कमल थापा (अङ्ग्रेजी: Kamal Thapa) राप्रपा नेपालका अध्यक्ष हुन्।[१][२] उनी पूर्व गृह मन्न्री, टेबल टेनिस खेलाडी र नेपाली फुटबल टिममा पुर्व कप्तान पनि हुन्। उनले अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष पद २६ वर्षको उमेरमा नै सम्हालेका थिए। कमल थापा, राजा ज्ञानेन्द्रको तत्कालिन सरकारका तर्फबाट गृह मन्न्री थिए। उनी हाल राजतन्त्रको वकालत गर्दछन्। उनले राजनीति शास्त्र र अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्।

Kamal Thapa
कमल थापा
जन्म४ अगस्त १९५५
मकवानपुर, नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
मातृ शिक्षाप्रतिष्ठानस्नातकोत्तर
अग्रजखुमबहादुर खँड्का
उत्तराधिकारीकृष्णप्रसाद सिटौला
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)
आफन्तगणेश थापा (भाइ)

सुरुवाती जीवन सम्पादन गर्नुहोस्

कमल थापाको जन्म २०१२ सालमा काठमाडौँको डिल्लीबजारमा भएको थियो । उनका बुबा छत्रबहादुर थापा कर्णेल थिए । उनका पिता सेनाबाट २०१६ सालमा अवकास भएका थिए । त्यसको ६ वर्षपछि अर्थात् २०२२ सालमा स्थायी बसोवासका लागि परिवारसहित हेटौँडातिर लागे । काठमाडौँको सेन्ट जेभियर्स स्कुलमा पढ्दै गरेका कमल थापा यसपछि हेटौँडाको भुटनदेवी माविमा पढ्न थाले । त्यतिबेला उनी १० वर्षका थिए ।

उनी प्रारम्भिक समयमा राष्ट्रिय फुटबल खेलाडी थिए। उनी सन् १९७८-८८ सम्म अखिल नेपाल फुटबल सङ्घको अध्यक्ष, र सन् १९७७-८७ सम्म राष्ट्रिय खेलकुद परिषद को सदस्य पनि बने। २०४४ मा दशरथ रंगशाला दुर्घटना भएपछि उनले एन्फा अध्यक्ष पदबाट राजीनामा दिए। उनी १९८२ देखि १९९० सम्म एसियाली फुटबल परिसंघको कार्याकारी सदस्य पनि थिए।

खेलकुद यात्रा सम्पादन गर्नुहोस्

वि.सं २०२५ सालमा माध्यमिक तहको पढाइ सकेर उनी पुनः काठमाडौँ आए र पद्मोदय हाइस्कुलमा पढ्न थाले । त्यहाँ उनले फुटबल खेले । त्यतिबेला उनले खेलेको ठूलो प्रतियोगिता अर्थात् अन्तर माध्यमिक फुटबल प्रतियोगितामा उनको टिम पहिलो भयो । उनका भाइ गणेश थापा पनि चर्चित फुटबलर हुन् । उनका दाजु रथी नेत्रबहादुर थापा नेपाल आर्मीका तर्फबाट फुटबल खेल्थे । [३]

राजनीतिक यात्रा सम्पादन गर्नुहोस्

कमल थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष हुन्। उनले राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्छन्।

मन्त्री यात्रा[४] सम्पादन गर्नुहोस्

कमल थापा विचार मिल्ने नमिल्ने सबै दलको सरकारमा सहभागी भएका छन्। मन्त्री हुनको लागि मरिहत्ते गर्ने यस्तो प्रवृतिलाई मुसा प्रवृति भन्ने गरिएको छ।

  1. शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ ०५२ देखि २९ फागुन ०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री
  2. लोकेन्द्र बहादुर चन्द नेतृत्वको सरकारमा १२ चैत ०५३ देखि २१ असोज ०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री
  3. सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज ०५४ देखि २७ असोज ०५४ सम्म परराष्ट्र र कृषिमन्त्री
  4. सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा १८ मंसिर ०५४ देखि २ वैशाख ०५५ सम्म परराष्ट्रमन्त्री
  5. सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा २८ जेठ ०६० देखि २८ जेठ ०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री
  6. राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर ०६२ देखि १९ माघ ०६३ सम्म गृहमन्त्री
  7. केपी ओली नेतृत्वको सरकारमा २५ असोज ०७२ देखि २० साउन ०७३ उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री
  8. पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन ०७३ देखि २२ चैत ०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री
  9. शेरबहादुर देउवा नेतृत्वको सरकारमा २८ असोज ०७४ मा उपप्रधानमन्त्री नियुक्त
    [४][५]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

पुरस्कार र सम्मान सम्पादन गर्नुहोस्

  1. "अध्यक्ष", rppn.org (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-२२ 
  2. "संवैधानिक तवरबाटै हिन्दुराष्ट्र र राजसंस्थाको पुनस्र्थापना गर्छौं : कमल थापा", न्युज अफ नेपाल (नेपालीमा), अन्तिम पहुँच २०१९-०८-२२ 
  3. कमल थापा : राजनीतिमा चतुर, खेलमा कुशल
  4. ४.० ४.१ "कमल थापाको नवौँ सत्तारोहण र ‘मुसा प्रवृत्ति’" [कमल थापाको नवौँ सत्तारोहण र ‘मुसा प्रवृत्ति’] (नेपालीमा), सेतोपाटी, असोज २९, २०७४, अन्तिम पहुँच असोज २९, २०७४ 
  5. https://onpokh.blogspot.com/2016/01/blog-post.html?m=1