क्रिकेट

क्रिकेट अस्टे्रलिया काे रास्ट्रिय खेल हाे

क्रिकेट ब्याट र बलले खेल्ने सामूहिक खेल हो। यो संसारका लोकप्रीय खेलहरु मध्येमा पर्दछ जो विशेषत अंग्रेजी उपनिवेश,पूर्व उपनिवेश र तिनका प्रभाव परेका मुलुकहरुमा बढी प्रसिद्ध छ । लामो समयसम्म कहिल्यै नटुङ्गीने खेलको रूपमा अालोचना खेप्ने गरेको यो खेल, एक दीवसीय अनि बीस२० को संस्करणमा सीमीत गराइ नयाँ ढाँचामा खेल्न थालीएपछी भने अन्य देशमा समेत वीस्तारीत हुँदैछ । यो खेल वर्तमान समयमा मुख्यतया पाँच दिनको टेस्ट क्रिकेट, एक दिनको एकदिवसीय अन्तर्राष्ट्रिय (वनडे क्रिकेट) र छोटो समयको २० ओभरको क्रिकेट (ट्वान्टी२० अन्तर्राष्ट्रिय) गरि तीन प्रारूप रहेको छ। यसको मुख्य नियन्त्रक संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् हो। यो खेल खुला मैदानमा रहेको पिचमा खेलिन्छ । क्रिकेट एंग्लो स्याक्सन काल मानिने पाँचौं शताब्दीदेखि नै बेलायतबाट सुरु भएको मानिन्छ। सडकमा केटाकेटीले भकुन्डोलाई लौराले हानेर खेल्ने खेलबाट सुरु भएको क्रिकेटले सत्रौँ शताब्दीमा आएर मात्र युवा जमातको ध्यान खिचेको हो। इतिहास अनुसार भेडा चराउने क्षेत्रमा भेडाको ऊनको भकुन्डो फाल्ने र अर्कोले समात्ने खेलबाट सुरु भएको क्रिकेटमा पछि विकेटको प्रवेश भयो र त्यसपछि स्टम्पमा बलले लाग्नबाट जोगाउन ब्याट्सम्यानले लट्ठीले छेक्ने प्रयाससँगै क्रिकेटले अहिलेको स्वरूप पाएको हो।

क्रिकेट
एउटा बलर ब्याट्सम्यानलाई बल फ्याँक्दै गरेको।
उच्चतम अन्तराष्ट्रिय  संस्थाअन्तर्राष्ट्रिय क्रिकेट परिषद
पहिलो खेल१८औ शताब्दी (आधुनिक)
अभिलक्षण
टिम सदस्यप्रत्येक समूहमा ११/११ खेलाडी
विकल्प क्षेत्ररक्षक यदि कुनै खेलाडीलाई चोट लागेमा
लैङ्गिक विभाजनएकल
श्रेणीकरणसामूहिक, ब्याट तथा बल खेल
खेल सामाग्रीक्रिकेट बल, क्रिकेट ब्याट,
विकेट: स्टम्प, बेल
आयोजना स्थानक्रिकेट मैदान
उपस्थिति
ओलम्पिक१९०० ग्रीष्मकालिन ओलम्पिक मात्र
A typical bowling action
A wicket consists of three stumps that are hammered into the ground, and topped with two bails.

कसरी विकसित भयो क्रिकेट शब्द ? सम्पादन गर्नुहोस्

क्रिकेट शब्द डच शव्द क्रिकबाट आएको विश्वास गरिन्छ, जसको अर्थ लट्ठी हुन्छ। क्रिकेट खेलमा ब्याट र विकेटको रूपमा लट्ठीका रूपमै प्रयोग गरिने भएकाले यसको नाम जुरेको हुनसक्छ।

