कुसुमे रुमाल (चलचित्र)

कुसुमे रुमाल तुलसी घिमिरेद्वारा लिखित र निर्देशित नेपाली शृंगारिक चलचित्र हो। सयपत्री फिल्मसको ब्यानरमा सुमित्रा पौडेलद्वारा यो चलचित्र प्रस्तुत गरिएको हो । नेपालमा बनेका नेपाली भाषाका चलचित्रहरुमा यो २० औँ क्रममा आउँछ । तुलसी घिमिरेको निर्देशनमा बनेकामध्ये भने यो दोस्रो चलचित्र हो । भनिन्छ, यही चलचित्रले पहिलपटक प्रदर्शनको रजत जयन्ती मनाएको थियो ।[१]

कुसुमे रुमाल
निर्देशकतुलसी घिमिरे
निर्मातासयपत्री फिल्मस्
सङ्गीतरञ्जित गजमेर
प्रदर्शन मिति
सन् १९८५
देशनेपाल
भाषानेपाली

कथावस्तु सम्पादन गर्नुहोस्

यो चलचित्र त्रिकोणीय प्रेमप्रसंगमा आधारित छ । हास्यव्यंग्यको पनि प्रशस्त प्रयोग भएको यो चलचित्र २ घण्टा अवधिको छ । ‘कुसुमे रुमाल’, ‘रेली खोला बगर’, ‘सुन भन न’, ‘तिमी नभए जिन्दगानी’ जस्ता गीत प्रयोग भएका छन् । रञ्जित गजमेरको शब्द र संगीतमा तयार गीतहरु उदित नारायण झा, दीपा झा, श्रवण घिमिरे र भारती घिमिरेले गाएका थिए । जुन नेपाली जनजिब्रोले अझैसम्म गुनगुनाइरहेको छ ।

चरित्र सम्पादन गर्नुहोस्

भुवन केसी (अर्जुन), उदित नारायण झा (अमर), तृप्ति नाडकर (सुनिती), नीर शाह, प्रदीप पाख्रिन, विश्वमनी आदिले अभिनय गरेका छन् । यसमा दार्जिलिङका हमजाएगा नामका एक चालकले पनि अभिनय गरेका थिए । उनी निकै रसिक र ख्यालठट्टा गरिरहने स्वभावका थिए ।

विवाद सम्पादन गर्नुहोस्

संगीतकार रञ्जित गजमेर र निर्माता तथा प्रदर्शक उद्धव पौडेलबीच यस चलचित्रको स्वामित्वलाई लिएर विवाद भएको थियो । गजमेरले पौडेलबाट आफूलाई धोका भएको आरोप लगाएका छन् । गजमेरले आफ्नो पुस्तक ‘मोहनी मादलको’मा लेखेका छन्, ‘हामीले अत्यन्त विश्वासका साथ पौडेलललाई कुसुमे रुमालको पहिलो प्रिन्ट थमाउँदै नेपाल पठायौं । तर, नेपाल पुगेर उहाँले त्यो फिल्म आफ्नो नाममा दर्ता गर्नुभएछ । फिल्म धुमधामले चल्यो । ठाउँठाउँमा सिल्भर जुबली र सय दिन पनि मनायो । फिल्मको कमाइबाट पौडेलले फिल्म हल निर्माण गर्नुभएको पनि सुनियो । तर, पौडेलले मुनाफाको एक पैसा पनि हामीलाई दिनुभएन । उहाँ एकाएक हामीसँग बैरी हुनुभयो । हाम्रोबीच त्यो बेलादेखि बन्द भएको बोलचाल आज पर्यन्त पनि कायमै छ ।’ पौडेलले भने ‘रञ्जित गजमेर फिल्मको आधिकारिक व्यक्ति नै नभएको र आधिकारिक व्यक्ति तुलसी घिमिरे भएकाले यो कुरो पहिले नै मिलिसकेको' प्रतिक्रिया सञ्चारमाध्यमहरुमा दिएका छन् ।[२][३]



सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्