खरबुजा कुकर्बिटासिया (वैज्ञानिक नाम: Citrullus lanatus) वर्गमा पर्ने लहरे तथा फूल फुल्ने बिरुवा हो । यो गर्मी हावापानीमा हुने फल हो। यसले तुसारो सहन सक्दैन। यस फल अफ्रिकामा उत्पादन भएको मानिन्छ। यो एकवर्षिय लहरे बाली हो। यसका फूलहरू पहेँलो रङका हुन्छन् । भाले र पोथि फूल एउटै बोटमा तर फरक ठाउँमा हुन्छन्। त्यसैले यसमा वाह्य परागसेचन हुन्छ। खरबुजामा फस्पोरस, पोटासियम, म्याग्नेसियम, सोडियम, क्याल्सियम, आईरन, भिटामिन बि तथा ई पाईन्छ। यसको सेवनले शरीरमा भिटामिनको कमि पूरा गर्छ। खरबुजाले शरिरको तौल घटाउनुका साथै मृगौला को समस्या हटाउन पनि सहयोग पुर्याउँछ । जन्डिस टाईफाईड तथा उच्चरक्तचापमा पनि खरबुजा को सेवन लाभदायकसिद्ध हुन्छ । खरबुजा गर्मीको लोकप्रिय फल हो जसलाइ सामान्यतः स्लाइसहरूमा, मिश्रित फल सलादमा र जुसको रूपमा खाने गरिन्छ ।[१][२]

खरबुजा
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
प्रजाति:
C. lanatus
वैज्ञानिक नाम
Citrullus lanatus
(Thunb.) Matsum. & Nakai
Watermelon output in 2005
Watermelon Juice

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Watermelon", Ag Marketing Resource Center, US Department of Agriculture, Iowa State University, २०१७, अन्तिम पहुँच ९ मे २०१७  वेब्याक मेसिन अभिलेखिकरण ३० जुलाई २०१७ मिति
  2. "Top 10 ways to enjoy watermelon", Produce for Better Health Foundation, Centers for Disease Control, US National Institutes of Health, २०१७, अन्तिम पहुँच ९ मे २०१७