गिल्गित बस्तिस्तान

पाकिस्तान द्वारा प्रशासित क्षेत्र
(गिल्गित-बल्तिस्तानबाट अनुप्रेषित)

गिल्गित-बल्तिस्तान, पाकिस्तान प्रशासित एक क्षेत्र हो जसले ठूलो कश्मीर क्षेत्रको उत्तरी भागको गठन गर्दछ। यो क्षेत्र सन् १९४७ देखि भारतपाकिस्तानबीच विवादको विषय बनेको छ। भारत र चीनबीच केही समय पछि यही क्षेत्र विवादको विषय बनेको थियो। यो पाकिस्तान प्रशासित सबैभन्दा उत्तरी क्षेत्र हो। यो दक्षिणमा आजाद कश्मीर, पश्चिममा खैबर पख्तुनख्वा, उत्तरमा अफगानिस्तानको वाखान, पूर्व र उत्तर पूर्वमा चीनको सिन्जियाङ क्षेत्र, र भारतीय प्रशासित सङ्घ शासित क्षेत्र जम्मू र कश्मीर र दक्षिण पूर्वमा लद्दाखको सिमानामा रहेको छ।

गिल्गित बस्तिस्तान
گِلگِت بَلتِستان
རྒྱལ་སྐྱིད་ སྦལྟི་ཡུལ།
प्रशासनिक क्षेत्रको रूपमा पाकिस्तान प्रशासित क्षेत्र
विवादित कश्मीर क्षेत्रको नक्सा जसमा दुई पाकिस्तानी प्रशासित क्षेत्रहरू हरियोमा देखाइएको छ।को अवस्थिति
विवादित कश्मीर क्षेत्रको नक्सा जसमा दुई पाकिस्तानी प्रशासित क्षेत्रहरू हरियोमा देखाइएको छ।
निर्देशाङ्क: ३५°२१′N ७५°५४′E / ३५.३५°N ७५.९°E / 35.35; 75.9निर्देशाङ्कहरू: ३५°२१′N ७५°५४′E / ३५.३५°N ७५.९°E / 35.35; 75.9
प्रशासित देशपाकिस्तान
स्थापना१ नोभेम्बर १९४८
राजधानीगिल्गित
सबैभन्दा ठूलो सहरस्कार्दू[१]
सरकार
 • प्रकारस्वायत्त प्रदेश
 • अङ्गगिल्गित-बल्तिस्तान सरकार
 • गभर्नरराजा जलाल हुसेन मकपून
 • मुख्यमन्त्रीखालिद कुर्शिद
 • प्रमुख सचिवमोहम्मद खुराम आगा[२]
 • व्यवस्थापिकाविधानसभा
 • उच्च अदालतगिल्गित-बल्तिस्तान सर्वोच्च पुनरावेदन अदालत[३]
क्षेत्रफल
 • जम्मा७२९७१ किमी (२८१७४ वर्ग माइल)
 [५]
जनसङ्ख्या
 (सन् २०१३)[६][७]
 • जम्मा१२४९०००
 • घनत्व१७/किमी (४४/वर्ग माइल)
समय क्षेत्रयुटिसी+०५:०० (पाकिस्तानी मानक समय)
भाषाबाल्ती, सिना, वाखी, बुरूसास्की, खोवार, डोमाकी, उर्दू (प्रशासित)
मानव विकास सूचकाङ्क (सन् २०१८)०.५९३ वृद्धि[८]
मध्यम
सभा सिट३३[९]
विभाग
जिल्ला१४[१०]
तहसील२८
वेबसाइटgilgitbaltistan.gov.pk

गिल्गित-बल्तिस्तान ठूलो कश्मीर क्षेत्रको एक भाग हो। यो पाकिस्तान र भारतबीच लामो समयसम्म चलेको द्वन्द्वको विषय हो। यस क्षेत्रले आजाद कश्मीरसँग सिमाना बाँडेको छ, जससँग संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूले यसलाई "पाकिस्तान प्रशासित कश्मीर" भनेका छन्। गिल्गित-बल्तिस्तान आजाद कश्मीर भन्दा छ गुणा ठूलो छ। यो भूभाग दक्षिणमा भारतीय प्रशासित सङ्घ शासित क्षेत्र जम्मू कश्मीर र लद्दाखको पनि सिमानामा रहेको छ जसलाई भारत र पाकिस्तानबीचको वास्तविक सीमा रेखाद्वारा अलग गरिएको छ।

