ओपन स्ट्रिट नक्सा (ओएसएम) एक सहयोगी परियोजना हो जसले संसारको नि: शुल्क सम्पादन योग्य नक्सा सृजना गर्दछ। भू-आँकडा अन्तर्निहित नक्सा, परियोजनाको प्राथमिक उत्पादन मानिन्छ। ओएसएमको सृजना र वृद्धि विश्वको धेरैजसो ठाउँमा नक्सा आँकडाको प्रयोग वा उपलब्धतामा प्रतिबन्ध, र उपग्रह पथप्रदर्शन उपकरणहरूको आगमनद्वारा प्रेरित गरिएको छ।[५]

ओपन स्ट्रिट नक्सा
ओपन स्ट्रिट नक्साको लोगो
साइटको प्रकार
वेब नक्सा प्रदायक
उपलब्ध भाषा
  • ९६ भाषाहरू[१]
  • नक्सा तथ्याङ्क: स्थानीय भाषाहरू
मालिकसमुदायको स्वामित्व र ओपन स्ट्रिट नक्सा संस्थानको समर्थन [२]
सर्जकस्टिभ कोस्ट (ओएसएम विकिमा पृष्ठ)
उत्पादहरूभौगोलिक तथ्याङ्क
युआरएलwww.openstreetmap.org
व्यवसायिकहोइन
दर्तायोगदानको लागि आवश्यक, अवलोकनको लागि पर्दैन
प्रयोगकर्ताहरू८१,०४,४९७[३]
चालु भएको मिति९ अगस्ट २००४; १९ वर्ष पहिले (२००४-०८-09)[४]
वर्तमान स्थितिचालू (विवरण)
सामग्री इजाजतपत्र
खुला डाटाबेस इजाजतपत्र

यसलाई सन् २००४ मा बेलायतमा स्टिभ कोस्टद्वारा सृजना गरिएको थियो। यो विकिपिडियाको सफलता र बेलायत र वरिपरिका क्षेत्रहरूमा नक्सा आँकडाको प्रबलताबाट प्रेरित थियो। त्यस पश्चात्, यसमा २० लाख प्रयोगकर्ताहरू दर्ता भएका थिए।[६][७] प्रयोगकर्ताहरूले सर्वेक्षण, भौगोलिक निर्देशाङ्क उपकरण, हवाई छवीग्रहण, र अन्य निःशुल्क स्रोतहरूको प्रयोग गरेर आँकडा सङ्कलन गर्न सक्दछन्। यो सङ्कलन गरिएको बृहत आँकडालाई खुला भण्डारण अनुमति पत्र अन्तर्गत उपलब्ध गराइन्छ। सेवा ओपन स्ट्रिट म्याप फाउन्डेसन, इङ्ल्यान्डवेल्समा दर्ता एक गैर नाफामुखी संस्थाद्वारा समर्थित छ।[८] ओएसएमबाट प्राप्त आँकडा कागज नक्सा र विद्युतीय नक्साको उत्पादन सहित (गुगल नक्सा जस्तै) ठेगाना र स्थान नामको भू-साङ्केतिकरण, र मार्ग योजना सहित विभिन्न तरिकामा प्रयोग गर्न सकिन्छ।[९] प्रयोगकर्ताहरूमा फेसबुक, क्राइग्सलिस्ट, सेजनाम, ओएसएम एन्ड, जियोकोचिङ, म्यापक्वेस्ट, जेएमपी साङ्ख्यिकी सफ्टवेयर, र फोरस्क्वायर मार्फत जोडिन सक्दछन्। आफ्नो उपकरणमा भित्र निर्मित नक्साको आँकडा बदल्नका लागि भौगोलिक निर्देशाङ्क प्रणाली उपकरणका धेरै प्रयोगकर्ताहरूले ओएसएमको आँकडा प्रयोग गर्दछन्।ओपन स्ट्रिट नक्साका आँकडाहरू स्वामित्व आँकडा स्रोतको तुलनासँग अनुकूल गरिएको छ, तथापि सन् २००९ मा आँकडा गुणस्तर विश्वभरि बेग्लाबेग्लै थियो। [१०][११]

