कोपा अमेरिका (स्पेनी: Copa América), (Campeonato Sudamericano de Fútbol स्पेनीमा र Copa Sul-Americana de Futebol पुर्तुगालीमा),[१] १९७५ सम्म दक्षिण अमेरिकी फुटबल प्रतियोगिताको रूपमा परिचित एक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतिस्पर्धा हो जसमा कोन्मेबोलका राष्ट्रिय टोलीहरूको एकाअर्काको समना गर्ने गर्छन्। यो हरेक चार वर्षमा आयोजना हुँदै आएको छ, यो सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय महाद्वीपीय फुटबल प्रतियोगिता हो। [२]यसले दक्षिण अमेरिका को महाद्वीपीय विजेताको निर्धारण गर्दछ।[२][३][४] प्रतियोगितामा सन् १९९० को दशकदेखि उत्तरी अमेरिका र एसियाका टोलीहरू पनि भाग लिनको निमन्त्रणा गरिएको छ।

कोपा अमेरिका
स्थापना१९१६; १०८ वर्ष अघि (१९१६)
क्षेत्रदक्षिण अमेरिका (कोन्मेबोल)
समूह सङ्ख्या१२ अथवा १६
वर्तमान विजेता अर्जेन्टिना (15th time)
सबैभन्दा सफल टोलीढाँचा:Country data Uruguay and Argentina (१५ पटक)
वेबसाइटकोपा अमेरिका
सन् २०२१ कोपा अमेरिका

यसको उपाधि हालसम्म, दक्षिण अमेरिकी फुटबल सङ्घमा रहेका १० टोली मध्ये ८ राष्ट्रिय टोलीहरूले जित्न सफल भएका छन्[५] जहाँ यसलाई फुटबलका महाशक्ति मानिएका राष्ट्रिय, उरुग्वेले १५ पटक, अर्जेन्टिनाले १५ पटक र ब्राजिलले ९ पटक कब्जा गरेका छन्। यसका अतिरिक्त, चिली, पाराग्वे र पेरूले दुई पटक यसको उपाधि चुमेका थिए भने बोलिभिया र कोलोम्बियाले समान एक-एक पटक यसको उपाधि हात पारेका छन्।[६] प्रतियोगिताको हालको विजेता ब्राजिल हो। प्रतियोगितालाई विभिन्न दक्षिण अमेरिकी देशहरूमा आयोजना गरिन्छ।[७] सन् २०१९ को संस्करणमा, एसियाली फुटबल महासङ्घमा देश कतार र जापानलाई प्रतियोगितामा भाग लिनका लागि आमन्त्रित गरिएको थियो।[८]

दक्षिण अमेरिकी फुटबल सङ्घमा आबद्ध १० टोलीहरू बाहेक यसमा उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घमा आबद्ध राष्ट्रहरूलाई पनि खेलमा सहभागी बन्नका लागि निमन्त्रणा गरिने गरिएको छ, तथापि केही अपवादहरू भने कायमै रहेकम छन्।[२] सन् २०१६ देखि, प्रतियोगितामा सामान्यतया १६ राष्ट्रहरूले सहभागी हुन्छन् जसमा १० दक्षिण अमेरिकी फुटबल सङ्घ र ४ उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घका राष्ट्रहरू पर्दछन्।

हालसम्मको नतिजा हेर्दा, १९ देशहरू यसमा सहभागी भएका छन् र यसको उपाधिलाई हालसम्म कुनै पनि दक्षिण अमेरिकी देश बाहेकका राष्ट्रहरू हात पार्न सकेका छैनन्।[२][३][९] गैर-दक्षिण अमेरिकी देशहरू मध्ये सबैभन्दा राम्रो नतिजा मेक्सिकोले ल्याएको थियो जहाँ यो दुईपटक उपविजेता र एक पटक तेस्रो भएको थियो भने अर्को देश होन्डुरस एक संस्करणमा तेस्रो भएको थियो र संयुक्त राज्य अमेरिका सन् १९९५ मा भएको प्रतियोगितामा चौथो भएको थियो। छनोट चरण बिना सिधै प्रतियोगितामा प्रवेश पाउने यो एकमात्र अन्तरमहादेशीय फुटबल प्रतियोगिता हो। [१०]

अन्तर्राष्ट्रिय स्तरमा, यो हालसम्म सर्वाधिक धेरै पटक आयोजित भएको छ जसमा यसले अर्को प्रमुख फुटबल भिडन्त फिफा विश्वकपलाई समेत उछिनेको छ। ओलम्पिक खेललाई समेत पछि पार्दै यो, फुटबलको इतिहासमा सबैभन्दा धेरै पटक आयोजित भएको एक अन्तर्राष्ट्रिय प्रतियोगिता समेत हो। यो अन्तर्राष्ट्रिय स्तरमा, यो तीन ठूला प्रतियोगिताहरू जस्तै फिफा विश्वकप र युरोकपको समान एक प्रमुख प्रतियोगिता हो।

