सामान्यतः फूलभित्र हुने पराग र मकरन्दयुक्त मसिनो कोमल भुवालाई तथा विशेषरूपले प्रायः काश्मीरमा पाइने, सानो भुइँझारमा फुल्ने हल्का प्याजी रङ भएको फूलमा हुने सुगन्धी पहेँलो केस्रालाई केशर भनिन्छ । यसको धेरै वर्ष बाँच्ने सवा फीट अग्लो बोट हुन्छ । जराको तल प्याजको जस्तो गानु हुन्छ । फेदबाटै निस्केका लामा, पातला, छेउ पछाडितिर दोब्रिएका पात हुन्छन् । नीलो–रातो मिसिएका फूल फुल्दछन् । यसलाई गानुबाट सार्ने गरिन्छ । केशरलाई अंग्रेजीमा Crocus वा Saffron crocus वा Saffron भनिन्छ । यसको वानस्पतिक नाम Crocus sativus Linn. वा Crocus sativus Linn. (C.saffron) वा Rocistigmata हो ।

केशर
A single shell-shaped violet flower is in sharp centre focus amdist a blurred daytime and overcast garden backdrop of soil, leaves, and leaf litter. Four narrow spine-like green leaves flank the stem of the blossom before curving outward. From the base of the flower emerge two crooked and brilliant crimson rod-like projections pointing down sideways. They are very thin and half the length of the blossom.
C. sativus blossom with crimson stigmas.
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
उपभाग:
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
C. sativus
वैज्ञानिक नाम
Crocus sativus
L.

परिभाषा सम्पादन गर्नुहोस्

पर्यायवाची शब्दहरू सम्पादन गर्नुहोस्

अग्निशिख, अग्निशिखा, अग्निशेखर, अभ्राह्व, अरुण, असृक्, अंशुक, कान्त, कालेयक, काश्मीर, काश्मीरज, काश्मिरजन्मन्, किञ्जल्क, कुङ्कुम, कुसुम्भ, केसर, केसरवर, गौर, घुसृण, चारु, जागुड, धीर, पक्ष्म, पिशुन, पीत, पीतक, पीतन, बाह्लीक, मकरन्द, रक्त, रुधिर, लोहितचन्दन, वर, वरेण्य, वर्ण्य, वह्निशिख, वाह्लीक, शठ, शोणित, शोणिताभिध र सङ्कोच ।

केशरसँगसम्बन्धित केही शब्दहरू सम्पादन गर्नुहोस्

(क) गर्भ नाल: फक्रिएका फूलका थुँगामा पराग रहने नाल वा फूलको केसर रहने नलीलाई गर्भनाल भनिन्छ ।

(ख) गर्भामुख: फूलको सतहमा स्त्रीकेसर जम्मा हुने ठाउँलाई गर्भामुख भनिन्छ ।

जातहरू सम्पादन गर्नुहोस्

(क) कश्मीरी केशर वा कस्मिरी केशर  कश्मीरको पाम्पोर नाम गरेको स्थानमा विशेष मात्रामा पैदा हुने एक जातको फूलको केशरलाई कस्मिरी केशर भनिन्छ । यो केसर सूक्ष्म, केही रातो र कमलको जस्तै सुगन्ध आउने खालको हुन्छ । यसलाई उत्तम केशर मानिन्छ ।

(ख) बाह्लीककेशर : बाह्लीक (हाल अफगानिस्तानको बाल्ख क्षेत्र) देशमा हुने केशर सेतो र पहेँलो मिश्रित वर्णको हुन्छ । यो क्यात्तुकेको फूलजस्तो सुगन्धी र सूक्ष्म केशरले युक्त हुन्छ । यसलाई मध्यम खालको केशर मानिन्छ ।

(ग) पारसीक देश (इरान) को केशर मह जस्तै सुगन्ध आउने हुन्छ । यो पनि हल्का सेतो र पहेँलो मिश्रित वर्णको हुन्छ । यसका केशर मोटा हुन्छन् र यसलाई निम्नस्तरको केशर मानिन्छ ।

स्वाद सम्पादन गर्नुहोस्

केशर तीतो र पिरो हुन्छ ।

फाइदा वा गुण सम्पादन गर्नुहोस्

  • यो सुगन्धी, रुचिप्रद र चिल्लो हुन्छ ।
  • यसले शरीरको वर्णमा निखार लेराउँदछ र शरीरलाई चम्किलो पार्दछ ।
  • यसमा टाउकाका शूल आदि रोग, घाउखटिरा, पेटका कीरा र वाकवाकी नाश गर्ने गुण हुन्छ ।
  • यसले दुबीरोगलाई जित्दछ तथा वातविकार, कफविकार र पित्तविकारलाई नाश गर्दछ ।
  • यसले व्यङ्ग (मुखभरि ससाना खटिरा वा काला दाना आउने) रोग ठिक गर्दछ ।
  • यसले हर्ष र बल प्रदान गर्दछ ।
  • यसले खोकी, घाँटीका रोग र विषविकार समेत नाश गर्दछ ।

बेफाइदा सम्पादन गर्नुहोस्

यसको अत्यधिक र लगातार सेवन गर्न हुँदैन । यसले शरीरलाई गर्मी गर्दछ ।

प्रयोग विधि सम्पादन गर्नुहोस्

ओखतीमा केशरको बेग्लै प्रयोगको विधान पाइँदैन तर अन्य ओखती आदिमा मिसाउने विधि भने धेरै छन् । परम्परागत रुपमा यसका केही त्यान्द्रालाई खीर आदिमा हाली पकाउने चलन रहेको पाइन्छ । आयुर्वेदका ग्रन्थमा मासु आदिका परिकारमा पनि केशर समेतको प्रयोग गर्ने एकाध विधि उल्लेख भएको पाइन्छ । यो खाएपछि हुने फाइदा त छन् नै यसले परिकारको स्वादमै विशेष परिवर्तन लेराउने क्षमता समेत राख्दछ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. अमरकोश, कुलचन्द्र शर्मा ।
  2. नेपाली बृहत् शब्दकोश ।
  3. भावप्रकाश निघण्टु, टीकाकार डा. कृष्णचन्द्र चुनेकर ।
  4. भावप्रकाश निघण्टु, टीकाकार विश्वनाथ द्विवेदी शास्त्री ।
  5. सामाजिक सञ्जालमा रहेको आचार्य बालकृष्णको लेख ।
  6. द आयुर्वेद इन्साइक्लोपेडिया, स्वामी सदाशिव तिर्थ ।
  7. मदनपाल निघण्टु ।
  8. राज निघण्टु ।

चित्रदीर्घा सम्पादन गर्नुहोस्

केशरको बोट

Saffron mixed syrup

बाह्य कडीहरू सम्पादन गर्नुहोस्