कृष्णमोहन श्रेष्ठ नेपालको शसस्त्र प्रहरी बलका पहिलो महानिरिक्षक थिए।

ललितपुर बागडोलस्थित कृष्णमोहन नुडुप स्मृति उद्यानमा कृष्णमोहन र नुडुपको शालिक
ललितपुर बागडोलस्थित कृष्णमोहन नुडुप स्मृति उद्यानमा कृष्णमोहन र नुडुपको शालिक
ललितपुर बागडोलस्थित कृष्णमोहन नुडुप स्मृति उद्यानको प्रवेश द्वार
कृष्णमोहनको हत्या भएको स्थानमा हाल कृष्णमोहन नुडुप स्मृति उद्यानको निर्माण भएको छ

उनको २०५९ माघ १२ गते माओवादीहरूले ललितपुरको बागडोलमा गोली हानी हत्या गरे।[१][२] श्रेष्ठ नेपालको द्व्न्द्वमा मारिने सबै भन्दा उच्च तहका सुरक्षाकर्मी हुन्। तत्कालिन सशस्त्र प्रहरी बलका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, उनकी पत्नी नुडुप श्रेष्ठ र अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक सूर्यप्रसाद रेग्मी गोली प्रहारबाट मारिएका थिए[३][४][५]. उनीहरू लाई नियमित मर्निङ वाकमा जाँदै गर्दा माओवादीले गोली हानेको थियो त्यसको तीन दिनपछि सरकार र माओवादीबीच दोस्रो पटक द्विपक्षीय युद्धविरामका लागि सहमति भएको थियो। [३]। हाल त्यस ठाउँमा कृष्णमोहन-नुडुप स्मृति उद्यान निर्माण गरिएको छ[३]। उनी प्रहरी सङ्गठनभित्र अत्यन्त शालीन, भद्र, मृदुभाषी, सक्षम र योग्य व्यक्तिको रूपमा चिनिन्थे [२]

कृष्णमोन श्रेष्ठको जन्म वि.सं. २००३ साल फागुन ३ गते सङ्खुवासभा जिल्ला को चैनपुर बजारमा भएको थियो। वि.सं. २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका श्रेष्ठ २०५७ साल माघ १९ गते बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक बनेका थिए[३]

जीवनी सम्पादन गर्नुहोस्

२००३ साल फाल्गुण ३ गते संखुवासभा जिल्लाको तत्कालीन जिल्ला सदरमुकाम चैनपुर निवासी स्व. गङ्गाबहादुर श्रेष्ठ तथा स्व. प्रेमकुमारी श्रेष्ठका साहिला छोराको रूपमा जन्मेका थिए [६]। दुई दाजुहरू महनमोहन र मानमोहन तथा भाइ जेसमोहन र पाँच जना दिदीबहिनीहरूका माईती स्वर्गीय कृष्णमोहनको शुभविवाह काठमाण्डौं लाजिम्पाट निवासी तेजमान शाक्यकी छोरी नुडुपसँग भएको थियो। सामाजिक तथा शिक्षा क्षेत्रमा सक्रिय नुढुप सशस्त्र प्रहरी बल परिवार महिला संघका अध्यक्षका साथै लिङ्कन स्कुल काठमाण्डौंमा शिक्षिका थिइन्। उनीहरूका तीन छोरीहरू नमिता, कृपा र किर्ती श्रेष्ठ छन्।

शिक्षा सम्पादन गर्नुहोस्

चैनपुरस्थित स्थानीय श्री सरस्वती माध्यमिक विद्यालयबाट पूरा गर्दै धरान स्थित महेन्द्र कलेजबाट आई.ए. र त्रिचन्द्र कलेज काठमाण्डौंबाट अङ्ग्रेजी विषय लिई स्नातक गरेका श्रेष्ठले प्रहरी सेवामा कार्यरत रहँदा बेलायत स्थित लाईसेस्टर युनिभर्सिटीबाट क्रिमिनल जस्टिस एण्ड पुलिस म्यानेजमेन्ट विषयमा पोष्ट ग्र्याजुएट गरेका थिए।

स्नातक गरेको लगत्तै चैनपुरमा आफैले अध्ययन गरेको स्कुल श्री सरस्वती मा.वि. चैनपुरमा २०२५ देखि २०२७ साल सम्म प्रधानाध्यपकका रूपमा सेवा गरेका श्रेष्ठ। २०२७ सालमा खुल्ला प्रतियोगिताबाट छनौट भई प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरी नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डि.आई.जी.पी.) हुँदै नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (ए.आई.जी.पी.) सम्म भए। त्यसै बेला तत्कालीन सरकारद्वारा नेपाल प्रहरी तथा शाही नेपाली सेनाबाट अधिकारीहरू लिएर एउटा अर्धसैन्य बलको गठन गर्‍यो। यसरी गठन गरिएको सशस्त्र प्रहरी बलको पहिलो महानिरीक्षकको रूपमा २०५७ साल माघ १९ गते कृष्णमोहन नियुक्त भएका थिए[६]

कृष्णमोहन श्रेष्ठको व्याडमिण्टन, भलिबलफूटबल जस्ता खेलहरूमा निकै गहिरो रूचि थियो। उनी साहित्य तथा सँगीतको क्षेत्रमा समेत रुचि राख्थे भने समाज सेवामा समेत उनी कृयाशील थिए।

पुरस्कार तथा मान पद्‍वी सम्पादन गर्नुहोस्

श्रेष्ठले शुभराज्यभिषेक पदक, गद्धी आरोहण रजत महोत्सव पदक, परदेश सेवा पदक, सार्क स्मृती पदक, दुर्गम सेवा पदक, यू.एन. पदक, गोरखा दक्षिणबाहु दोस्रो, त्रिशक्ति पट्ट तेस्रो र चौँथो लगायतका पुरस्कार र पदक पाएका थिए। तत्कालीन राजा ज्ञानेन्द्रबाट २०६० जेष्ठ ३० गते मरणोपरान्त सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु पहिलो प्रदान गरिएको थियो। त्यस्तै गरी श्रीमती नुडुप श्रेष्ठ लाई मरणोपरान्त सुप्रबल गोरखा दक्षिणबाहु दोस्रो प्रदान गरिएको थियो[६]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. http://www.albawaba.com/news/maoists-kill-chief-nepal-armed-police-force
  2. २.० २.१ http://www.weeklynepal.com/index.php/2011-08-01-14-01-32/7404-2012-01-25-05-29-31[dead link]
  3. ३.० ३.१ ३.२ ३.३ http://www.ausnepalnews.com/index.php?action=news&newsId=17531
  4. http://www.nytimes.com/2003/01/26/world/nepal-s-police-chief-killed.html
  5. http://articles.cnn.com/2003-01-25/world/nepal.attack_1_maoist-rebels-nepal-police-royal-nepalese-army?_s=PM:asiapcf
  6. ६.० ६.१ ६.२ http://nepaloutdoors.com/hamrosankhuwasava/view.php?cat=kurakani&id=107 वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्