यसको पहिलो संस्करण सन् २०१६ मा, अर्जेन्टिनामा स्वतन्त्रताको एक सय वर्षको उपलक्ष्यमा आयोजना गरिएको थियो। यसमा ४ संस्थापक राष्ट्र अर्जेन्टिना, ब्राजिल, चिली र उरुग्वे सहभागी भएका थिए। प्रारम्भिक रूपमा, यो वार्षिक रूपमा सञ्चालन हुने गर्दथ्यो भने पछि यो केही वर्षको अन्तरालमा आयोजित भएको थियो। सन् २००७ उत्तरार्ध यसलाई यो प्रत्येक ४ वर्षमा आयोजना गरिन्छ, (अपवाद, सन् २०१५, २०१६, २०१९ र २०२१ का संस्करणहरू बाहेक)। यो प्रतियोगिता फुटबलको इतिहासको सबैभन्दा पुरानो प्रतियोगिताहरू मध्ये तेस्रो स्थानमा रहेको छ सन् २००७ को संस्करणमा, यसलाई प्रत्यक्ष रूपमा ५३ करोड दक्षिण अमेरिकीहरूले टेलिभिजन मार्फत हेरेका थिए जहाँ यसले जम्मा प्रसारण भएका १८५ देशहरूका ४ अर्ब दर्शकहरूले यसको मज्जा लिएका थिए।प्रतियोगितामा, खेलिने भकुण्डोलाई अमेरिकी खेलकुद उपकरण कम्पनी नाइकीले निर्माण गर्दछ।[११]

इतिहास सम्पादन गर्नुहोस्

सुरुवात सम्पादन गर्नुहोस्

 
सन् १९१६ को संस्करणमा उरुग्वे राष्ट्रिय फुटबल टोली

सन् १८५९ मा, दक्षिण अमेरिकाको सबैभन्दा पहिलो क्रिकेट तथा फुटबल क्लब, लिमाको स्थापन पेरूमा भएको थियो भने अर्जेन्टिनी फुटबल सङ्घको स्थापना सन् १८९३ मा, भएको थियो। २०औँ शताब्दीको सुरुमा, फुटबलको लोकप्रियतामा बढ्दै गइरहेको थियो, र महाद्वीपको राष्ट्रिय टोलीहरूको बीचमा पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सन् १९१० मा भएको थियो जहाँ अर्जेन्टिनाले मे क्रान्तिको शताब्दी वर्षको उपलक्ष्यमा एउटा कार्यक्रम आयोजना गरेको थियो। चिली र उरुग्वेले उक्त प्रथम प्रतियोगितामा, भाग जनाएता पनि यसलाई दक्षिण अमेरिकी फुटबल सङ्घले आधिकारिक प्रतियोगिता भने मानेको थिएन। त्यस्तै, अर्जेन्टिनाले आफ्नो स्वतन्त्रताको शताब्दी उत्सवको उपलक्ष्यमा, २ र १७ जुलाई १९१६ को बीच एक प्रतियोगिताको आयोजना गरेको थियो। प्रतियोगितामा चिली, उरुग्वे अर्जेन्टिना र पाराग्वे सहभागी भएका थिए। हाल कोपा अमेरिकाको नामले प्रचलिच यस प्रतियोगितालाई तात्कालिक समयमा, यसलाई काम्पेओनातो सुदआमेरिकानो दे फुतबोल (स्पेनी: Campeonato Sudamericano de Football) को रूपमा परिचित थियो। पहिलो प्रतियोगिताको उपाधि उरुग्वेले हात पारेको थियो। प्रतियोगिताको सफलता देखेर, उरुग्वे फुटबल सङ्घकम एक सदस्य, एक्तोर रिबादाबियाले अर्जेन्टिना, ब्राजिल, चिली र उरुग्वे लगायत का राष्ट्रहरू मात्र संलग्न हुने गरि एक संयुक्त फुटबल सङ्घको स्थापनाको प्रस्ताव गरेका थिए र ९ जुलाई अर्थात् अर्जेन्टिनाको स्वतन्त्रता दिवसको उपलक्ष्यमा दक्षिण अमेरिकी फुटबल सङ्घको स्थापना भएको थियो। अर्को वर्ष, प्रतियोगिता फेरि उरुग्वेमा आयोजित गरिएको थियो।[१२] प्रतियोगिताको अन्तिम खेलमा अर्जेन्टिनालाई १-० ले हराउँदै उरुग्वेले फेरि अर्को पटक उपाधि जितेको थियो। उरुग्वेको सफलताले यस प्रतिस्पर्धालाई थप एकिकृत गर्न मद्दत गरेको थियो। सन् १९१८ मा रियो दि जेनेरियोमा फ्लूको प्रकोप पछि प्रतियोगितालाई एक वर्ष पश्चात्, ब्राजिलले सन् १९१९ मा आयोजना गरेको थियो। ब्राजिलले पूर्व विजेता उरुग्वेलाई १-० ले पराजित गरेको थियो। सन् १९२० को संस्करको प्रतियोगितालाई चिलीले आयोजना गरेको थियो जहाँ यसको विजेता उरुग्वे बन्न सफल भएको थियो।

