क्रिस्चियन एरिक्सन (जन्म: सन् १९९२ फेब्रुअरी १४) एक डेनमार्केली व्यावसायिक फुटबल खेलाडी हुन जसले इटालेली क्लब इन्टर मिलान र डेनमार्क राष्ट्रिय फुटबल टोलीका लागि आक्रमक मध्यपङ्क्तिको रूपमा खेल्ने गर्दछन्।

क्रिस्चियन एरिकसन
एरिक्सन सन् २०१६ मा टोटनह्याम हट्स्परबाट खेल्दै।
व्यक्तिगत जानकारी
पुरा नाम क्रिस्चियन डेनियनमेन एरिकसन[१]
जन्म मिति (1992-02-14) १४ फेब्रुअरी १९९२ (उमेर ३२)[२]
जन्म स्थान मिडलफार्ट, डेनमार्क
उचाइ १.८२ मिटर[३]
खेल्ने स्थान(हरू) आक्रामक मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
म्यान्चेस्टर युनाईटेड
सङ्ख्या १४
युवा करियर
मिडलफार्ट बोल्दक्लुब
२००५–२००८ ओदेन्स बोल्दक्लुब
२००८–२०१० आयाक्स
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१०–२०१३ आयाक्स ११३ (२५)
२०१३–२०२० टोटनह्याम हट्सपर २२६ (५१)
२०२०–२०२१ इन्टर मिलान ४३ (४)
२०२२ ब्रेन्ट्फोर्ड ११ (१)
२०२२- म्यान्चेस्टर युनाईटेड (०)
अन्तर्राष्ट्रिय करियर
२००७–२००९ १७ वर्ष मुनिको २७ (९)
२००९ १८ वर्ष मुनिको (१)
२००९ १९ वर्ष मुनिको (१)
२०११ २१ वर्ष मुनिको (१)
२०१०– डेनमार्क ११६ (३९)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३ मे २०२१
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ जुन २०२१

एरिक्सनले सन् २००८ मा आयाक्स फुटबल क्लबको प्रशिक्षण केन्द्रमा व्यावसायिक फुटबल खेलमा प्रशिक्षण लिनका लागि भर्ना भएका थिए। सन् २०१० मा एरिक्सनको प्रशिक्षण केन्द्रबाट आयाक्स फुटबल क्लबमा पदोन्नति भएपश्चात् क्लबका तर्फबाट उनले सन् २०१०-११, २०११-१२ र सन् २०१२-१३ संस्करणको एरेदेभेसी जित्न सफल भएका थिए। सन् २०१४ मा एरिक्सनले प्रिमियर लिग क्लब टोटनह्याम हट्सपरमा सरुवा भएका थिए भने सोही वर्षको प्रिमियर लिग संस्करणमा उनी क्लबका तर्फबाट उत्कृष्ट खेलाडीको शीर्ष स्थानमा पर्न भएका थिए। सन् २०१३ देखि सन् २०२० सम्म टोटनह्याम हट्सपरको प्रतिनिधित्व गरेका एरिक्सनले क्लबका तर्फबाट विभिन्न उपाधिहरूका साथै सन् २०१६-१७ संस्करणको उत्कृष्ट खेलाडी र सन् २०१७-१८ पिएफए वर्ष टोली जस्ता उपाधिहरू जितिसकेका छन्।[४] सन् २०१८–१९ प्रिमियर लिगमा उनी लगातार ४ प्रिमियर लिग संस्करणमा १० भन्दा बढी उपस्थिति जनाउने कीर्तिमान बनाएका डेभिड बेकह्याम पछि एरिक्सन दोस्रो खेलाडी बन्न सफल भएका थिए भने र उनी २०१९ को युएफा च्याम्पियन्स लिगको टोलीलाई फाइनलसम्म पुर्‍याउनमा एरिक्सनको प्रमुख भूमिका रहेको थियो।[५] सन् २०२० को जनवरीमा एरिक्सन टोटनह्याम हट्सपरबाट इटालेली क्लब इन्टर मिलानमा सरुवा भएका थिए।

