कृष्णसारलाई अङ्ग्रेजीमा ब्याल्क बक् (Black-Buck) भनिन्छ भने वैज्ञानिक नाम Antilope Ceruicapra (एन्टिलोप प्रजाति) हो। यो बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. २ खैरापुरमा मात्र थोरैको संख्यामा पाइन्छ [१] [२] [३] । दुर्लभ र सौन्दर्यपूर्ण शरीरको वन्यजन्तु कृष्णसारको आहारा घाँस, दुबो, सिरु, काँस आदि हुन । हिन्दु धर्ममा यसलाई 'भगवान श्रीकृष्णको साथी' का रूपमा पनि लिइन्छ। आकर्ष लामो घुमेको सिंग, कालो र सेतो रङ्गको भुत्लाले तेजिलो सुन्दर देखिने कृष्णसारको सङ्ख्या घट्दो छ [४] [५] [६]

कृष्णसार
नेपालको चिडियाघरमा भएको कृष्णसार
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारीप्राणी
गण:
कुल:
उपकुल:
वंश:
Antilope

पल्लास, १७६६
प्रजाति:
A. cervicapra
वैज्ञानिक नाम
Antilope cervicapra
(लिन्नेअस, १७५८)
Subspecies

Antilope cervicapra centralis
Antilope cervicapra cervicapra
Antilope cervicapra rajputanae
Antilope cervicapra rupicapra

भाले तथा पोथी कृष्णसार

सरकारले लोपअवस्थामा पुगेपछि राष्ट्रिय निकुञ्जअर्न्तर्गत तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ सालदेखि कृष्णसारलाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। २०३२ सालमा २ वटा संरक्षणक्षेत्र सुरु गरेपछि कृष्णसारको सङ्ख्या २०४७ सालमा १ सय ७७ वटा पुगेको थियो।

बाँके, बर्दियाकैलालीमा २००८ सालतिर कृष्णसार प्रशस्त पाइन्थे। तर २०३१ सालमा आइपुग्दा नेपालमा कृष्णसारको लोप भइसकेको अडकल काटिएको थियो। एक विदेशी विशेषज्ञले अनुसन्धानका क्रममा नेपालमा २ सयवटा कृष्णसार भेटेर जानकारी दिएपछि सरकारले सुरक्षाका लागि पाइला चालेको थियो। [७] [८] [९] [१०] [११]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. रातोपाटी, "दुर्लभ वन्यजन्तु कृष्णसार लोप हुने अवस्थामा", रातोपाटी, अन्तिम पहुँच २०२०-०९-१२ 
  2. "विश्वकै दुर्लभ कृष्णसार लोप हुने अवस्थामा, सङ्ख्या १ सय ८४ मात्रै", नेपाल लाइभ, अन्तिम पहुँच २०२०-०९-१२ 
  3. "कृष्णसार संरक्षणमा चुनौती", लोकान्तर, अन्तिम पहुँच २०२०-०९-१२ 
  4. "दुर्लभ जनावर कृष्णसार संरक्षणमा चुनौती", २०२०-०५-०३, अन्तिम पहुँच २०२०-०९-१२  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०५-०५ मिति
  5. "शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसार । अहिले यहाँ कृष्णसारको संख्या ६० भन्दा बढी पुगेको छ । राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस", इनेपालिज, अन्तिम पहुँच २०२०-०९-१२ 
  6. "लोप हुने अवस्थामा कृष्णसार - चाइना रेडियो इन्टरनेसनल", अन्तिम पहुँच २०२०-०९-१२ 
  7. "कृष्णसार", अन्तिम पहुँच २०२०-०९-१२ 
  8. रातोपाटी, "हाडनाताले कृष्णसार जोखिममा !", रातोपाटी, अन्तिम पहुँच २०२०-०९-१२ 
  9. "२६ वर्षसम्म पनि भएन बस्ती स्थानान्तरण : कृष्णसार संरक्षण चुनौतीपूर्ण बन्दै", नयाँ पत्रिका, अन्तिम पहुँच २०२०-०९-१२ 
  10. पाठ, राजेन्द्र भट्ट २६ असार २०७५ ५ मिनेट, "शुक्लाफाँटामा फस्टाउँदै कृष्णसार", अन्तिम पहुँच २०२०-०९-१२ 
  11. "शुक्लाफाँटामा उल्लेख्य संख्यामा बढे कृष्णसार", अर्थको अर्थ डट कम, २०२०-०९-०६, अन्तिम पहुँच २०२०-०९-१२