उत्तरकन्या नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति थियो। लमजुङ जिल्लाको उत्तरपश्चिमा पर्ने यस गाउँ विकास समितिमा रहेको घलेगाउँ दक्षिण एसियाकै नमुना गाउँको रूपमा समेत परिचित छ।[१] यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय वर्ष पुरानो मानव वस्ती हो। परम्परागत गुरुङ सस्कृती, घाँटु, सोरठी, सेर्गा नाच, नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ सङ्ग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको घरबास आदिका लागि यस गाउँ परिचित छ।[२] गुरुङ संस्कृतिको ज्वलन्त चित्रण सङ्ग्राहलयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७३ माघ २२ गते उद्घाटन गरेकी थिइन्।[१]

उत्तरकन्या
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लालमजुङ
जनसङ्ख्या
 (२०५८)
 • जम्मा१४०१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "पर्यटक लोभ्याउँदै घले गाउँ ; प्रकृति र संस्कृतिको अनुपम उपहार"खरिबोट। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 
  2. "पर्यटकीय क्षेत्र उत्तरकन्या पूर्ण सरसफाइ गाउँ"नागरिक दैनिक। सङ्ग्रह मिति २५ नोभेम्बर २०२० 

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्