कोहिमा भारतको नागाल्यान्ड प्रान्तको राजधानी हो । यो नागाल्यान्डको राजधानी र बहुत शहर हो । कोहिमामा धेरै जसो आदिवासी रहन्छन् । यी आदिवासिहरूको संस्कृति धेरै रङ्गी-बिरङ्गी छन् जुन पर्यटकहरूलाई धेरै मन पर्छ । उनीहरूलाई आफ्नो संस्कृतिको झलक देखाउन धेरै मन पर्छ । उनीहरूको संस्कृति बाहेक पर्यटक यहाँ धेरै बेहतरीन र ऐतिहासिक पर्यटक स्थलहरूको भ्रमण पनि गर्न सक्छन् । यहाँ राज्य संग्राहलय, एम्पोरियम, नागा हेरिटेज कम्पलैक्स, कोहिमा गाउँ, दजुकोउ घाटी, जप्फु चोटी, त्सेमिन्यु, खोनोमा गाउँ, दज्युलेकी र त्योफेमा टूरिस्ट गाउँ प्रमुख छन् । यहीँ सबै पर्यटकहरूलाई धेरै रमाइलो हुन्छ किनकि यहाको सुन्दरताले उनीहरूलाई मनत्रमुग्ध बनाउछन् ।[१]

कोहिमा
कोहिमा
राजधानी
जनसङ्ख्या
 (2001)
 • जम्मा७८,०००

प्रमुख आकर्षण सम्पादन गर्नुहोस्

समाधिहरू सम्पादन गर्नुहोस्

द्वितीय विश्व युद्ध दौरान जापानिहरूले नागाल्यान्डमा हमला गरेका थिए । स्थानीय निवासी शहीदहरूलाई श्रद्धान्जलि दिनको लागि नियमित रूपले यहा आउने गर्छन् । स्थानीय निवासिहरूको साथ-साथ पर्यटकहरूमा पनि यो समाधिहरू धेरै लोकप्रिय छ र कोहिमा आउने पर्यटक यन समाधिहरूको दर्शन अवश्य गर्छन् ।

कोहिमा चर्च सम्पादन गर्नुहोस्

नागाल्यान्डको राजधानी कोहिमामा पर्यटक एसियाको सबभन्दा ठुलो चर्चलाई देख्न सक्छन् । यो चर्च धेरै ठुलो छ र कोहिमाको पहिचान बनिसकेको छ । यस चर्चमा लगभग ३,००० मान्छेहरूको लागि बस्नेको व्यवस्था छ र यो लगभग २५,००० वर्ग फीटमा फैलिएको छ । चर्चमा बेथलेहम जैतुनको लठ्ठिले बनेको सुन्दर नाद देख्न सकिन्छ । यो नाद चर्चको सौन्दरतालाई देरै गुना बढाइदिन्छ । पर्यटकहरूलाई यहा आकार धेरै मन पर्छ किनकि यहा प्रार्थना गरेपछि उनिहरूलाई शान्तिको अहसास हुन्छ ।

संग्राहलय सम्पादन गर्नुहोस्

नागा आदिवासिहरूको संस्कृतिसग जोडिएको धेरै विशेष दस्तावेज मिल्दैन तर उनिहरूको संस्कृति र इतिहास धेरै रोचक छ । नागाल्यान्ड सरकारले बयावी पहाडीमा संग्राहलयको निर्माण गराएको छ । यस संग्राहलयमा नागाल्यान्डको संस्कृति र इतिहाससग जोडिएको अनेक वस्तुहरूलाई देख्न सकिन्छ । यी वस्तुहरूमा मुल्यवान रत्‍नहरू, हाती दात, मोतिले बनेको हार तथा अन्य वस्तुहरू प्रमुख हुन् ।

नागा हेरिटेज कम्पलैक्स सम्पादन गर्नुहोस्

कोहिमा गाउँ सम्पादन गर्नुहोस्

दजुकोउ घाटी र जप्फु चोटी सम्पादन गर्नुहोस्

आवागमन सम्पादन गर्नुहोस्

हवाई मार्ग

नागाल्यान्डको दीमापुर विमानक्षेत्रमा हवाई अड्डेको निर्माण गरिएको छ । यहाबाट कोहिमासम्म पुग्न धेरै सजिलो हुन्छ ।

रेल मार्ग सम्पादन गर्नुहोस्

हवाई अड्डे बाहेक दीमापुरमा रेलवे स्टेशनको पनि निर्माण गरिएको छ । दीमापुरदेखि कोहिमा मात्र ७४ कि॰मी॰ टाढा स्थित छ ।

सडक मार्ग सम्पादन गर्नुहोस्

कोहिमा बस अड्डा नागाल्यान्डको सबैभन्दा व्यस्तम बस अड्डा हो । यहादेखि नागाल्यान्डको विभिन्न स्थानहरूको लागि बसहरूको परिचालन गरिन्छ ।

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

ढाँचा:भारतका राज्य अनि केन्द्रशासित प्रदेशका राजधानीहरु

  1. Falling Rain Genomics, Inc - Kohima