कुकुर

स्तनधारीको उपसमूह

कुकुर घरपालुवा स्तनधारी जनावर हो । घरको सुरक्षाका लागि पालिने कुकुरलाई स्वामी भक्त प्राणीको रूपमा लिइन्छ र यो मानिसहरूसँग अत्यन्त मिलेर बस्न सक्दछ । कुकुरको सुन्ने र सुँघ्ने शक्ति अत्यन्त तिक्ष्ण हुन्छ । घरको रेखदेखको लागि पालिने कुकुर मानिसहरूले शोखका लागि पनि पाल्ने गर्छन् । शिकार गर्न सहयोग गर्ने उत्तम घरपालुवा जनावरको रूपमा केही मानिसहरूले कुकुर पाल्ने गर्दछन् । कुकुर ( Canis lupus familiaris )ग्रे ब्वाँसो ( Canis lupus ) स्तनधारी क्रम Carnivora परिवारको सदस्य हो । कुकुर पहिलो पाल्तु जनावर हो र सबै भन्दा व्यापक रूप मानव इतिहासको , शिकार र पाल्तु जनावरको काम पूर्ण गर्न राखिएको हो ।

घरपालुवा कुकुर
सामयिक शृङ्खला: 0.015–0 Ma Pleistocene – Recent
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
स्तनधारीप्राणी
गण:
कुल:
वंश:
प्रजाति:
उपप्रजाति:
C. l. familiaris[१]
त्रिपद नाम
Canis lupus familiaris[१]
पर्याय
  • Canis familiaris
  • Canis familiaris domesticus

शारिरीक बनावट सम्पादन गर्नुहोस्

४ वटा खुट्टा भएको कुकुरको चारै खुट्टाको पंजाहरूमा मिलाएर १८ देखि २२ वटा सम्म नङ्ग्राहरू हुन्छन् । कुकुरको शरीर पुरै रौँले ढाकिएको हुन्छ । कुकुरको पुच्छर घुम्रिएको हुन्छ । यो बाहेक कुकुरहरूको प्रजाती अनुसार शारिरीक वनावट र रंग फरक फरक हुन्छ । कुकुरहरू धेरै प्रजातीका हुन्छन् । जस्तै जेर्मन सेपर, बुल डोग, आदि।

विशेषता सम्पादन गर्नुहोस्

कुकुर पशु भएता पनि यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यसलाई घरको बफादार रक्षक भनिन्छ ।यसको अलग्गै विशेषता छ । यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाईहाल्छ ।

निन्द्रा सम्पादन गर्नुहोस्

कुकुरको निन्द्रा अनोठो हुन्छ। यो जसरी सुतेको भए पनि कुनै व्याक्ती या वस्तुको आगमन तुरुन्त थाहा पाउँछ। भनिन्छ कुकुरको कान पातलो हुन्छ। कुकुर या तो सुतेको या हिँडेकै देखिन्छ। यो खालि बसेको कमै मात्रामा देखिन्छ।

छाउरा पालन सम्पादन गर्नुहोस्

चित्र:Chhaura.jpg
कुकुरको छाउरो

(कुकुरको छाउरा) कुकुर स्तनधारी प्राणी हो। यसले छाउहरूलाई आफ्नो दुध चुसाएर पाल्छ।कुकुरले एक चोटीमा २ देखि ८ छाउरा हरू पाउँछ। कुकुरका छाउराहरू जन्मदा खेरी आँखाहरू खुलेका हुदैनन्। ६ देखि ९ दिनको बिचमा छाउराहरूका आँखा खुल्छन्।

स्मरण शक्ति सम्पादन गर्नुहोस्

कुकुरको स्मरण शक्ति निकै तिक्ष्ण हुन्छ। यसले एक चोटि देखेको मान्छेलाई या कुनै पनि प्राणीलाई कहिल्यै पनि भुल्दैन। यसमा यसको सुघ्ने प्रक्रिया अपनाएको थाहा हुन आएको छ।[२] यसले कुनै पनि चिजलाई सुँघेर थाहा पाउँछ। कुकुरको यही खासियतालाई ध्यानमा राखेर आज भोलि कुकुरलाई तालीम दिएर "स्पेसल डाग सिक्यूरेटी" बनाइन्छ। जसमा कुकुले आसंकित व्याक्ती, आसंकित वस्तु आदीको खोजी गर्छ। कुनै घटना घटेको ठाउँमा पहिले कुकुरलाई लगेर छोडिन्छ। कुकुरले सुँघेर अभियुक्त सम्म पुग्न सहयोग गर्छ।

