काजी भारदार परिवार ऐतिहासिक काजी वंशज उपाधि पाउने परिवार हुन् । काजी भारदार परिवारहरूलाई काजी खलक पनि भनिन्छ । ४ काजी भारदार परिवारहरू: थापा वंश, पाँडे वंश, बस्न्यात वंशकुँवर परिवार (राणा वंश) थिए ।[१][२] तर नेपालको केन्द्रिय शासनमा थापा, पाँडे र बस्न्यात परिवारमात्र संलग्न थिए । थापा, पाँडे र बस्न्यात परिवारले राजपरिवार र चौतारियालाई नाममात्रको शासक बनाइ शासनको बागडोर हातमा लिएका थिए ।

थापा वंश सम्पादन गर्नुहोस्

थापा वंशका भारदारहरू जुम्ला सिञ्जाबाट आएका थिए । वीरभद्र थापा राजा पृथ्वीनारायण शाहको समयमा थापा परिवारका अग्रज थिए । उनका नाति भीमसेन थापा शक्तिशाली शासक (मुख्तियार) बनेका थिए । भीमसेन थापाको ३१ वर्षे शासनमा थापा परिवार केन्द्रिय भारदार परिवार थियो । वीरभद्रका पनाति माथवरसिंह थापा नेपालको पहिलो घोषित प्रधानमन्त्री बनेका थिए । जङ्गबहादुर कुँवरले मामा माथवरसिंहको हत्या गरेपछि थापा वंश केन्द्रिय शासनबाट बाहिरियो ।

पाँडे वंश सम्पादन गर्नुहोस्

पाँडे वंशका भारदारहरू प्रथम राजा द्रव्य शाहको समयदेखि गोरखा राज्यमा स्थापित थिए । कालु पाँडे राजा पृथ्वीनारायण शाहको समयमा पाँडे परिवारका अग्रज साथै गोरखाका प्रधान थिए । उनका जेठा र कान्छा छोरा वंशराज पाँडेदामोदर पाँडे नेपाल अधिराज्यका देवानकाजी र मूलकाजी भएका थिए । अन्तिम चोटि केन्द्रिय शासनमा आउने पाँडे भारदार रणजङ्ग पाँडे हुन् । माथवरसिंह थापाको शासनपछि पाँडे वंश केन्द्रिय शासनबाट बाहिरियो ।

बस्न्यात वंश सम्पादन गर्नुहोस्

शिवराम सिंह बस्न्यात राजा पृथ्वीनारायण शाहको समयमा बस्न्यात परिवारका अग्रज थिए । अभिमान सिंह बस्न्यात, कीर्तिमान सिंह बस्न्यातबख्तावरसिंह बस्न्यात मूलकाजी भएका थिए । जङ्गबहादुर कुँवरले भण्डरखाल पर्व मच्च्याएपछि बस्न्यात परिवार केन्द्रिय शासनबाट बाहिरियो ।

कुँवर (राणा वंश) सम्पादन गर्नुहोस्

रामकृष्ण कुँवर राजा पृथ्वीनारायण शाहको समयमा कुँवर परिवारका अग्रज थिए । रामकृष्ण कुँवरका पनाति जङ्गबहादुर राणाले मामा माथवरसिंह थापाको हत्या गरेर राणा वंशको स्थापना केन्द्रिय शासनमा गरेका थिए । प्रजातन्त्रपछिका राणा वंश केन्द्रिय शासनबाट बाहिरियो ।

अन्य काजी भारदार परिवार सम्पादन गर्नुहोस्

भण्डारी परिवार सम्पादन गर्नुहोस्

भण्डारी परिवार कुलीन भारदारी परिवारवर्गका क्षेत्रीहरूसँग सम्पर्कमा रहेकाले उनीहरूलाई पनि काजी भारदारीभित्रै राखिन्थ्यो । परथ भण्डारी राजा पृथ्वीनारायण शाहको समयमा भण्डारी परिवारका अग्रज थिए । गगन सिंह भण्डारी पनि एक उल्लेखनीय काजी थिए ।

सन्दर्भ साम्रगी सम्पादन गर्नुहोस्