वर्तमान समयका गिल्गित-बल्तिस्तान इलाका "उत्तरी क्षेत्र" नामबाट सन् १९७० मा छुट्टै प्रशासनिक एकाइ बनेको थियो। यो पूर्व गिल्गित एजेन्सी, बल्तिस्तान जिल्ला र धेरै साना पूर्व प्रमुख राज्यहरूको सङ्गमद्वारा गठन गरिएको थियो, जसमध्ये सबैभन्दा ठूलो हुन्जा र नगर थियो। सन् २००९ मा, यसलाई सीमित स्वायत्तता प्रदान गरिएको थियो र पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीद्वारा हस्ताक्षर गरिएको स्वशासन आदेश मार्फत गिल्गित-बल्तिस्तानको नाम परिवर्तन गरिएको थियो। यसको उद्देश्य गिल्गित-बल्तिस्तानका जनतालाई सशक्त बनाउनु पनि थियो। तथापि, वास्तविक शक्ति मुख्यमन्त्री वा निर्वाचित सभाको नभई बडा हाकिमकै हो भनी शास्त्रविद्हरू उल्लेख गर्छन्। जनसङ्ख्याको अनुसार, गिल्गित-बल्तिस्तानको पाकिस्तानको पाँचौँ ठूलो प्रदेश हो। पाकिस्तानी सरकारले संयुक्त राष्ट्रसङ्घको प्रस्तावना अनुसार सम्पूर्ण कश्मीर मुद्दाको समाधान गर्नुपर्ने मागलाई खतरामा पार्ने आधारमा गिल्गित-बल्तिस्तानलाई प्रान्तीय दर्जाको आह्वानलाई अस्वीकार गरेको थियो। तथापि, सन् २०२० को नोभेम्बरमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले २०२० को गिल्गित–बल्तिस्तानको विधानसभा निर्वाचनपछि यसलाई अस्थायी प्रान्तीय दर्जा दिने घोषणा गरेका थिए। यो लामो समयदेखिको माग थियो।

गिल्गित-बल्तिस्तानले ७२,९७१ किलोमिटर (२८,१७४ वर्ग मिटर) क्षेत्रफल ओगटेको छ र यो अत्यन्तै पहाडी इलाका हो। सन् २०१३ मा यसको अनुमानित जनसङ्ख्या १२.४९ लाख रहेको थियो भने (सन् २०१५ मा शाहिद जावेद बुर्की (२०१५)द्वारा गरिएको अनुमान अनुसार यसको जनसङ्ख्या १८ लाख रहेको थियो। यसको राजधानी सहर गिल्गित हो जसको अनुमानित जनसङ्ख्या २,१६,७६० रहेको छ।गिल्गित-बल्तिस्तानमा "आठ हजार" मिटर भन्दा बढी उचाइ भएका हिमालहरू मध्ये पाँच यहाँ अवस्थित छन् भने सात हजार मिटर भन्दा अग्ला हिमाल ५० भन्दा बढी छन्। ध्रुवीय क्षेत्रबाहिर विश्वका तीनवटा सबैभन्दा लामो हिमनदीहरू गिल्गित-बल्तिस्तानमा पाइन्छन्। यस क्षेत्रको मुख्य पर्यटन गतिविधि ट्रेकिङ र पर्वतारोहण हो। यो उद्योगको महत्व बढ्दो छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्कार्दू", Skardu, अन्तिम पहुँच १६ जुलाई २०१५ 
  2. "Khuram Aga posted chief secretary GB", TheNation, अन्तिम पहुँच १२ मार्च २०२० 
  3. "Supreme Appellate Court GB", sacgb.gov.pk 
  4. Sökefeld, Martin (२०१५), "At the margins of Pakistan: Political relationships between Gilgit-Baltistan and Azad Jammu and Kashmir", in Ravi Kalia, Pakistan's Political Labyrinths: Military, Society and Terror, Routledge, पृ: १७७, आइएसबिएन 978-1-317-40544-3 : "आजाद कश्मीरसँग औपचारिक रूपमा एउटा राज्यका अधिकांश सरकारी संस्थाहरू भए तापनि गिल्गित बल्तिस्तानसँग अहिले औपचारिक रूपमा पाकिस्तानी प्रदेशका संस्थाहरू छन्। तथापि, आजाद कश्मीर अर्ध-राज्य र गिल्गित बल्तिस्तान एक अर्ध-प्रदेश रहेको छ किनभने कुनै पनि इलाकाले आ-आफ्नो राजनैतिक संरचनासँग जोडिएको पूर्ण अधिकार र शक्तिको आनन्द उठाउँदैनन्। दुवै क्षेत्रमा पाकिस्तानले आफ्नो नियन्त्रण कायम राखेको छ।"
  5. "UNPO: Gilgit Baltistan: Impact Of Climate Change On Biodiversity", unpo.org, अन्तिम पहुँच २० जुन २०१६ 
  6. Geography & Demography of Gilgit Baltistan वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-०५ मिति, Gilgit Baltistan Scouts, retrieved 30 March 2020.
  7. Under Pakistan Rule, Gilgit-Baltistan Most Neglected, Backward Area in South Asia, Says New Book, News18, 18 August 2019.
  8. "Sub-national HDI - Area Database - Global Data Lab", hdi.globaldatalab.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ मार्च २०२० 
  9. Legislative Assembly will have directly elected 24 members, besides six women and three technocrats. "Gilgit Baltistan: New Pakistani Package or Governor Rule" 3 September 2009, The Unrepresented Nations and Peoples Organization (UNPO)
  10. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named PT2019

बाह्य कडीहरू सम्पादन गर्नुहोस्