इतिहास सम्पादन गर्नुहोस्

 
नक्साका संस्थापक, स्टिभ कोस्ट सन् २००९ मा

यसलाई सन् २००४ मा स्टिभ कोस्टले यस परियोजनाको स्थापना गरेका थिए। सुरुमा यसले बेलायतको नक्सा मात्र प्रदान गर्ने गर्दथ्यो। [१२] बेलायत र अन्य ठाउँमा, सरकारले सञ्चालन गरेको र कर अनुदान प्राप्त परियोजनाहरू जस्तै ओर्डनान्सले विशाल आँकडाहरू सृजना गरेको थियो तथापि, स्वतन्त्र र व्यापक रूपमा वितरण गर्न भने असफल भएको थियो। यसमा पहिलो योगदान, सन् २००५ मा, लन्डनमा गरिएको थियो। [१३]

अप्रिल २००६ मा, निःशुल्क भू-स्थानिक आँकडाको वितरणलाई प्रोत्साहित र कसैलाई प्रयोग र साझेदारी गर्नको सक्षम बनाउनका लागि ओपन स्ट्रिट नक्सा प्रतिष्ठानको स्थापना गरिएको थियो। डिसेम्बर २००६ मा, याहु!ले ओपन स्ट्रिट नक्साको नक्सा उत्पादनको पृष्ठभूमिको रूपमा यसको हवाई छायाचित्रकला प्रयोग गर्ने घोषण गरेको थियो।[१४]

अप्रिल २००७ मा, अटोमोटिभ नेभिगेसन डाटा नामक कम्पनीले नेदरल्यान्ड, भारतचीनको एक पूरा सडक आँकडा परियोजनामा दान गरेको थियो र जुलाई २००७ सम्म, यसको पहिलो सम्मेलनमा ९,००० प्रयोगकर्ताहरू दर्ता भएका थिए।[१५] कार्यक्रमको प्रायोजकहरूमा गुगल, याहु! र मल्टिम्याप समावेश थिए। अक्टोबर २००७ मा मा, ओपन स्ट्रिट नक्साले अमेरिकाको केन्द्रीय तथ्याङक विभागको सडक तथ्याङ्कको आयात पूरा गरेको थियो।[१६] डिसेम्बर २००७ मा, अक्सफोर्ड विश्वविद्यालय उनीहरूको मुख्य वेबसाइटमा ओपन स्ट्रिट नक्साको तथ्याङ्क प्रयोग गर्ने पहिलो प्रमुख सङ्गठन बनेको थियो।[१७]

आँकडा आयात र निर्यात गर्ने तरिकाहरू निरन्तर बढ्दै गएको थियो र सन् २००८ सम्ममा, उनीहरूको अवस्थित स्वामित्व र म्याद सकिएको नक्सालाई बदल्दै ओपन स्ट्रिट नक्साको तथ्याङ्कलाई भौगोलिक निर्देशाङ्क इकाईहरूमा निर्यात गर्नका लागि परियोजनाले उपकरणहरूको विकास गरेको थियो। [१८]नोभेम्बर २०१० मा, बिङले नक्सा बनाउनको लागि आफ्नो उपग्रह चित्रणको उपयोग गर्न अनुमति दिनको लागि इजाजतपत्र परिवर्तन गरेको थियो।[१९]

सन् २०१२ मा, गुगल नक्साको लागि मूल्य निर्धारणको सुरुवातले धेरै प्रमुख वेबसाइटहरूलाई तिनीहरूको सेवाबाट ओपन स्ट्रिट नक्सा र अन्य प्रतिस्पर्धीहरूमा बदल्न अभिप्रेरित गरेको थियो, तीमध्ये प्रमुख फोरस्क्वायर र क्राइग्सलिस्ट समावेश थिए जसले ओपन स्ट्रिट नक्सा, र एप्पल अपनाएका थिए[२०] जसले गुगलसँगको सम्झौता समाप्त गर्दै तोमतोम र ओपन स्ट्रिट नक्साको आँकडा प्रयोग गरेर एउटा आत्म-निर्मित नक्साङ्कन मञ्च सुरु गरेको थियो।[२१]

