कुनै पनि वस्तुको यथास्थितिमा रहन सक्ने गुणलाई नै त्यस वस्तुको इनर्सिया भनिन्छ । अर्थात कुनैपनि पदार्थले आफू जुन अवस्थामा छ त्यही अवस्थामा रहिरहन खोज्ने गुणलाई त्यस पदार्थको इनर्सिया भनिन्छ ।

इनर्सियाले सङ्केत गर्ने कुरा के हो भने - "कुनै पनि वस्तुमा बाह्य बल प्रयोग नभएसम्म यदि वस्तु स्थिर अवस्थामा छ भने स्थिर अवस्थामै रहन्छ र चाल अवस्थामा भए सरलरेखामा समान गतिले गइरहन्छ ।"

इनर्सियाको सिद्धान्त भौतिकविज्ञानको एउटा आधारभूत सिद्धान्त हो र यो सिद्धान्त आज पनि कुनै वस्तु वा पदार्थको चाल वर्णन गर्न र चाललाई बाह्य बलले कसरी असर गर्छ भनेर बयान गर्न प्रयोग हुन्छ ।

इनर्सिया शब्द लेटिन शब्द इनर्स (iners)"बाट आएको हो जसको अर्थ सुस्त, आलस्य, जुम्सोपना हो । इनर्सिया भौतिक प्रणालीको पिण्डको आधारभूत अभिव्यक्ति हो । आइज्याक न्युटनलेको चालसम्बन्धी पहिलो नियमले इनर्सियाको परिभाषा दिन्छ ।[१]


सामान्यतया, "इनर्सिया" ले वस्तुको गति परिवर्तनमा आउने अवरोध अथवा मोमेन्टम मा आउने अवरोध लाई जनाउँदछ ।

पृथ्वीको सतहमा इनर्सियालाई मुख्यतया: घर्षण, हावाको अवरोध जस्ता कुराहरूले प्रभाव पार्दछन् । यिनै घर्षण र हवाइ अवरोधका कारण स्वतन्त्रतापुर्वक हिँडिरहेको वस्तुको वेग घट्ने अथवा गुरूत्व बल घट्ने गर्छ ।

  1. Andrew Motte's English translation:Newton, Isaac (१८४६), Newton's Principia : the mathematical principles of natural philosophy, New York: Daniel Adee, पृ: 72।