औपचारिक खेलको सुरुवात सम्पादन गर्नुहोस्

 
The first English touring team on board ship at Liverpool in १८५९

क्रिकेटको सुरुवात पाँचौं शताब्दीतिर भएको मानिए पनि औपचारिक रूपमा सन् १६४६ मा पहिलो क्रिकेट खेल भएको प्रमाण पाइन्छ, जुन बेलायतको केन्टमा भएको थियो। सत्रौँ शताब्दीको अन्त्यतिर केही पादरीले चर्चमा नगएर क्रिकेट खेलेकाले जरिवाना तिरेको इतिहास छ। सन् १७०६मा बेलायतका विलियम गोल्डवेनले क्रिकेट खेलको नियमका बारेमा पुस्तक प्रकाशन गरे। त्यतिबेला विकेटमा दुईवटा लट्ठी हुन्थे भने ४ बलको एक ओभर हुन्थ्यो। सन् १७४४मा प्रकाशित क्रिकेटको दोस्रो नियमले दुई जना अम्पाएर हुने व्यवस्था गर्‍यो।

सन् १७६०मा इङ्गल्याण्डमा स्थापना भएको ह्याम्ब्लेडन क्लब पहिलो क्रिकेट क्लब हो। त्यसपछि सन् १७८७मा अर्को क्लब म्यारिलेबन स्थापना भयो।

सुरुमा बलरले बललाई जमीनबाट गुडाएर विकेटतिर फ्याक्नुपथ्र्‍यो तर सन् १७७०को दशकपछि बललाई हावामा फ्याँक्ने चलन सुरु भयो जसबाट आधुनिक क्रिकेटको सुरुवात भयो। सन् १७७४मा एलबीडब्लुको नियम आयो र दुई विकेटको सट्टा तेस्रो विकेट पनि राख्न थालियो। सन् १७८०मा तिन दिवसीय खेलको सुरुवात भयो र पहिलो पटक ६ बलको एक ओभर बनाइयो। सन् १८७०मा क्रिकेटमा चौकाछक्काको व्यवस्था भयो।

टेस्ट क्रिकेटको सुरुवात सन् १८७७मा भयो, जुन इंग्ल्याण्ड र अस्ट्रेलियाबीच भएको थियो, जसमा अस्ट्रेलियाले इङ्गल्यान्डलाई ४५ रनले हराएको थियो। सन् २००७मा पहिलो ट्वान्टी२० क्रिकेट विश्वकप प्रतियोगिता सम्पन्न भयो, जसमा भारतले क्रिकेट विश्वकपको उपाधि जित्यो।

क्रिकेट मैदान सम्पादन गर्नुहोस्

केही रोचक तथ्य सम्पादन गर्नुहोस्

  • सन् १९४६मा इङ्ल्याण्डमा बार्बाडोज र ब्रिटिस गुएना बीच भएको खेलमा चौध बलको ओभर खेलिएको थियो। उक्त ओभरमा कुनै नो बल वा वाइड फालिएको थिएन। ८ बलको ओभर राखिएको खेलमा बाँकी ६ बल अम्पाएरको गिन्तीको कमजोरीका कारण थपिएको थियो।
  • आधुनिक क्रिकेटमा तीनवटा विकेट हुन्छन्, तर सन् १९६३मा इङ्ल्याण्डको लर्ड्समा खेलिएको खेलमा भने ४ वटा विकेट राखिएको थियो। परीक्षणका रूपमा ४ वटा विकेट ठड्याएर खेलिएको खेलमा विकेटको चौडाइ ९ इन्चबाट ११ इन्च बनाइएको थियो।
  • बलरले बल नफाल्दै नन स्ट्राइकिङमा रहेको ब्याट्सम्यान आफ्नो क्रिजबाट दौडिए आउट हुन्छ, जसलाई माँकड भनिन्छ। भारतका विनोद माँकड विवादास्पद रहेको टेस्ट खेलमा त्यसैगरी आउट भएका हुनाले त्यसपछि त्यस्तो प्रकारको आउटलाई माँकड भनिन्छ।
  • सन् १९४६मा इङ्ल्याण्डमा भएको खेलमा आश्चर्यजनक घटना भयो। दुई ओभरको खेल भैसकेपछि फिल्डिङ गरिरहेका लेन हटनले खेल रोकेर पिचको लम्बाइ नाप्न आग्रह गरे। त्यसपछि खेल रोकेर पिच नाप्दा पीच २ यार्ड लामो देखियो। पिचको लम्बाइ २२ यार्ड हुनुपर्नेमा २४ यार्डको पाइएपछि खेल पुनः सुरुदेखि खेलाईएको थियो।
  • टेलिभिजनमा रिप्ले हेरेर थर्ड अम्पाएरद्वारा रन आउट घोषणा गरिएका पहिलो खेलाडि भारतका सचिन तेन्दुलकर हुन्। दक्षिण अफ्रिकाविरुद्ध सन् १९९२मा भएको खेलमा उनलाई दक्षिण अफ्रिकी खेलाडि जोन्टी रोड्सले आउट गरेका थिए। अर्को दिन तिनै जोन्टी रोड्सलाई तेन्दुलकरको अपीलमा थर्ड अम्पाएरले रन आउट घोषित गरे।
 