सन् २०१७ मा, म्याक्सर टेक्नोलोजी नामक कम्पनीले ओपन स्ट्रिन नक्सामा योगदान सहायता गर्न उपग्रह चित्र प्रदान गर्न थालेको थियो।

सन् २०२१ जुनमा यसले, संयुक्त अधिराज्यबाट युरोपेली सङ्घ सर्ने योजनाको घोषणा गरेको थियो जहाँ यसले ब्रेक्जिटलाई उक्साउने कारकको रूपमा उल्लेख गरेको थियो। [२२]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

  1. "openstreetmap-website/config/locales at master", मूलबाट २८ फेब्रुअरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० Sep २०१९ – GitHubद्वारा। 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named osm-wiki-faq
  3. "OpenStreetMap Statistics", OpenStreetMap, OpenStreetMap Foundation, मूलबाट २४ जनवरी २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ३, २०२१ 
  4. "History of OpenStreetMap", OpenStreetMap wiki, २० अगस्ट २०१९, मूलबाट ४ फेब्रुअरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० Sep २०१९ 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named GPS-inspires-DIY
  6. Lardinois, Frederic (९ अगस्ट २०१४), "For the Love of Mapping Data" (Interview), टेकक्रन्च, मूलबाट १५ नोभेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० Sep २०१९ 
  7. Ramm, Frederick; Topf, Jochen; Chilton, Steve (२०११), OpenStreetMap: Using and Enhancing the Free Map of the World, UIT Cambridge। 
  8. Neis, Pascal; Zipf, Alexander (२०१२), "Analyzing the Contributor Activity of a Volunteered Geographic Information Project — the Case of OpenStreetMap", ISPRS International Journal of Geo-Information 1 (2): 146–165, डिओआई:10.3390/ijgi1020146, बिबकोड:2012IJGI....1..146N 
  9. Maier, Gunther (२०१४), "OpenStreetMap, the Wikipedia Map", Region 1 (1): R3–R10, डिओआई:10.18335/region.v1i1.70 
  10. Haklay, M. (२०१०), "How good is volunteered geographical information? A comparative study of OpenStreetMap and Ordnance Survey datasets.", Environment and Planning B: Planning and Design 37 (4): 682–703, डिओआई:10.1068/b35097, मूलबाट १२ अप्रिल २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ जुलाई २०१७ 
  11. Coleman, D. (२०१३), "Potential Contributions and Challenges of VGI for Conventional Topographic Base-Mapping Programs", in Sui, D.; Elwood, S; Goodchild, M., Crowdsourcing Geographic Knowledge: Volunteered Geographic Information (VGI) in Theory and Practice, New York, London: Springer Science+Business Media Dordrecht, पृ: 245–264, आइएसबिएन 978-94-007-4586-5, डिओआई:10.1007/978-94-007-4587-2 
  12. Coast, Steve, "Changest #1 on OpenStreetMap", OpenStreetMap (अङ्ग्रेजीमा), मूलबाट १९ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १९, २०१८ 
  13. Sinton, Diana (अप्रिल ६, २०१६), "OSM: The simple map that became a global movement", The Directions Mag, मूलबाट १९ सेप्टेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर १९, २०१८ 
  14. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ogd-Coast1
  15. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named ogd-Coast3
  16. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named linux
  17. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named geothought
  18. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named systemed
  19. "Bing engages open maps community", २३ नोभेम्बर २०१०, मूलबाट ४ जुन २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मे २०१६  वेब्याक मेसिन अभिलेखिकरण ४ जुन २०१६ मिति
  20. Fossum, Mike (२० मार्च २०१२), "Websites Bypassing Google Maps Due to Fees", मूलबाट ३ नोभेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण ३ नोभेम्बर २०१२ मिति
  21. Ingraham, Nathan (११ जुन २०१२), "Apple using TomTom and OpenStreetMap data in iOS 6 Maps app", मूलबाट १७ अक्टोबर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०१२ 
  22. Hern, Alex (२०२१-०६-३०), "OpenStreetMap looks to relocate to EU due to Brexit limitations", The Guardian (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-०६-३०