अन्तरीक्षमा भएको सानो आकाशिय पिण्ड जब घुम्दै पृथ्वीको आकर्षण क्षेत्रभित्र पर्न जान्छ तब बेगले पृथ्वीतिर आकर्षित हुन्छ र वायुमण्डलसित घर्षण हुन्छ । घर्षणको कारणले पैदा भएको तापले यो तातिन जान्छ र तेजिलो भई चम्कन थाल्छ । त्यसमा भएका पदार्थहरु ग्यास तथा बाफमा बदलिन्छ्न् र बीचैमा बिलाएर जानेलाई उल्का र त्यस पिण्डमा भएको पदार्थ जलेर नसकिएमा त्यो पृथ्वीको सतहमा आएर ठोक्किन्छ त्यसलाई उल्कापिण्ड भनिन्छ । पृथ्वी आफैमा एउटा चुम्बक भएको र चुम्बकिय शक्ती छेउमा केन्द्रित हुने भएकाले पृथ्वीको उत्तरी वा दक्षिणी ध्रुबमा, समुन्द्रमा,तथा दिउँसिको समयमा खस्ने भएकाले बार्षिक ५ लाख भन्दा बढी ऊल्का खसेपनि थोरै मात्र देखिन्छन ।

Meteor seen from the site of the Atacama Large Millimeter Array (ALMA)[21]

आकाशमा एउटा दिशाबाट अर्को दिशामा तारा छिटो खसे जस्तो देखिने भएकाले यिनलाई अङ्ग्रेजीमा सुटिङ स्टार वा फलिङ स्टार पनि भनिन्छ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्