विश्व क्रिकेट का खेलाडि राष्ट्र् हरू
  • सन् १९८६मा बेलायतमा भएको क्रिकेटमा अर्को रोचक घटना भयो। खेलमा ब्याट्सम्यानले बल हानेपछि रनका लागि दौडँदा ब्याट् भुइँमा खसाले, त्यतिबेलासम्म ब्याट्सम्यानले ३ रन जोडिसकेका थिए। जब फिल्डरले बल पक्रेर विकेटतर्फ फाले, बलरले त्यो बललाई ब्याट् टिपेर हिर्काउँदै फाले। जसबापत फिल्डिङ गर्ने टिमलाई ५ रनको जरिवाना दिइयो र ब्याट्सम्यानले जम्माजम्मी ८ रन जोडे।
  • एकदिवसीय क्रिकेटको इतिहासमा सबैभन्दा पहिलो बलिङ गर्ने बलर जिओफ बोएकट हुन् र पहिलो बल सामना गर्ने ब्याट्सम्यान ग्राहम म्याक्केन्जी।
  • सन् १९७५को विश्व कप क्रिकेटमा भारतका सुनिल गाबस्करले पूरा खेलमा ब्याटिङ गर्दै ३६ रन बनाएका थिए। उक्त खेलमा भारत इंगल्याण्डसँग २ सय ३ रनले पराजित भएको थियो।
  • टेष्ट क्रिकेटको इतिहासमा सबैभन्दा लामो समयसम्म खेलिएको म्याच सन् १९३९मा दक्षिण अफ्रिकाको डर्बानमा भएको इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबीचको खेल हो, जुन लगातार ९ दिनसम्म हुँदा पनि अनिणिर्त रह्यो। मार्च ३मा प्रारम्भ भएको खेल मार्च १४ सम्म चलेको थियो। त्यसबीचमा ४, ६, ७, ८, ९, १० र १४ तारिखमा खेल भयो। ११ तारिखका दिन वर्षाका कारण खेल हुन सकेन। १४ तारिखको बेलुकीसम्ममा इंग्ल्याण्डले दोस्रो पालिमा ५ विकेट गुमाएर ६ सय ५४ रन बनाएको थियो र जित्नका लागि जम्मा ४२ रनको आवश्यकता थियो। १५ तारिखमा खेल भएको भए इंग्ल्याण्डले जित्न सक्थ्यो तर १५ तारिखका दिन इंग्ल्याण्डको टोली डुंगाबाट घर फर्कनुपर्ने थियो। त्यसैले खेल पूरा हुन पाएन र बराबरीको घोषणा गरियो। टेष्ट क्रिकेटको इतिहासमा यो नै सबैभन्दा लामो समयसम्म चलेको म्याच हो।

क्रिकेट शव्दावली सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्