श्रावण महिनाको कृष्ण पक्षमा पर्ने एकादशी तिथिलाई कामिका एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लगायत विभिन्न मुलुकमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत राख्नुको साथै यसलाई एक पर्वको रूपमा मनाउने गर्दछन् ।

कामिका एकादशी
मितिश्रावण कृष्ण एकादशी

व्रत कथा सम्पादन गर्नुहोस्

कुन्ती पुत्र धर्मराज युधिष्ठिर भन्न लागे- हे भगवान, आषाढ महिनाको शुक्ल पक्षमा पर्ने हरिशयनी एकादशी तथा चतुर्मास माहात्म्य मैले राम्रोसँग सुनें । अब कृपा गरेर श्रावण कृष्ण एकादशीको नाम के हो बताउनुहोस् ।[१] कृष्ण भगवान भन्न लागे - हे युधिष्ठिर! यस एकादशीको कथा एक समय स्वयं ब्रह्माजीले देवर्षि नारदलाई भनेका थिए, त्यही म तिमीलाई भन्छु सुन । नारदजीले ब्रह्माजीलाई सोधे हे पितामह! श्रावण मासको कृष्ण पक्षका एकादशीको कथा सुन्ने मेरो इच्छा छ, त्यसको नाम के हो ? विधि के हो र त्यसका माहात्म्य के हो, कृपा गरेर भन्नुहोस् ।[१] नारदजीको यो वचन सुनेर ब्रह्माजीले भने- हे नारद! लोकको हितको लागि तिमीले धेरै सुन्दर प्रश्न गरेका छौ । श्रावण महिनाको कृष्ण एकादशीको नाम कामिका हो । यो नाम सुन्नाले मात्र वाजपेयी यज्ञको फल मिल्दछ । यस दिन शंख, चक्र, गदाधारी विष्णु भगवानको पूजा हुन्छ, जसका नामहरू श्रीधर, हरि, विष्णु, माधव, मधुसूदन हुन् । उनको पूजा गर्नाले जो फल मिल्दछ त्यो सुन । जुन फल गंगा, काशी, नैमिषारण्यपुष्कर स्नानबाट मिल्दछ, त्यो विष्णु भगवानको पूजनले मिल्दछ । जो फल सूर्य र चन्द्र ग्रहणमा कुरुक्षेत्र र काशीमा स्नान गर्नाले, समुद्र, वन सहित पृथ्वी दान गर्नाले, सिंह राशिको बृहस्पतिमा गोदावरीगण्डकी नदीमा स्नानले पनि प्राप्त हुँदैन त्यो भगवान विष्णुको पूजनबाट मिल्दछ । जो मनुष्य श्रावणमा भगवानको पूजा गर्छन्, उनीहरूबाट देवता, गन्धर्व र सूर्य आदि सबै ग्रहरू पूजित हुन्छन् । अत: पापहरूबाट डराउने मनुष्यहरूलाई कामिका एकादशीको व्रत र विष्णु भगवानको पूजा अवश्यमेव गर्नु पर्छ । पापरूपी हिलोमा फँसेका र संसाररूपी समुद्रमा डूबेका मनुष्यहरूका लागि यस एकादशीको व्रत र भगवान विष्णुको पूजा अत्यन्त आवश्यक छ । यो भन्दा बढी पापहरू नाश गर्ने कुनै उपाय छैन । हे नारद! स्वयं भगवानले यही भनेका छन् कि कामिका व्रतले जीव कुयोनिमा प्राप्त हुँदैन । जो मनुष्य यस एकादशीका दिन भक्तिपूर्वक तुलसी दल भगवान विष्णुलाई अर्पण गर्दछन्, तिनीहरू यस संसारका समस्त पापहरूबाट दूर रहन्छन् । विष्णु भगवान रत्न, मोती, मणि तथा आभूषण आदिले त्यती प्रसन्न हुँदैनन् जती तुलसी दलले प्रशन्न हुन्छन् । तुलसी दल पूजनको फल चार भारी चाँदी र एक भारी स्वर्णको दानका बराबर हुन्छ । हे नारद! म स्वयं भगवानको अतिप्रिय तुलसीलाई सदैव नमस्कार गर्दछु । तुलसीको विरुवालाई चारनाले मनुष्यका सबै यातनाहरू नष्ट हुन जान्छन् । दर्शन मात्रले सबै पाप नष्ट हुन्छन् र स्पर्शबाट मनुष्य पवित्र हुन्छ । प्राचीन कालमा कुनै गाउँमा एक ठाकुर रहन्थ्यो एक दिन ठाकुरको एक ब्राह्मणसँग झगडा भयो झगडा बढेकोमा ब्राह्मण ठाकुरको हातबाट मर्नगयो । ब्राह्मण मरेकाले ठाकुरलाई ब्रह्महत्याको पाप सताउने लाग्यो । ठाकुरले गाउँका ब्राह्मणहरूसँग ब्रह्महत्याको पापबाट छुटकाराको उपाय सोध्यो । ब्राह्मणहरूले उसलाई कामिका एकादशीको व्रत गर्ने सल्लाह दिए । ठाकुरले त्यस्तै गर्यो । रात्रिमा जब भगवानको प्रतिमा नजिकै शयन गरिरहेको थियो, स्वपनामा भगवानले दर्शन दिएर उसलाई ब्रह्महत्याका पापबाट मुक्त गरिदिए । ठाकुर ब्राह्मणको तेरह दिने क्रिया गरेर ब्रह्महत्याका पापबाट मुक्ति भएर विष्णु लोक गयो ।[१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्