गोसाइँकुण्ड गाउँपालिका
गोसाइँकुण्ड गाउँपालिका रसुवा जिल्लाको सदरमुकाम धुञ्चेको ठाडेबाट सुरू भएर लाङटाङसम्म फैलिएको छ। सदरमुकामबाट८ किलोमिटर उत्तरतर्फ स्याफ्रुबेसीमा कार्यालय रहेको यो गाउँपालिकामा पर्यटकीय पूर्वाधार खचाखच रहेका छन्। साबिक धुन्चे, स्याफ्रु, बृद्धिम, टिमुरे, थुमन र लाङटाङ गाविस मिलेर बनेको यस गाउँपालिका ६ वटा वडामा विभाजन भएको छ। ठाडे, धुन्चे, भार्खु, स्याफ्रु, ठूलोस्याफ्रु, थुमन, टिमुरे, बृद्दिम, खाम्जिङ, शेर्पागाउँ, लामा होटल, घोडातेला, लाटाटाङ, क्याञ्जेन, सिङ्गोम्बा, लौरीबिना र गोसाइँकुण्ड जस्ता गाउँ र वस्तीहरू रहेका छन्।[१][२][३][४]
गोसाइँकुण्ड गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°९′४८.६८″उ॰ ८५°२०′१०.७७″पू॰ / २८.१६३५२२२°N ८५.३३६३२५०°Eनिर्देशाङ्कहरू: २८°९′४८.६८″उ॰ ८५°२०′१०.७७″पू॰ / २८.१६३५२२२°N ८५.३३६३२५०°E | |
देश | नेपाल |
प्रदेश | वागमती प्रदेश |
जिल्ला | रसुवा जिल्ला |
स्थापना | फाल्गुन २०७३ |
सरकार | |
• प्रमुख | कैसाङनुर्पु तामाङ (एमाले) |
• उपप्रमुख | प्रतिमा तामाङ (एमाले ) |
• प्रमुख प्रशासकीय अधिकृत | दुतेन्द्र चामलिङ |
क्षेत्रफल | |
• जम्मा | ९८७.७७ किमी२ (३८१.३८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ९,१४३ |
• घनत्व | ९.३/किमी२ (२४/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-१० |
वेबसाइट | gosaikundamunrasuwa.gov.np |
सिमाना अवस्थिति सम्पादन गर्नुहोस्
यस गाउँपालिकाको पूर्वमा नौकुण्ड गाउँपालिका, नुवाकोट जिल्ला र सिन्धुपाल्चोक जिल्ला जिल्ला सिमाना रहेका छन् भने पश्चिममा आमाछोदिङ्मो गाउँपालिका रहेको छ। उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत रहेको छ। दक्षिणतर्फ कालिका गाउँपालिका र त्रिशूली नदी रहेको छ । जुन नदी यस गाउँपालिका आमाछोदिङ्मो गाउँपालिकाको सिमानामा पर्दछ ।
भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्
धरातलीय स्वरूप अनुसार यस गाउँपालिकालाई तीन भागमा विभाजन गर्न सकिन्छ। १) ११००-१५०० मिटरसम्मको भूभागलाई मध्यपहाडी भागमा राखिएको छ, जसमा मानव वस्ती बाक्लो रहेको छ। २) १५०० भन्दा माथि २२०० मिटरसम्मको भागलाई तल्लो लेकाली भागमा राखिएको छ। ३) ९५० देखि ११०० मिटरसम्मको भागलाई बेसी भागमा राखिएको छ।
हावापानी सम्पादन गर्नुहोस्
यस गाउँपालिकामा विशेष गरी पाँच किसिमका हावापानी पाईने गर्दछ।
- उष्ण मौसमी हावापानी
- अर्ध उष्ण हावापानी
- समशीतोष्ण हावापानी
- ठण्डा शीतोष्ण हावापानी
- लेकाली हावापानी
जनसङ्ख्या सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सबै गाविस र जिविस खारेज", अन्नपूर्ण पोष्ट, २०७३ फागुन २७, अन्तिम पहुँच २०७३ फागुन २७।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।