खतरा सम्पादन गर्नुहोस्

कुकुर जतिको उपयोगी हुन्छ, उतिनै तथा त्यो भन्दा बदीनै खतरनाक पनि हुन्छ। एदी कुकुरलाई रबिज रोग लागेको छ भने झनै खतरनाक हुन्छ, किनभने त्यो कुकुरले मान्छेलाई टोक्यो भने मान्छेलाई पनि रेबिज र पार्वो रोग लाग्ने खतरा हुन्छ। अनि अर्को कुरा, कुकुर भएको घरमा बाघको पनि डर हुन्छ।

चित्रावली सम्पादन गर्नुहोस्

कुकुरका विभिन्न प्रजातीहरूका चित्र[३]

कुकुरबारे रोचक जानकारी

कुकुरलाई घरपालुवा जनावरको रूपमा १२ हजार वर्ष अघिदेखि मानिसले पाल्न थालिएको अनुमान छ । कुकुर मानिस सँगसंँगै बस्दै आउनुमा उनीहरूले पाउने खाना र तातोपन हो । त्यसपछि मानिसले कुकुरलाई आफ्नो फाइदाका लागि प्रशिक्षण दिन थालेका हुन् । गाईबस्तु चराउन, घर हेरचाह गर्न प्रयोग गरिदैं जाँदा पछि शिकार गर्न र मित्रता बढाउनका लागि मानिसहरूले विभिन्न नस्लका कुकुरहरू पाल्न थालेका हुन् । त्यसपछि मात्र विभिन्न जातका कुकुरहरू देखिन थालेका हुन् । १९औं शताब्दी पछि मानिसले विभिन्न जातको कुकुर पाल्न थालेको हुन् । विश्वमा करिव २ सय जातका कुकुरहरू पाइन्छन् ।

कुकुर समूह विश्वमा प्राचीन इजिप्ट र पश्चिम एसियाका मानिसहरूले फरक–फरक कामकालागि फरक जातको कुकुर पाल्ने गरेको विश्वास गरिन्छ । आजको समयमा जस्तै रोमन समयमा पनि जुन काम पूरा गर्नका लागि कुकुर पालिन्थ्यो त्यति खेर पनि यस्तै प्रकारका आयश्यकता पूरागर्न पालिने गरिएको इतिहासविदहरू बताउँछन् । कुकुरहरूलाई यिनीहरूको कामको हिसावले छ भिन्न प्रकारले वर्गीकरण गरिएको छ । तिनीहरूमा कामगर्ने, खेलकुद, जनावर चराउने, मित्रता र खेद्नेमा पर्दछन् ।

कुकुरको विशेषता ब्वाँसो पछ्याउने, कुद्ने, आहारा पक्रने, जनावर मार्न र खान सक्ने क्षमतामा खप्पिस हुन्छन् । आफ्नो सलक्क परेको जीउ र सलक्क परेको लामो खुट्टाको कारण यसमा लामो दुरी कुद्न सक्ने क्षमता हुन्छ । ब्वाँसोसँग कुकुर मिलाएर बच्चा जन्माउने गर्नाले कुकुरमा ब्वाँसोका अधिकतम गुणहरू रहेका हुन्छ । निश्चित मात्रामा जन्मिएका यस्ता सन्तानले गर्दा कुकुरहरू विभिन्न आकार, प्रकार र रङमा उत्पादन हुने गर्दछन् । घरपालुवा जनावरमा यतिधेरै प्रकारको शारिरिक बनावट भएको जनावर कुकुर मात्र हो ।

