अन्तर्राष्ट्रीय मात्रक प्रणाली

(एसआइ एकाइबाट अनुप्रेषित)

अन्तर्राष्ट्रीय मात्रक प्रणाली (संक्षेपमा SI ; फ्रेंच Le Système International d'unités का संक्षिप्त रूप), मिटरी पद्धतिको आधुनिक रूप हो । यसलाई सामान्य रूपले दशमलव एवं दशको गुणाकमा बनाइएको छ । यो विज्ञान तथा वाणिज्य क्षेत्रमा सर्वाधिक प्रयोग गरिने प्रणाली हो ।

एसआइ एकाइहरू
सङ्केत नाम परिमाण
A एम्पियर धाराविद्युत
K केल्भिन तापक्रम
s सेकेण्ड समय
m मिटर लम्बाइ
kg किलोग्राम पिण्ड
cd क्यान्डेला प्रकाशको तिव्रता
mol मोल पदार्थको मात्रा

एस.आइ प्रणालीलाई १९६० को पुरानो मिटर-किलोग्राम-सेकण्ड अर्थात् (MKS) प्रणालीबाट विकसित गरिएको थियो । यस भन्दा अघि सेन्टीमीटर-ग्राम-सेकण्ड (CGS) प्रणालीमा कंयौ कठिनाइहरु थिए । एस.आइ प्रणाली पनि सधै स्थिर भएर रहेन , यसमा पनि समय क्रम संगै निरन्तर विकास हुदै गयो । इकाई प्रणालीहरु अन्तर्राष्ट्रीय समझौताहरुद्वारा नै बनाइन्छन् र परिवर्तन गरिन्छन ।

यो प्रणाली लगभग विश्वव्यापक स्तरमा लागु भएको छ । तर यसको अपवादमा संयुक्त राज्य अमेरीकाब्रिटेन मा, जहाँ अझै पनि गैर-SI इकाइहरु, उनिहरूको पुरानै प्रणाली प्रचलित छन् ।


इकाइहरु सम्पादन गर्नुहोस्

  • SI मूल इकाइ: जुन सात छन्,
  • व्युत्पन्न इकाइ: जो मूल इकाइहरूबाट व्युत्पन्न भएका छन्।


SI मूल इकाइ[१]
नाम चिन्ह मात्रा
मिटर m लम्बाई
किलोग्राम kg भार
सेकेण्ड s समय
एम्पियर A विद्युत धारा
केल्भिन K तापक्रम
मोल (इकाई) mol पदार्थको मात्रा
क्यान्डेला cd प्रकाशीय तीव्रता

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Barry N. Taylor, Ed., The International System of Units (SI), Gaithersburg, MD: National Institute of Standards and Technology, पृ: 9, अन्तिम पहुँच २००७-१०-३०