एम्पियर ( symbol: A),विद्युत धारा करेन्ट एसआइ एकाइ प्रणालीमा मूल एकाई हो ।[१] फ्रेन्च गणितीज्ञ तथा भौतिकशास्त्री आन्द्रे मैरी एम्पीयर (१७७५-१८३६) सो एकाईको नामकरण भएको हो , जसलाई इलेक्ट्रोडाइनामिक्स को पिता मानिन्छ।

विद्युत धाराको एकाइ
Demonstration model of a moving iron ammeter. As the current through the coil increases, the plunger is drawn further into the coil and the pointer deflects to the right.
नामएम्पियर
प्रणालीSI base unit
भौतिक परिमाणविद्युत धारा
डाइमेन्सनI
नामकरण गरिएकोआन्द्रे मैरी एम्पीयर
परिभाषात्यो स्थीर करेन्ट हो , जुन एक मिटरको दुरीमा शुन्यमा(भ्याकुममा) राखिएका दूइ समान्तर असिमित लम्बाईको सुचालकमा प्रवाह गरिदा , दूई सुचालक बीच प्रति लम्बाई न्युटन बल पैदा हुन्छ ।

एसआइ एकाइ प्रणालीले एम्पियरलाई अन्य मूल एकाईको रूपमा करेन्ट प्रवाह भएका दुई सुचालक तारहरु बीचको इलेक्ट्रोम्याग्नेटिक बलको नापबाट परिभाषित गरेको छ । यस भन्दा अघिको सी.जी.एस एकाइ प्रणालीले विद्युत आवेश लाई मूल एकाइ मानेर यसको परिभाषा गरेको थियो । एम्पियरलाई एक कुलम्ब चार्ज प्रति सेकेण्ड भनेर परिभाषा दिइएको थियो ।[२] एस.आइमा , आवेशको एकाई , कुलम्ब भनेको एक एम्पियरले एक सेकेण्डमा प्रवाह गरेको चार्ज हो ।


परिभाषा सम्पादन गर्नुहोस्

 
एम्पियर एकाईको परिभाषाको चित्रण

एसआई को परिभाषाअनुसार एम्पियर भनेको:

एक एम्पियर भनेको त्यो स्थीर करेन्ट हो , जुन एक मिटरको दुरीमा शुन्यमा(भ्याकुममा) राखिएका दूइ समान्तर असिमित लम्बाईको सुचालकमा प्रवाह गरिदा , दूई सुचालक बीच प्रति लम्बाई न्युटन बल पैदा हुन्छ ।

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. मूल एकाइ परिभाषा:एम्पियर वेब्याक मेसिन अभिलेखिकरण २५ अप्रिल २०१७ मिति Physics.nist.gov. Retrieved on 2010-09-28.
  2. इलेक्ट्रिक युनिभर्स, २००५।