एरिक्सनले सन् २००७ मा, १५ वर्षको उमेरमा १७ वर्ष मुनिको राष्ट्रिय टोलीका तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकप संस्करणमा एरिक्सन डेनमार्कको वरिष्ठ राष्ट्रिय टोलीका तर्फबाट खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए।[६] सन् २०१८, रूसमा आयोजित फिफा विश्वकपमा उनले राष्ट्रिय टोलीको तर्फबाट प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए भने राष्ट्रिय टोलीले समूह चरण पार्न गरेतापनि क्रोएसियासँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो। एरिक्सनले ५ पटक उत्कृष्ट खेलाडीको उपाधि जितिसकेका छन्।

क्लब कार्यकाल सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय खेलजीवन सम्पादन गर्नुहोस्

२०२० युएफा युरो सम्पादन गर्नुहोस्

सन् २०२१ जुन १२ का दिन युएफा युरो २०२० को लागि डेनमार्कको उद्घाटन खेलमा पेनालेको पार्कन रङ्गशालामा फिनल्यान्डको विरुद्ध खेल्ने क्रममा एरिक्सनलाई खेलको ४२औँ मिनेटमा अचानक हृदयाघात हुन्छ जसकारण आपतकालीन स्थितिका लागि खटाइएका स्वास्थ्य टोली मैदानमा प्रवेश गर्दै उनको अवस्था गम्भीर भएकाले कृत्रिम श्वसन दिँदै तत्काल अस्पताल लगिन्छ भने चलिरहेको खेललाई पनि स्थगित गरिन्छ।[७] घटना भएको लगभग एक घण्टापछि युएफा र डेनमार्केली फुटबल सङ्घका अधिकारीहरूले एरिक्सन स्वस्थ्य अवस्था स्थिर रहको पुष्टि गरेको थियो।[८] बीचमै स्थगित गर्नुपरेको खेललाई सुचारू गरिपछि फिनल्यान्डले १–० अन्तरले खेल जितेको थियो।[९]

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "फिफा विश्वकप २०१८, रूस: खेलाडीहरूको सूची: डेनमार्क", फिफा, १५ जुलाई २०१८, पृ: ८, मूलबाट ११ जुन २०१९-मा सङ्ग्रहित। 
  2. "क्रिस्चियन एरिक्सन", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू 
  3. "क्रिस्चियन एरिक्सन: जानकारी", प्रिमियर लिग, अन्तिम पहुँच १ नोभेम्बर २०१८ 
  4. "क्रिस्चियन एरिक्सन", आइएफ साउटिङ, २७ मे २०१०, अन्तिम पहुँच २ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण १६ अप्रिल २०१४ मिति
  5. "Tottenham confirm the signing of midfielder Christian Eriksen from Ajax" (अङ्ग्रेजीमा), Sky Sports, ३१ अगस्ट २०१३, अन्तिम पहुँच १९ मार्च २०१७ 
  6. "World Cup squads: The story of the stats | FIFA World Cup 2010 |", STV Sport, २ जुन २०१०, अन्तिम पहुँच २ जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण ७ अक्टोबर २०११ मिति
  7. "कस्तो छ क्रिस्टियन एरिक्सनको स्वास्थ्य अवस्था ?"। नेपाली पत्र। १२ जुन २०२१। सङ्ग्रह मिति १३ जुन २०२१ 
  8. "क्रिस्चेन एरिक्सेन: फुटबल मैदानमा अचेत भएका डेनिस खेलाडी अस्पतालमा 'बिउँतिए'"। बीबीसी नेपाली। १२ जुन २०२१। सङ्ग्रह मिति १३ जुन २०२१ 
  9. "एरिक्सन घाइते भएपछि दुखी बनेको डेनमार्क फिनल्याण्डसँग पराजित"। नेपाल समय। १२ जुन २०२१। सङ्ग्रह मिति १३ जुन २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्