क्वेटा (पस्तो: کوټه) (उर्दु: کوئٹہ) ([kʷɛʈə]) पाकिस्तानको बलुचिस्तान प्रदेशको राजधानी र सबैभन्दा ठूलो सहर हो । सन् १९३५ गएको भुकम्पले क्वेटा सहरलाई क्षतिग्रस्त बनाएको थियो नर पछि सहरलाई पुण निर्माण गरियो । सन् २०१७ को जनगणना अनुसार एस सहरको जनसङ्ख्या १,००१२,०५ रहेको छ भने क्वेटा जिल्लाको जनसङ्ख्या २२,७५६,९९ रहेको छ । क्वेटा सहर समुन्द्री सतह भन्दा १,६८० मिटर (५,५१० फिट) को उचाइमा रहेको हुनाले यस सहर पाकिस्तानको सबैभन्दा उचाइ रहेको सहरको रूपमा रहेको छ । यस सहरमा विभिन्न किसमका फलफूल पाहिने हुँदा यस सहरलाई पाकिस्तानको फलफूल बगैंचा भनिन्छ ।

क्वेटा

  • کوټه
  • کویته
  • کوئٹہ
शालकोट شالکوټ
नगरपालिका
नामकरण: Pashto: Kwaṭa (fortress)
उपनाम: 
सानो लण्डन
देश पाकिस्तान
क्षेत्रबलुचिस्तान
जिल्लाक्वेटा
सरकार
 • प्रकारनगरपालिका निगम[१]
 • मेयरडा. कलिमुल्ला खान[२]
 • उप-मेयरयोनुस बलुच्स
क्षेत्रफल
 • जम्मा३,५०१ किमी (१३५२ वर्ग माइल)
उन्नतांश
१,६८० मिटर (५,५१० फिट)
जनसङ्ख्या
 (२०१७)[३]
 • जम्मा१००१२०५
 • मुलवासी नाम
क्वेटान
समय क्षेत्रयुटिसी+०५:०० (पाकिस्तानी समय)
जिप कोड
87xxx
क्षेत्रीय सङ्केत०८१

यो सहर बलुचिस्तान प्रदेशको उत्तर तर्फ अफगानिस्तान र पाकिस्तानको सिमा क्षेत्रमा रहेको हुँदा क्वेटा व्यापार र सञ्चारको माध्यम बनेको छ । यो सहर बोलन पास नजिक छ जुन मध्य एसिया र दक्षिण एसियाको प्रमुख प्रवेसद्वारको रूपमा रहेको छ । क्वेटा सहरले पाकिस्तान सैनिकहरूको लागि महत्त्वपूर्ण भुमिका खेलेको छ जहाँ सैनिकहरूले पाकिस्तान र अफगानिस्तानको सिमाना क्षेत्रमा निगरानी राख्छन् ।

मौसम सम्पादन गर्नुहोस्

यो सहरमा अर्ध सुख्खा खालको मौसम रहेको छ । यस सहरमा ग्रिष्मऋतु अन्तिम मे देखि मध्य सेप्टेम्बर सम्म हुन्छ जसमा औसत तापक्रम २४-२६ (७५-७९ डिग्री फरेनहाईट) डिग्री सम्म मापन गरिएको छ भने सन् १९९८ जुलाई १० मा यस सहरको तापक्रम ४२ डिग्री पुगेको थियो जुन हालसम्मकै अधिक तापमान हो । यस सहरमा शरद ऋतु अन्तिम सेप्टेम्बर देखि मध्य नोभेम्बर सम्म च्छ जसको अौसत तापक्रम १२-१८ डिग्री (५४-६४ डिग्री एफ) सम्म हुन्छ र हिँउद अन्तिक नोभेम्बर देखि मध्य मार्च सम्म हुन्छ जसको अौसत तापक्रम ४-५ डिग्री (३९-४१ डिग्री एफ) सम्म हुन्छ । यो सहरको सबैभन्दा न्यून तापक्रम -१८.३ डिग्री (-०.९ डिग्री फरेनहाईट) जुन ८ जनवरी १९७० मा कायम भएको थियो । यस सहरमा वसन्त ऋतु मध्य अप्रिल देखि सुरु भएर अन्तिम मे मा समाप्त हुन्छ जसमा औसत तापक्रम १५ डिग्री हुन्छ । अन्य क्षेत्रहरूमा भन्दा यस सहरमा अली कल पानी पर्ने गरेको छ । २४ घण्टामा सबैभन्दा अधिक वर्षा ११३ मिलिमिटर परेको छ जुन १७ डिसेम्बर २००० मा मापन गरियको थियो । जाडो यामको बेलामा जनवरी र डिसेम्बरको बिचमा कहिलेकाही हिउँ पर्ने गरेको छ ।

जनशाङ्खिकि सम्पादन गर्नुहोस्

यातायात सम्पादन गर्नुहोस्

शिक्षा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "बुलुचिस्तान सरकार", बुलुचिस्तान डट जिओभी डट पिके, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१६ 
  2. "मेयरका लागि पाकिस्तानको कवेटाका जनबासी", जनवरी २७, २०१५। 
  3. (पिडिएफ) सन् २०१७ को जिल्ला अनसारको जनगणना (Report). राष्ट्रिय तथ्याङ्क विभाग. 2017. p. १३. http://www.pbscensus.gov.pk/sites/default/files/DISTRICT_WISE_CENSUS_RESULTS_CENSUS_2017.pdf. अन्तिम पहुँच मिति: २०१८-०३-२९.  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२९ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्