सन् १९२१ को प्रतियोगिताको लागि, दक्षिण अमेरिकी फुटबल सङघमा आबद्ध भएको एक वर्ष पश्चात्, पाराग्वेले पहिलो पटक यस प्रतियोगितामा सहभागिता जनाएको थियो हुलियो लिबोनात्तीको गोलको सहायता मार्फत, अर्जेन्टिनाले पहिलो पटक प्रतियोगिताको उपाधि हात पारेको थियो। लगत्तैको वर्षहरूमा, उरुग्वेले प्रतियोगितालाई आफ्नो दब्दबामा राख्न सफल भएको थियो जुन तात्कालिक समयमा विश्वको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता थियो। सन् १९२८, नेदरल्यान्डको राजधानी आमस्तर्दममा, भएको ग्रीष्मकालिन ओलम्पिक खेल अन्तर्गतको फुटबल प्रतियोगिताको फाइनल पराजित भएको अर्जेन्टिनाले सन् १९२९ दक्षिण अमेरिकी प्रतियोगितामा, बदला लिँदै उरुग्वेलाई पराजित गर्न सफल भएको थियो। यसै समयमा, सन् १९२६ र सन् १९२७ को प्रतियोगिताहरूमा, दुबै बोलिभिया र पेरूले प्रदापण गरेका थिए।

अव्यवस्थिति र रुकावट सम्पादन गर्नुहोस्

 
सन् १९६३ को विजेता बोलिभियाको राष्ट्रिय टोली

सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको पहिलो फिफा विश्वकपपछि उरुग्वे र अर्जेन्टिनाको फुटबल महासङ्घ बीचको दुश्मनीले प्रतिस्पर्धालाई धेरै वर्षसम्म रोकेको थियो। सन् १९३५ मा मात्र यो प्रतियोगिता विशेष संस्करणलाई आधिकारिक रूपमा सन् १९३९ मा पुनःस्थापित गर्न सम्भव भएको थियो। सन् १९३९ को प्रतियोगितालाई, पेरूले आयोजना गरेको थियो भने यसको उपाधि समेत उक्त राष्ट्रले कब्जा गरेको थियो। एक्वेडरले उक्त प्रतियोगिता मार्फत पहिलो पटक यस खेलमा सहभागी भएको थियो।

सन् १९४१ मा चिलीले यस वर्षको संस्करण सान्तियागो सहरको स्थापनाको ४००औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरेको थियो जसमा नवनिर्मित राष्ट्रिय रङ्गशाला एस्तादियो नास्योनालको क्षमता ३०,००० बाट ७०,००० दर्शकहरूमा विस्तार गरिएको थियो।[१३] टोलीको ठूलो लगानी र प्रारम्भिक सफलताको बावजूद, चिलीले अन्तिम खेलमा पूर्व विजेता अर्जेन्टिनासँग पराजित भएको थियो। उरुग्वेले सन् १९४२ को संस्करणको आयोजना गर्दै उपाधि समेत उचालेको थियो। चिलीले सन् १९४५ मा फेरि प्रतियोगिताको आयोजना गरेको थियो जहाँ टोली तेस्रो स्थानमा सिमित भएको थियो। फाइनल खेलमा, ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनले पुन: यसको उपधि हासिल गरेको थियो।