घरपालुवा प्रजातिका कुकुरहरू ‘ग्रेट डेन’ देखि लिएर ‘चाइहुवावा’ सम्मका सबै कुकुरहरूमा ब्वाँसोको ‘जिन’ भएका कारण यिनिहरू मानिसलाई आफ्नै समूह र आफ्नो नेतामान्दै उनीहरूको आज्ञा मान्दछन् । कुकरको सुन्ने र सुघ्ने तिक्ष्ण क्षमता हुन्छ त्यसैकारणले गर्दा यसलाई अपराधी, बिष्फोटक पदार्थ लगायत पक्रन प्रयोग गरिन्छ । यसले राति राम्रोसँग र निकै परसम्म सजिलै देख्न सक्छ ।

एउटा कुकुर्नीले नौ हप्ताको गर्भिणी भएपछि बच्चा (छाउरा छाउरी) जन्माउँदछे । भर्खर जन्मिएका छाउरा छाउरी अन्धा र बहिरा हुन्छन् । १० देखि १२ दिनपछि यिनिहरूको आँखा खोल्छन् भने १३ देखि १७ दिनपछि मात्र यिनिहरूले सुन्न थाल्दछन् । जन्मिएको ३ देखि ५ हप्ता पछि मात्र यिनिहरूको दाँत आउन थाल्दछ ।

कुकुरबारे केही रोचक तथ्य - एक हप्तासम्मको कुकुरको छाउरा ‘बच्चा’ ले आफ्नो अधिकतम समय सुत्न र आमाको दूध खान बिताउँछ - २ हप्तासम्मको कुकुरको छाउराले आँखा देख्न, सुन्न र बामे सर्न सक्छ । - ३ हप्तासम्मको कुकुरको छाउराले ठोस पदार्थ खान सुरू गर्दछ । - ४ हप्तासम्मको कुकुरको छाउराले आमाको सहायताले खाना खान्छ । त्यसपछि आमाबाट छुट्याएर अर्को ठाँउ लैजान सकिन्छ । - कुकुरलाई कहिले पनि आगाडिपट्टि देख्ने गरी लात्तीले हिर्काउनुहुँदैन । कुनै–कुनै कुकुरले मान्छेले हिर्काउनु भन्दा पहिले टोक्न सक्छ किन भने यसले मान्छे भन्दा दश गुणा चाडो प्रतिक्रया जनाउन सक्छ । - कुकुरहरू चलाख हुन्छन् । यसको अर्थ यिनिहरूले १ सय ५० देखि २ सय शब्दहरू बझ्छन् जसमा प्रतीक चिन्ह देखि लिएर हातको इसारा पनि पर्दछ । - भाले कुकुरले पिसाब फेर्दा खुट्टा उठाएर रूख वा पोलमा गर्दछ किनभने जति मथि गर्‍यो त्यसले उ अरू भाले भन्दा अग्लो र निडर हो भन्ने सुचना अरू कुकुरलाई दिने गर्दछ । अफ्रिकका जंगली कुकुरहरू आफूलाई ठूलो देखाउनका लागिरूखको हाागामा पिसाब फेर्ने गर्दछन् । - कुकुरको नाक जहिले पनि भिजेको हुन्छ किनभने यसले हावामा भएका सुगन्धहरू लिन मद्दत गर्दछ । - अमेरीकामा विश्वको सबैभन्दा बेसी कुकुरहरू पाईन्छ त्यसपछि फ्रान्समा रहेको छ । - हाल विश्वमा करिव ४० करोड कुकुरहरू रहेको अनुमान गरिन्छ । - काठमाडौंको चक्रपथ भित्र २२ हजार र विराटनगर उप–महानगरपालिकामा १० हजार भुसिया कुकुर छन् । - सम्राट कुव्ला खाँसँग ५ हजार कुकुरहरू थिए । - सबैभन्दा बढी दाँत हुने जनावर कुकुर हो जसको ४२ ओटा दाँत हुन्छन् ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Mammal Species of the World - Browse: lupus", Bucknell.edu, अन्तिम पहुँच २०१०-०८-१० 
  2. पशु विशेषज्ञा
  3. गुगल चित्र खोज

बाह्य कडीहरू सम्पादन गर्नुहोस्