कार्बन डाइअक्साइड (अणसुत्र: CO2) वायुमण्डलमा पाइने, दुई अक्सिजनका अणुहरु एक कार्बनको अणु मिलेर बनेको ग्यास हो ।

कार्बनडाइअक्साइड
Properties
Molecular formula CO2
Molar mass 44.01 g mol−1
Appearance बेरङ्ग
Except where noted otherwise, data are given for materials in their standard state (at 25 °C, 100 kPa)
Infobox references

वायुमण्डलमा ०.०३% कार्बनडाइअक्साइड छ । कार्बन भएकाबस्तुहरु जस्तै: कोइला, काठ, मट्टीतेल, तेल, बोसो, मैन इत्यादि बल्दा कार्बनडाइअक्साइड बन्दछ र हावामा जान्छ । बिरुवा तथा जनावरहरूले सास फेर्दा कार्बनडाइअक्साइड निस्कन्छ । चुनढुङ्गा(CaCO), डोलोमाइट(CaCO/MgCO)र म्याग्नेसाइट/ खरी ढुङ्गा आदिलाई रासायनिक प्रतिक्रिया गरेपछी कार्बनडाइअक्साइड ग्यास निस्कन्छ ।

इतिहास सम्पादन गर्नुहोस्

यो ग्यास सन १६८० मा Helmont ले पत्ता लगाएका थिए तर पछि Lavoisier ले यस ग्यासलाई कार्बनअक्सिजनको यौगिक भनी प्रमाणित गरेका थिए ।

प्रयोगशालामा कार्बनडाइअक्साइड ग्यास बनाउने तरिका सम्पादन गर्नुहोस्

प्रयोगशालामा कार्बनडाइअक्साइड ग्यास चुनढुङ्गाका टुक्राहरूलाई फिक्का हाइड्रोक्लोरिक अम्ल (dil. HCl) सँग रासायनिक प्रतिक्रिया गराई बनाइन्छ ।
CaCO + २HCl → CaCl + HO + CO

कार्बनडाइअक्साइड बनाउने अन्य तरिका सम्पादन गर्नुहोस्

  1. कार्बनलाई पर्याप्त अक्सिजन भएको हावामा बाल्दा यो ग्यास बन्छ।
  2. मिथेन, इथेन, ब्युटेन आदि बल्दा यो ग्यास निस्कन्छ।
  3. चुनढुङगालाई बेस्सरी तताउँदा यो ग्यास निस्कन्छ ।
  4. कार्बोनेट तथा हाइड्रोजन कार्बोनेटहरूले अम्लसँग प्रतिक्रिया गर्दा यो ग्यास निस्कन्छ।

भौतिक गुणहरु सम्पादन गर्नुहोस्

  1. यो ग्यास रङ्गहिन, गन्धहिन र स्वादहिन हुन्छ ।
  2. यो ग्यास हावाभन्दा गरुङ्गो हुन्छ ।
  3. यसले भिजेको निलो लिट्मस कागजलाई रातो बनाउँछ ।
  4. यो ग्यास पानीमा कम मात्रामा घुल्छ ।-७८°C मा यसलाई ठोस अवस्थामा परिवर्तन गर्न सकिन्छ।

रासायनिक गुणहरु सम्पादन गर्नुहोस्

  1. कार्बनडाइअक्साइड ग्यास पानीमा कम मात्रामा घुल्छ। यसरी घुल्दा यो कार्बोनिक अम्ल(H2 CO3 ) बन्छ।

CO2 + H 2 O → H2 CO3

उपयोगिता सम्पादन गर्नुहोस्

  1. बिरुवाहरु खाना बनाउने प्रक्रियामा ग्यासको प्रयोग गर्छ्न् ।
  2. कार्बनडाइअक्साइड ग्यास आगो निभाउने कार्यमा प्रयोग गरिन्छ ।
  3. सोडापानी, बियर, कोकाकोला जस्ता पेयपदार्थहरूमा यो ग्यासको प्रयोग गरिन्छ ।
  4. विभिन्न बस्तुहरूलाई सुरक्षित राख्न परेमा सुख्खा बरफ (dry ice) को रूपमा यो ग्यासलाई प्रयोग गरिन्छ ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्