एएफसी महिला एसिया कप (पहिला एएफसी महिला च्याम्पियनसिपको रूपमा पनि चिनिने) एसियाली फुटबल महासङ्घद्वरा आयोजना गरिने महिला राष्ट्रिय फुटबल टोलीहरूका लागि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । यस प्रतियोगिता ४-४ वर्षको अन्तरालमा आयोजना हुने गरेको छ । यो महिला राष्ट्रिय फुटबल टोलीहरूका लागि एएफसी क्षेत्रको प्रमुख महिला फुटबल प्रतियोगिता हो । यस प्रतियोगिता एसिया महिला फुटबल च्याम्पियनसिप वा एसियाली महिला च्याम्पियनसिपको रूपमा पनि चिनिन्छ । १९ औँ संस्करणको बिजेता जापान हो । यो प्रतियोगिताले फिफा महिला विश्वकपको लगि छनोट खेलको रूपमा सेवा गरेको छ । यो प्रतियोगिताको बिजेता टोली फिफा महिला विश्वकपमा स्वचालित रूपमा छनोट हुने गरेका छन् ।

एएफसी महिला एसिया कप
स्थापना१९७५; ४९ वर्ष अघि (१९७५)
क्षेत्रएसियाली फुटबल महासङ्घ (एसिया)
समूह सङ्ख्या
वर्तमान विजेता जापान
(२ औँ उपाधि)
सबैभन्दा सफल टोली चीन
(८ औँ उपाधि)
२०१८ एएफसी महिला एसिया कप

अवलोकन सम्पादन गर्नुहोस्

प्रतियोगिता महिला फुटबलको लागि जिम्मेवार एएफसीको एक भाग, एसियाली महिला फुटबल सङ्घ (एएलएफसी) द्वारा आयोजना गरिन्छ । पहिलो प्रतिस्पर्धा १९७५ मा आयोजित भएको थियो र यसपछि हरेक दुई वर्षको अन्तरालमा आयोजन भएको थियो, १९८० मा भने यस प्रतियोगितामा हरेक तीन वर्ष आयोजित भएको थियो । एसियाली महिला फुटबल सङ्घ (एएलएफसी) सुरुमा एक अलग सङ्गठन थियो तर १९८६ मा एएफसीमै गाभिएको थियो र त्यस पछिका खेलहरूका ढँचा बनाउने कामका लागि यहि एसियाली फुटबल महासङ्घले नै तय गर्ने गरेको छ । यो प्रतियोगिता १९७५मा सुरु भएको थियो जहाँ आयोजक हङकङ रहेकोे थियो भने, न्युजिल्यान्डले प्रथम एएफसी एसिया कपको उपाधि चुमेको थियो ।

यस प्रतियोगिता जनबादी गणतन्त्र चीनले ८ पटकका उपाधि जितेको छ जसमा चीनले ७ पटक निरन्तर बिजयी भएको आफुलाई एक उत्कृष्ट टोलीका रूपमा उभ्याउन सफल भएको छ । यस प्रतियोगितामा चीनले यस बाहेक प्रत्येकमा सेमिफाइनल सम्मको यत्रामा आफुलाई डोर्‍याएको छ ।

यो प्रतियोगिताले २०१५ फिफा महिला विश्वकपको छनोट खेलको रूपमा सेवा गरेको थियो । १९७५ देखि १९८१ सम्म खेलहरू जम्मा ६० मिनेटको हुने गरेको थियो र त्यसपछि हालकै ९० मिनेटको समय अवधि कायम गरिएको थियो ।[१]

नेपालको प्रदर्शन सम्पादन गर्नुहोस्

एएफसी महिला एसिया कपमा हालसम्म नेपालको प्रदर्शन खराब रहेकोे छ । नेपाल १९८६ मा नेपाल पहिलो पटक छनोट भएको थियो र हालै १९९९ मा । नेपाल अहिलेसम्म ३ वटामा छनोट भएको छ र सबै खेलहरूमा नेपाल समुह चरणको सम्मको यात्रा तय गरेको थियो ।

एएफसी महिला राष्ट्र कपमा भाग लिएका राष्ट्रहरूका विवरण सम्पादन गर्नुहोस्

बरियता राष्ट्र बिजेता उप-बिजेता तेस्रो स्थान चौथो स्थान जम्मा
  चीन १४
  उत्तर कोरिया
  चिनियाँ ताइपेई
  जापान १४
  अस्ट्रेलिया
  थाइल्यान्ड
  न्युजिल्यान्ड
  भारत
  दक्षिण कोरिया
१०   मलेसिया
  सिङ्गापुर
१२   हङकङ
१३   इन्डोनेसिया
जम्मा १९ १९ १९ १९ ७६

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "एसियाली महिला च्याम्पियनसिप", मूलबाट २०११-१०-२१-मा सङ्ग्रहित।  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्