कनिका कपूर बलिउडको एक गायिका हुन् । यिनको जन्म २३ मार्च १९७८ मा लखनऊ, उत्तर प्रदेशमा भएको हो, वर्तमानमा उनी लण्डनमा बसोबास गर्छिन । उनिद्वारा गाइएको बेबी डल नामक गीत प्रसिद्ध भयो जसकारण उनलाई वर्ष २०१५ मा फिल्मफेयर सर्वश्रेष्ठ पार्श्व गायिका पुरस्कारले सम्मानित गरिएको हो । उनले आफ्नो करियर हिन्दी भाषी संगीत क्षेत्रमा सन् २०१२ मा गरेकी थिइन् ।

कनिका कपूर
कनिका कपूर सन् २०१४ मा
व्यक्तिगत विवरण
जन्मलखनऊ, उत्तर प्रदेश, भारत
विधागायिका
सक्रिय वर्ष२०११-वर्तमान

परिचय सम्पादन गर्नुहोस्

कनिका कपूर पञ्जाबी तथा सुफी लोकगीतकी गायिका हुन् । रागिनी एमएमएस २ नामक चलचित्रमा उनको गीत बेबी डलले उनलाई प्रसिद्धी दियो जुन इन्टरनेटमा अति प्रसिद्ध भएको थियो । यस गीतमा सन्नी लियोन छिन्, तथा यस गीतको निष्काशन हुनु अगावै युट्युबमा १० लाख भन्दा बढी पटक हेरिएको थियो ।[१] उनले आफ्नो पाहिलो साङ्गीतिक भिडियो सन् २०१२ मा जारी गरेकी थिइन्, जुन डिआर ज्यूसद्वारा निर्मित थियो त्यस एल्बमको नाम जुगनी जी रहेको थियो, यो गीत अलाम लोहारको गीत जुगनीको हिप-हप अवतरण थियो जसको निर्माता लण्डनको गायक तथा संगीतज्ञ डिआर ज्यूस थिए । बेबी डलमा कनिकासँगै तीन सह-गायक पनि रहेका थिए जसको नाम हरमीत सिंह, मनमीत सिंह तथा अन्जान भट्टाचार्य हो तथा यो तिनै मिलेर मीत ब्रोज अन्जान भनेर चिनिन्छन् ।[२] सन् २०१५ मा रोय चलचित्रमा उनिद्वारा गाइएको चिट्टिया कलाईया पनि धेरै प्रसिद्ध भएको छ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "जिसने दी 'बेबी डॉल' सनी लियोनी को आवाज़", बीबीसी हिन्दी, १६ अप्रैल २०१४, अन्तिम पहुँच १६ जनवरी २०१५ 
  2. मीत ब्रोस अंजान। वेब्याक मेसिन अभिलेखिकरण २०१४-०९-११ मिति
  3. सौरभ द्विवेदी (१२ जनवरी २०१५), "'रॉय' का जैकलिन पर शूट गाना 'चिट्टियां कलाईयां' रिलीज", आज तक, अन्तिम पहुँच १६ जनवरी २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्