काठमाडौँ उपत्यकाको पूर्व-उत्तर नौ किलोमिटरको दूरीमा अवस्थित समुद्र सतहबाट १३३६ मिटरको उचाइमा रहेको गोकर्ण इतिहासकारहरूका अनुसार किराँतीहरूको राजधानी हो |

गोकर्ण
गोकर्णमा अवस्थित गोकर्णेश्वर मन्दिर
गोकर्णमा अवस्थित गोकर्णेश्वर मन्दिर
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लाकाठमाडौँ जिल्ला
जनसङ्ख्या
 (1991)
 • जम्मा३,४१४
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सम्पादन गर्नुहोस्

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक दृष्टिकोणले महत्त्वपूर्ण मानिँदैआएको गोकर्ण क्षेत्र पछिल्लो समयमा आएर उपत्यकाका विद्यार्थीहरूको शैक्षिक एवं मनोरम गन्तव्यस्थल बन्न पुगेको छ।

काठमाडौँ उपत्यकाको पूर्व-उत्तर नौ किलोमिटरको दूरीमा अवस्थित ऐतिहासिक एवं सांस्कृतिक महदेवको गोकर्णेश्वर महादेव मन्दिर रसँगै रहेको गोकर्ण सफारी पार्कसमेत भनिने राजनिकुञ्ज वन क्षेत्रको महत्त्व विशेषता आफ्नै स्थानमा छ।

समुद्र सतहबाट १३३६ मिटरको उचाइमा रहेको गोकर्ण इतिहासकारहरूका अनुसार किराँतीहरूको राजधानी हो। यो क्षेत्र दुई हजार वर्ष पहिले किराँतकालतिर काठमाडौँ उपत्यकाको राजधानी रहेको थियो भन्ने भनाइ छ। त्यसबाहेक यो क्षेत्र लिच्छविकालीन राजा मानदेवको मानगृह अवस्थित भूमि पनि मानिन्छ। गोकर्णको प्रमुख सांस्कृतिक आकषर्ण भनेको पवित्र बागमती किनारमा अवस्थित मानदेवले निर्माण गरेको मानिने गोकर्णेश्वर महादेव मन्दिर हो। तीनतले भव्य यो मन्दिर लिच्छवि कला र वास्तुकलाको अनुपम र सुन्दरतम् कलात्मक नमुना मानिन्छ। उत्तरगयासमेत मानिने यो क्षेत्र पितृतीर्थको केन्द्रका रूपमा स्वदेश तथा विदेश -भारत) सर्वत्र हिन्दुहरूमाझ लोकपि्रय छ।

यहाँको अर्को महत्त्वपूर्ण आकर्षण भनेको अनेक प्राचीन धार्मिक कलाकृतिहरूको सुन्दरतम् सङ्ग्रह हो जहाँ अन्यन्त्र नपाइने ब्रहृमा, चित्रगुप्त, अर्धनारीश्वरलगायतका देवी र देवताहरूका हजारौँ वर्ष पुरातन प्रतिमाहरू अनुसन्धाता र पर्यटकहरूको आगमनलाई कुरिरहेझँै भान हुन्छ। त्यस्तै गोकर्णेश्वर मन्दिरको प्राङ्गणका अन्य सांस्कृतिक धरोहरहरूमा पार्वती, गदाधर नारायण मन्दिर र शिवमहेश्वर बालभक्तेश्वर मन्दिर मुख्य हुन्। त्यस्तै उत्तरबाहिनीस्थित कान्तिभैरव मन्दिर र पद्मभक्तेश्वर मन्दिर पनि त्यत्तिकै महìवपूर्ण मानिन्छन्। पुरानो गोकर्ण गाउँ पनि गोकर्णको अर्को आकर्षक गन्तव्य हो। तलेजु मन्दिर, प्राचीन एक चैत्य र पुरानो मुखुण्डो नाच देखाउने डबली त यहाँका सांस्कृतिक परिचायक नै भए।

गोकर्ण सफारी पार्क :शिकारका सौखिन नेपालका प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणाद्वारा वि. सं १९१९ सालमा वरिपरि इँटाको पर्खाल लगाई सुरक्षित गरिएको उक्त वनले कुल चार हजार तीन सय ४२ रोपनी क्षेत्रफल ओगटेको छ। गोकर्ण विविध जङ्गली जनावरहरू, झण्डै सय प्रजातिका बोटवृक्ष र सयभन्दा बढी प्रजातिका चराचुरुङ्गीहरूको एउटा साझा आश्रयस्थल हो।गोकर्ण वनको वक्षस्थलमा चित्तल, रतुवा, वन बिरालो, स्याल, सर्प, मलसाँप्रो, बाँदर, चितुवा र चमेरो आदि जनावर यायावर रूपमा नाचिरहेका देख्न पाइन्छ त्यसमा पनि संहारकर्ता मानिने महादेव एक सिंगे मृगको रूपमा भेष बदली वन विहार गरेको स्थलको रूपमा चिनिने यो स्थलमा मृगहरू घुमफिर एवं नाचेको देख्दा जो कोहीको पनि मन प्रफुल्लित हुन्छ। यहाँ रहेका सयौं वर्ष पुराना वृक्षमा विभिन्न स्थानहरूबाट आई चराचुरुङ्गीहरूले निकाल्ने मधुर आवाजले सबैको मन आकषिर्त गर्छ। त्यस्तै, यहाँ पाइने विभिन्न प्रजातिका औषधिजन्य वनस्पतिहरू जस्तै सजीवन, चिराइतो, जटामसी, अलैँची आदिले सञ्जीवनी बुट्टीको स्मरणलाई आलो तुल्याई छाड्छन्।

गोकर्ण प्रकृति र संस्कृतिप्रेमीहरूको आकर्षण मात्र नभइ यो संसारभरका गल्फप्रेमी व्यक्ति (गल्फर)हरूको पनि आकर्षक गन्तव्य स्थल हो। रकम तिरेर अर्थात् सदस्यता लिई खेल्न सकिने यहाँको गल्फ आश्रयस्थल सन् १९९९मा स्थापित भएको हो जहाँ १८ वटा होल, ७२ वटा पारहरू रहेका छन्। यो खेल मैदान दक्षिण एसियाकै सुन्दर गल्फ खेल मैदान मानिन्छ। यो एउटा अन्तर्राष्ट्रिय स्तरको पूर्ण गल्फकोर्स पनि हो। यो गल्फकोर्स सदा हरियाली राख्न हर बिहान र बेलुकीपख स्प्रीङ्कलबाट पानीको फोहरा निस्किएको दृश्यले सबैको मन लोभ्याउँछ। समग्रमा गोकर्ण नेपालको एउटा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वको स्थल हो। जैविक विविधता, प्रकृतिप्रमीहरू, खेलप्रेमीहरूका लागि अत्यन्तै आकर्षक मानिएको यो स्थल हाल विद्यार्थीहरूको समेत आकर्षणको केन्द्र बन्दै गएको छ।[१]

चित्र दीर्घा सम्पादन गर्नुहोस्



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पर्यटकीयस्थल गोकर्ण", भीष्म बास्कोटा [dead link]