कालासयवालहरू - सन् १९०५ देखि १९१७ सम्म रुसी क्रान्तिकारी आन्दोलन विरुद्ध संघर्ष गर्न जारसाही पुलिसद्वारा संगठित राजतन्त्रवादी जत्थाका सदस्यहरू । यस जत्थाका गुण्डाहरू क्रान्तिकारीहरूको हत्या गर्गथे, प्रगतिशील बुद्धिजीवीहरूमाथि हमला गर्दथे र यहुदीहरूको लुटपिटको आयोजना गर्दथे । [१]

कालासय सङ्गठनहरू सम्पादन गर्नुहोस्

  • रुसी जनसंघ
  • रुसीहरूको सङ्घ
  • रुसी राजतन्त्रवादी पार्टी
  • क्रान्तिविरुद्ध संघर्ष समिति

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४७३