प्रतियोगिता त्यसपछि ठूलो अवरोधको अवधि प्रवेश गरेको थियो जहाँ प्रतिस्पर्धाहरू नियमित आधारमा सञ्चालन भएका थिएनन् र धेरै संस्करणहरू दक्षिण अमेरिकी फुटबल सङ्घले अनौपचारिक मानेको थियो। अर्जेन्टिनाले सन् १९४५, १९३६ र सन् १९४७ का संस्करणहरूमा लगातार हैकम जमाएको थियो। ती तीनवटा वार्षिक प्रतियोगिताहरू पश्चात्, प्रतिस्पर्धा प्रत्येक दुई दुई वर्षमा आयोजना गरिएको थियो। तीन लगातार प्रतियोगिताहरू पश्चात्, सन् १९५९ मा, यसलाई दुई पटक आयोजना गरिएको थियो जहाँ पहिलो प्रतियोगिता अर्जेन्टिना र अर्को इक्वेडरमा सम्पन्न भएको थियो। यस अवधिमा, केही राष्ट्रिय टोलीहरू प्रतियोगिताको बेवास्ता गरेका थिए। सन् १९५९ मा, आयोजित संस्करणमा, ब्राजिलले पेरनाँबुको राज्यको टोलीलाई प्रतियोगितामा प्रवेश गराएको थियो बोलिभियाले सन् १९६३ मा, पहिलो पटक यस प्रतियोगितालाई आयोजना गर्दै उपाधि समेत हात पारेको थियो, तथापि यो सा् १९६९ को संस्करणको प्रतियोगितामा, नवप्रवेशी भेनेजुएलासँगको पहिलो खेलमै पराजित भएको थियो। सन् १९५९ मा, स्थापनम भएको क्लब स्तरिय प्रतियोगिता कोपा लिबेर्तादोरेसले पनि यसलाई असर गरेको थियो जसको प्रत्यक्ष प्रभाव दर्शकहरूका माझ परेको थियो।

८ वर्षको निष्क्रियता पश्चात्, सन् १९७५ मा, प्रतियोगिता कोपा अमेरिका (स्पेनी: Copa América) (उच्चारण: कोपा आमेरिका) को नामबाट पुन: सुरु भएको थियो।[१४] प्रतियोगिताको कुनै निश्चित स्थल थिएन, र सबै खेलहरू प्रत्येक देशभर वर्षभरै खेलाइएको थियो। सेमिफाइनलमा प्रवेश पाउँदै पूर्व विजेताको साथ समूह चरणमा नौ टोलीहरूले भाग लिएका थिए। सन् १९८७ सम्म, यस प्रणाली प्रयोग गरेर प्रत्येक चार वर्ष यो प्रतियोगितालाई सञ्चालन गरिएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "X Campeonato Sud Americano de Football", biblioteca.afa.org.ar, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५ 
  2. २.० २.१ २.२ २.३ "The oldest main continental tournament in the world", CONMEBOL.com, मूलबाट २१ फेब्रुअरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ अप्रिल २०१४ 
  3. ३.० ३.१ "CONCACAF and CONMEBOL Announce Agreement to Bring Copa America 2016 to the United States", CONCACAF.com, १ मे २०१४। 
  4. "Copa América: History", CONMEBOL, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५ 
  5. "Copa América Venezuela 2007", www.copaamerica.com, मूलबाट २६ de diciembre de २००७-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २००७-१२-२६ मिति
  6. Equipo Multimedia Emol (७ de julio de २०१९), "Brasil alcanzó su novena corona: Conoce el listado de campeones de la Copa América", www.emol.com, अन्तिम पहुँच ७ de julio de २०१९ 
  7. Reyes, Macario, y Neil Morrison (१ de octubre de १९९९), "British Home Championship Overview", www.rsssf.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ७ de abril de २०१७ 
  8. "कोपा अमेरिका फुटबल प्रतियोगिता (जानकारी )"बाह्रखरी। सङ्ग्रह मिति १४ अक्टोबर २०२० 
  9. "Copa América: History", CONMEBOL, अन्तिम पहुँच २७ फेब्रुअरी २०१५ 
  10. "Archived copy", मूलबाट २२ मे २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मे २०१६  वेब्याक मेसिन अभिलेखिकरण २२ मे २०१६ मिति
  11. "यस्तो छ कोपाको फाइनलमा खेलाइने 'आधिकारिक बल'"थाह खबर। सङ्ग्रह मिति १४ अक्टोबर २०२० 
  12. "युरोपेली छायामा कोपा अमेरिका"। नेपाल पत्रिका। सङ्ग्रह मिति १४ अक्टोबर २०२० 
  13. http://www.rsssf.com/tablesm/mar-sucre73.html
  14. "कोपा अमेरिका १०० बर्ष:उरुग्वे धेरै जित्नेमा पहिलो, अर्जेन्टिना दोस्रो र ब्राजिल तेस्रो"। सङ्ग्रह मिति १५ अक्टोबर २०२० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

ढाँचा:कोपा अमेरिका ढाँचा:कोपा अमेरिका विजेताहरू ढाँचा:दक्षिण अमेरिकी फुटबल