गलबन्दी गलामा लगाउने लुगा हो । यो जाडोबाट बच्न गलामा बेरिन्छ । सुती तथा ऊनी कपडाबाट गलबन्दी बनाइन्छ । खासगरी लोग्नेमान्छेले गलबन्दी लगाउँछन् । जाडोमा आइमाईले पनि गलबन्दी लगाउँछन् । नेपालमा राष्ट्रिय पोशाकका साथ दौरा, सुरुवाल, टोपीकोटका साथमा गलबन्दी पनि लगाइन्छ । यसको अर्को नाम मफलर हो । मफलर अङ्ग्रेजी शब्द हो । कथ्यमा यसलाई गलफन भनिन्छ । यसलाई कँधेरी वा कँध्यौरी पनि भनिन्छ ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्