गोलरक्षक फुटबल खेलमा रक्षापंक्ति पछाडी रहेको गोलपोष्टमा रहने खेलाडी हो, जसको प्रमूख कार्य विपक्षीले प्रहार गरेको फुटबललाई गोलपोष्टमा गोल हुनबाट रोक्क्नु हो। गोलरक्षक एक मात्र खेलाडी हो जसलाई खेल क्रममा (आफ्नो पेनाल्टी क्षेत्रमा मात्र) हात वा पाखुराले बललाई छूने अनुमति दिएको हुन्छ। खेलको क्रममा मैदानमा प्रत्येक टीममा एक जना गोलरक्षक हुनु आवश्यकता हुन्छ। यदि गोलरक्षकले चोटको कारणले मैदान छोड्नु परेमा वा बाहिर पठाईयो भने उक्त टीममा बैकल्पिक खेलाडी नभए पनि वा आफुले बदल्न पाउने बैकल्पिक खेलाडीको कोटा सकिएता पनि एक अन्य खेलाडी उक्त स्थानमा बस्नु पर्ने हुन्छ।

गोलरक्षक

गोलरक्षकलाई अक्सर लाईनअप कार्ड, म्याच रिपोर्ट, र टिभी क्याप्शनमा अङ्ग्रेजीको संक्षिप्त रूप जिके भनिन्छ। शब्दहरू रक्षक र गोलकीपर पनि सामान्यतया प्रयोग गरिन्छ। यस स्थानलाई बोलिचालीको भाषामा 'संरक्षक'या 'पोस्टको बीचको मानिस' (वा 'लाठी') भनिन्छ।