उपेन्द्र महतो

नेपाली रूसी उद्दमी

उपेन्द्र महतो (अङ्ग्रेजी: Upendra Mahato, जन्म; १९६०) नेपाली उद्योगपति हुन् जो मुख्यतया रसियानेपालमा बसोबास गर्छन् ।[२] रसियामा उनी रसिया-नेपाल उद्योग व्यवसाय सङ्घका अध्यक्ष हुन् । उनी गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष हुन् । उनले सन् २००३ देखि सन् २००९ सम्म यस सङ्घको अध्यक्ष भएर कार्यभार सम्भालेका थिए । सन् १९९० देखि व्यवसायमा हात हालेका उपेन्द्रको रसियामा इलेक्ट्रोनिक्स, तेल, भवन निर्माण, बैङ्क तथा मेसिनहरूको कारोवार रहेको छ ।[३] रसियामा इलेक्ट्रोनिक्स कारोवारीको रूपमा व्यवसाय आरम्भ गरेका महतोको रसियाको राजधानी मस्कोबाट ४०० किलोमिटर दक्षिणमा रहेको भोरोनेझमा टेलिभिजन उद्योग रहेको छ जहाँबाट प्रत्येक वर्ष १० लाख टेलिभिजन बन्ने गर्छ । यस वाहेक उनको गोर्भुस्कामा एउटा मेगा इलेक्ट्रोनिक्स बजार रहेको छ जहाँबाट प्रत्येक दिन ८०,००० ग्राहक भ्रमण गर्ने गर्छन । उनको मस्कोको महत्त्वपूर्ण आवाशीय भागमा ५० मिलियनको लागत बताइएको २६ तल्ले भवन रहेको छ ।[३]

उपेन्द्र महतो
Upendra Mahato
जन्मसन् १९६०
बुटवल, नेपाल
वासस्थानमस्को, रसिया
राष्ट्रियतानेपाली
जातीयतामैथिल
मातृ शिक्षाप्रतिष्ठानविद्यावारिधि
पेशाउद्योगपति
चिनारीको कारणगैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष
धर्महिन्दू
सन्तान
मातापितारामआशिष महतो (बुवा)
फूलकुमारी महतो (आमा)[१]

युरोप, अफ्रिका, एसिया लगायत नेपालमा पनि उनको विभिन्न क्षेत्रमा लगानी रहेको छ । नेपालको प्रमुख टेलिकम कम्पनी एनसेलमा उनको २०% शेयर रहेको छ । एनसेलको पुरानो नाम मेरो मोबाइल (स्पाइस नेपाल प्राइभेट लिमिटेड)मा उनकै नेतृत्वमा सञ्चालनमा आएको थियो ।[४] सन् २०१६ नोभेम्बरमा उनले भारतको प्रसिद्ध आयुर्वेद कम्पनी पतञ्जली आयुर्वेदलाई नेपाल भित्राउन सफल भएका छन् ।[५] पतञ्जली आयुर्वेद उद्योग प्राइभेट लिमिटेड, नेपालमा उपेन्द्र महतो र पतञ्जली योगपीठको संयुक्त लगानी रहेको छ ।[६]

जीवनी सम्पादन गर्नुहोस्

उपेन्द्र महतोको जन्म नेपालको पूर्वी तराई सिरहाको कर्जन्हामा एक सामान्य परिवारमा भएको हो ।[७] उनको बुवाको नाम रामआशिष महतो र आमाको नाम फूलकुमारी महतो हो । उनले आफ्नो प्रारम्भिक शिक्षा सिराहाकै सरकारी विद्यालयमा गरेका थिए । इन्जिनियरिङको शिक्षा प्राप्त गर्न उनी काठमाडौंको इन्जिनियरिङ कलेज पुल्चोक क्याम्पसमा भर्ना भए । प्राविधिक क्षेत्रमा डाक्टर अफ साइन्सको पढाई गर्न रसिया तर्फ लागे र त्यहाँ उनले सो शिक्षा प्राप्त गरे ।

व्यवसाय सम्पादन गर्नुहोस्

रसियामा डाक्टर अफ साइन्सको शिक्षा प्राप्त गरेपछि उनले रसियालाई नै प्राथमिकतामा राखेर आफ्नो इलेक्ट्रोनिक्सको व्यवासय सञ्चालन गरे । सन् १९९१ मा सोभियत सङ्घको विघटन भएपछि रसियामा विदेशीले पनि लगानी गर्न अवसर पायो यहि मौकामा उनले आफ्नो इलेक्ट्रोनिक्सको व्यवसायको जग रसियामा बसाले र सो व्यवसाय चम्केपछि उनले त्यहाँ विभिन्न क्षेत्रमा लगानी गरेर धन आर्जित गर्न सफल भए ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "हामी अझै एकताबद्द नभए समृद्दि कठिन हुँदै जान्छ :डा. उपेन्द्र महतो", नेपालीजापान, अन्तिम पहुँच १९ मे २०१४ [dead link]
  2. "Top 5 Richest People of Nepalese Origin", हाम्रोबज, अन्तिम पहुँच २ मे २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-२४ मिति
  3. ३.० ३.१ "Nepali billionaires", नेपाली टाइम्स, अन्तिम पहुँच १० डिसेम्बर २००४ 
  4. "विनोद चौधरीभन्दा उपेन्द्र महतो गरिब ?", माइसंसार, अन्तिम पहुँच ७ मार्च २०१३ 
  5. "डा. उपेन्द्र महतोले पतंजली आयुर्वेद लिमिटेड नेपालमा भित्र्याए", नेपाल आज, अन्तिम पहुँच १६ असोज २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-१४ मिति
  6. "योगगुरु रामदेवले नेपालमा एक खर्ब लगानी गर्ने", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच ८ मङ्सिर २०७३ 
  7. "नेपाललाई सम्बृद्ध बनाउने सपना छ :डा.उपेन्द्र महतो", एनआरएनए, अन्तिम पहुँच १९ अप्रिल २००७  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-२३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्