वाग्मती अञ्चल अन्तर्गत काठमाडौं गैरीधारामा जन्मिएका कमलमणि आचार्य दीक्षितको विधिपूर्वक राखिएको नाउँ मुकुन्दराज हो । साहित्यिक क्षेत्रमा चाहिै उनी कमल दीक्षित नामले बढी परिचित छन् । नेपाली भाषाका निबन्ध लेखक तथा मदन पुरस्कार पुस्तकालयका संस्थापक दीक्षितले बनारस हिन्दू विश्वविद्यालयबाट स्नातकोपाधि प्राप्त गरेका छन् । उनका प्रकाशित पुस्तकहरू यसप्रकार छन्  :

Kamal Dixit as an exhibitor of Madan Puraskar Pustakalaya during CAN Infotech 2007
  1. यस्तो पनि (२०१३)
  2. कालो अक्षर (२०१७)
  3. पर्खँदै बित्ला कि (२०२६)
  4. कागतीको सिरप (२०२६)
  5. भन्ने कुरा (भूमिका सङ्कलन २०३१)
  6. बुकी सुन (खोजमूलक निबन्ध २०३७)
  7. उखान मिलेन (खोजमूलक निबन्ध २०३७) ।

दीक्षितका उपर्युक्त बाहेक अरू दुर्इ दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भएका देखिन्छन् । नेपाली भाषा भनेपछि हुरुक् हुने दीक्षित नेपाली भाषाभक्त व्यक्तित्वका रूपमा प्रतिष्ठापित छन् ।[१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, कामाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान



बाह्य सूत्र सम्पादन गर्नुहोस्

[१]