खोक्सी (अङ्ग्रेजी: Khoksi) नेपालको सगरमाथा अञ्चलको सिराहा जिल्लाको एक गाउँ हो । यो गाउँ काठमाण्डौ देखि दक्षिणपूर्व १५८ किलोमिटर (९८ माईल) हवाई मार्गको दुरीमा छ । यहाँ कथवनियाँ, कोईरी, मुस्लिम, अमात, दुसाध, चमार, मलाह, तेली, धोबी आदि जातजातिका मानिसहरू वसोवास गर्दछन् । यो गाउँ चौक, सब्जी मण्डी तथा उमेश टोल गरी तीन भागमा विभाजित छ । यहाँ स्वास्थ्य चौकी, विद्यालय तथा वडा कार्यालय रहेका छन् । प्रहरी चौकीको लागि स्थानीय बासिन्दाले सहयोग गरी जग्गा किनेर जग तथा डिपीसी सम्म सम्पन्न गरेका छन् । यसको उत्तर तथा पश्चिममा त्रिशुला नदी पूर्वमा जानकीनगर तथा दक्षिणमा गरगम्मा गाउँ तथा नेपाल तथा भारतका अन्तर्राष्ट्रिय सीमा रहेका छन् । यस गाउँको मध्यभाग हुदै हुलाकी[१] सडक गएको छ ।[१] यहाँ आइतवार तथा बिहीवार हाट लाग्ने गर्दछन् ।[२]

खोक्सी
Khoksi
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
जनसङ्ख्या
 • जम्मा२,१६६
वेबसाइटwww.ddcsiraha.gov.np

रीति-रिवाज सम्पादन गर्नुहोस्

यहाँ परम्परागत चाडपर्वलाई विशेष गरी मनाइन्छ। जस्तै नया वर्ष, जुड़सितल, घरी, चौथचन्द्र आदि ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

यहाँको ३४१ घरधुरीमा १,०८५ पुरुष तथा १,०८१ महिला गरी जम्मा २,१६६ जना बसोबास गरिरहेका छन् ।राष्ट्रिय जनगणना २०६८ अनुसार वेब्याक मेसिन अभिलेखिकरण २०१८-०२-०७ मिति

सन्दर्भ सम्पादन गर्नुहोस्