गन्धर्वराज पुष्पदन्त

गन्धर्वराज पुष्पदन्त अथवा पुष्पदन्त भगवान् शिवका ठूला भक्त थिए । उनको मनमा शिवको भक्ति भरिएको थियो । पुष्पदन्त देवराज इन्द्रको दरबारका महत्त्वपूर्ण गायक थिए । उनको गीत सारा स्वर्गभरी प्रचलित थियो अपितु भूलोक पनि अछुतो भने थिएन । पुष्पदन्तले नै प्रभासक्षेत्रमा पुष्पदन्तेश्वर महादेवको स्थापना गरेका थिए । तथा शिवमहिम्न स्तोत्र को रचना गरेका थिए । यिनले साहित्यमा गरेको अतुलनीय योगदानले गर्दा यिनको नाम स्वर्ण अक्षर ले लेखिएको छ ।

प्रचलित कथा सम्पादन गर्नुहोस्

भगवान् शिवका परमभक्त पुष्पदन्तले नित्य शिवको पूजा गर्दथे त्यसका लागि उनलाइ विविध पुष्पहरूको आवश्यकता पर्दथ्यो । एक समय को कुरा हो जब चित्ररथ नामक शिवभक्त राजा भए उनले आफ्नो राज्यमा कयौँ पुष्प उद्यानहरु बनाए । उनी शिवपूजनको लागि फूलहरु त्यहीँबाट लैजान्थे । महान् शिवभक्त गन्धर्वराज पुष्पदन्त देवराज इन्द्रको मुख्य सभाका प्रमुख गायक थिए । एकदिन उनको नजर त्यस उद्यानमा पर्यो तब उनी मोहीत भए र त्यस उद्यानको फूल चुँडेर त्यहाँबाट प्रस्थान गरे । मायावी गन्धर्वलाई कसैले देखेन तर राजा ले थाहा पाइहाले । पुष्पदन्तलाई पकड्ने असफल प्रयास पनि गरे । अनि राजाले एउटा उपाय सोचेर शिव पूजनका सबै फूलहरु त्यस उद्यानको बाटोमा बिछ्याइदिए । जब अर्को दिन गन्धर्वराज पुष्पदन्त त्यहाँ आए तब तिनले शिवको निर्माल्य वस्तुहरु देखेनन् तब उनले ती फूलहरु कुल्चिए । गन्धर्वराजले शिवक्रोधको सामना गर्नुपर्यो । साथै उनको सम्पूर्ण शक्ति पनि सकियो । जब उनलाई आफ्नो भूलको आभास भयो तब उनले एउटा शिवलिंग स्थापना गरेर त्यसको प्रार्थनाम केही छन्दहरु गाए । शिवजी प्रसन्न भएर उनलाई शक्ति फिर्ता गरिदिनुभयो र यो आशीर्वाद दिनुभयो कि तिमीले गाएको यो छन्दसमूह भविष्यमा शिव महिम्नस्तोत्र भनेर प्रसिद्ध हुनेछ । जसको पाठ ले मात्रै पनि सम्पूर्ण पापहरु नष्टहुन सक्दछन् । यसरी शिवमहिम्न स्तोत्र को रचना भयो । शिवमहिम्न स्तोत्रमा लेखिएको छ :-

"श्रीपुष्पदन्त-मुख-पंकज-निर्गतेन।
स्तोत्रेण किल्बिष-हरेण हर-प्रियेण।।
कण्ठस्थितेन पठितेन समाहितेन।
सुप्रीणितो भवति भूतपतिर्महेशः।।"

अर्थात् पुष्पदन्तको कमल समान मुखबाट निस्कीएको यो स्तोत्र सबैप्रकारका दुःखलाई हरण गर्नेवाला छ तथा शिवलाई प्रीय छ । जसले यो स्तोत्र सुन्दछन्, पढ्दछन् या मनन गर्दछन् भगवान् शिव उनीहरूको जन्म जन्मान्तरको पाप नष्ट गरिदिनुहुन्छ ।