नुहोस्

पुज्य श्री गोपाल दास श्रधेय राधानाथ स्वामी का चेला हुन् । उनी इस्कोन चौपट्टी, मुम्बईमा आधारित छन्। उनले ठूलो मात्रामा भारत भर साथै शीर्ष शैक्षिक र व्यावसायिक संस्थाहरूमा समेत व्याख्यान गरेका छन्। गत १० वर्षमा उनी नियमित रूपमा बेलायत र यूरोपमा यात्रा गरिरहेका छन् ताकि वैदिक संस्कृति र कृष्ण चेतनाको विभिन्न पक्षमा व्याख्यान र सेमिनारहरूको उद्धार राम्ररी होस् । उनी दर्शकहरूलाई गहिरो ज्ञान र अचम्मको हास्यको अनौठो मिश्रण दिना सिपालु छन् ।[३]

उनको टेडेक्स भाषणहरू केहि राम्रो सामग्री बनेका छन जुन फोरमले निरन्तर संसारसँग साझेदारी गरिरहेको छ । २०१६ मा, उनको आध्यात्मिकता र प्रेरणा को क्षेत्र मा उत्कृष्ट योगदान का लागि रोटरी इंटरनेशनल सुपर एचिवर पुरस्कारले सम्मन गर्यो । [४]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "गौर गोपाल दास जीवनी", https://www.dreshare.com, अन्तिम पहुँच डिसेम्बर २१, २०१८ 
  2. "गौर गोपाल दास आफ्नो पहिलो किताब 'जीवनको अद्भुत रहस्य' जारी गर्ने", https://www.republicworld.com, अन्तिम पहुँच डिसेम्बर २१, २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०८ मिति
  3. "संसदको सभामा श्री राम नवीमी समारोह", https://allevents.in/, अन्तिम पहुँच डिसेम्बर २१, २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-२२ मिति
  4. "गोपाल दासका साथ खुशी खोज्दै", http://www.dailynews.lk, अन्तिम पहुँच डिसेम्बर २१, २०१८