अर्थ सम्पादन गर्नुहोस्

  1. कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति; शिक्षक; अध्यापक।
  2. सङ्गीतकला आदि सिकाउने व्यक्ति; उस्ताद।
  3. गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति; आचार्य।
  4. बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति; मान्य जन।

हिन्दु धर्म सम्पादन गर्नुहोस्

सनातन धर्मवा हिन्दु धर्म का शास्त्र र संस्कारमा गुरुलाई सबैभन्दा ठुलो स्थान दिईएको छ | शास्त्र अनुसार गु को अर्थ अन्धकार वा अज्ञान हुन्छ र रु को अर्थ निरोधक वा प्रकाश हो , तेसैले जसले अज्ञान रुपी अन्धकारबाट ज्ञान रुपी प्रकाश दिने गर्छन उनलाई गुरु भनेर सम्बोधन गरिन्छ । शास्त्र मा गुरु को स्थान भगवान को भन्दा पनि माथि रहेको छ भनेर भनिएको छ ।

गुरूर्ब्रह्मा गुरूर्विष्णु र्गुरूदेवो महेश्वरः।

गुरुः साक्षात परं ब्रह्म तस्मै श्री गुरवे नमः॥

शास्त्रमा गुरुलाई नै ब्रह्मा, बिष्णु र महेश्वरको रूपमा स्वीकार गरिएको छ । गुरुलाई ब्रह्मा भनिएको छ किनकी गुरुले शिष्यको भविस्य बनाउछन्, बिष्णु भनिएको छ किनकि गुरुले शिष्यको रक्षा गर्छन र महेश्वर भनिएको छ किनकि गुरुले शिष्यको खराब पक्ष्य एवं बानीको संहार गर्छन र सत्बुधि दिने गर्छन । गुरुले शिष्यको दुर्गुण हटाएर सत्मार्गमा हिडाउने गर्छन । स्वयं भगवान राम ,भगवान् श्री कृष्ण जब जब यस संसारमा आए उनीहरू पनि गुरुको सेवा गरेर, गुरुबाट ज्ञान लिएको उदाहरण रामायण एवं भागवत गीतामा पनि दिइएको छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्