उत्प्रेरणाको शाब्दिक अर्थ अग्रसर बनाउनु हो । सङ्गठनात्मक उद्देश्य हासिल गर्नका लागि सङ्गठनमा आबद्ध कर्मचारीहरूमा काम गर्ने तीव्र चाहना, इच्छा र जागरण अत्यावश्यक हुन्छ । तसर्थ उत्प्रेरणाले कर्मचारीको सङ्गठनात्मक कार्य गर्न बल प्रदान गर्छ ।[१]

उत्प्रेरणा मनोबैज्ञानिक मानवीय पक्ष हो । यो कर्मचारीलाई कामप्रति उत्सुकता जगाउने कार्य हो ।

व्यवस्थापनविज्ञहरूको परिभाषा सम्पादन गर्नुहोस्

william G Scott

उत्प्रेरणा भनेको लक्षित उद्देश्य प्राप्त गर्न मानिसहरूलाई काम गर्न उत्साहित गर्नु हो ।

Decenzo and Robbins

उत्प्रेरणा उच्च मेहनत गर्ने इच्छा हो; जुन प्रयास व्यक्तिगत उद्देश्य प्राप्त गर्ने शर्तमा गरिन्छ ।

Dalton E. McFarland

उत्प्रेरणाको धारणा विशेष गरी मनोबैज्ञानिक छ । यसले कर्मचारीहरूलाई निश्चित तरिकाले काम गर्न वा नगर्न तत्पर बनाउने सबै तत्वहरूसँग सम्बन्ध राख्छ ।

koontz and O'Donnell

उत्प्रेरणा भनेको उत्साह, इच्छा, आवश्यकता तथा त्यस्तै अन्य तत्वहरु प्रदान गर्नु हो; जसले मानिसहरूलाई काम गर्न प्रेरित गर्छ ।

Dale S Beach

उत्प्रेरणा लक्ष्य अथवा पुरस्कार प्राप्त गर्नका लागि शक्तिको विस्तार गर्ने तत्परता हो ।

उत्प्रेरणाका विशेषताहरु सम्पादन गर्नुहोस्

  1. मनोबैज्ञानिक प्रक्रिया
    उत्प्रेरणाको सम्बन्ध मानिसको आवश्यकता र चाहनाहरूसँग हुन्छ । यसले व्यवहारलाई मार्गदर्शन गर्छ ।

नियमित प्रक्रिया

जटिल तथा भविष्यवाणी गर्न

नसकिने सर्वव्यापी कार्य

व्यवहारमा प्रभाव

सम्पूर्ण व्यक्ति उत्प्रेरित

सकारात्मक वा नकारात्मक

लक्ष्योन्मुख -काम गर्ने वातावरणको निर्माण गर्छ -यो व्यक्ति अनुसार फरक प्रकृतिको हुन्छ

उत्प्रेरणाको महत्त्व सम्पादन गर्नुहोस्

  • नाफा हुने कार्य गर्ने
  • उच्च उत्पादकत्व
  • परिवर्तनको स्वीकार
  • मानव संसाधनको प्रभावकारी उपयोग
  • कर्मचारी सन्तुष्टि
  • विवाद र हड्तालमा कमी
  • समन्वयको आधार
  • कर्मचारी स्थायित्व
  • निरीक्षण खर्चमा कमी
  • सङ्गठनात्मक लक्ष प्राप्ति

उत्प्रेरणाको सिद्धान्तहरु सम्पादन गर्नुहोस्

आवश्यकता शृङ्खला सिद्धान्त सम्पादन गर्नुहोस्

 
अब्राहम मास्लोको आवश्यकता शृंखला सिद्धान्त

अब्राहम मास्लो (१९५४) पाँच वर्गमा आवश्यकता शृङ्खला को अवधारणाको बिकास गरेका थिए । मास्लो को अनुसार , मानिसहरू पुरा नभएका आवश्यकताबात उत्प्रेरित हुन्छन् । आवश्यकताहरू, आधारभूत देखि अतिरिक्त आवश्यकता यस प्रकार छन् :[२]

  • शारीरिक आवश्यकता : गास, बास कपास
  • सुरक्षा आवश्यकता : Safety/Security/Shelter/Health
  • सामाजिक आवश्यकता: Social/Love/Friendship
  • अहम आवश्यकता :Self-esteem/Recognition/Achievement
  • आत्म सन्तुष्टि आवश्यकता: Self-actualization/achievement of full potential
आवश्यकता शृङ्खला सिद्धान्त.png
आवश्यकता शृङ्खला

अब्राहम मास्लोको यो सिद्धान्त निम्नलिखित मान्यताहरूमा आधारित छ ।

  1. मानिसका आवश्यकता र उद्देश्य अनगिन्ती हुन्छन् ।
  2. आवश्यकताको शृङ्खला हुन्छ ।
  3. असन्तुष्ट आवश्यकताले कर्मचारीलाई उत्प्रेरित गर्छ ।
  4. मानिसले विकास र विस्तार चाहन्छ ।

दुई तत्त्व सिद्धान्त सम्पादन गर्नुहोस्

कर्मचारी उत्प्रेरणाका तरिकाहरु सम्पादन गर्नुहोस्

१. वित्तिय सुविधा

२. सहभागिता

३. अधिकार प्रत्यायोजन

४. जागिरको स्थायित्व

५. कार्य समृद्धिकरण

६. कार्य आलोपालो

७. कार्य जीवनको गुण

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. व्यवस्थापनको सिद्धान्त : डा. सन्तोषराज पौड्याल , गोपालमान प्रधान, केदारप्रसाद भण्डारी २०७०
  2. "The Content Theories of Motivation", module 9791F Leading Organisations, New South Wales, Australia: Technical and Further Education (TAFE), मूलबाट २०१८-०३-१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१४-१०-२१  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-१५ मिति