इटालेली समाजवादी पार्टी

इटालेली समाजवादी पार्टी इटालीमा एउटा राजनीतिक दल थियो | पार्टी सन् १८९२मा स्थापित गरिएको थियो । पार्टीको स्थापनाकालदेखि नै पार्टीभित्र अवसरवादी तथा क्रान्तिकारी यी दुवै धाराहरूबीच तीव्र वैचारिक संघर्ष चल्न थाल्यो । सन् १९१२ म रेनो-एमिलियामा सम्पन्न भएको महाधिवेशनमा वामपन्थीहरूको जोडले युद्धका समर्थकहरू तथा सरकारसँग र पुँजीजीवीवर्गसँग सहयोगका पक्षयसमर्थनकहरू अर्थात् ज्यादै नै ठाडा सुधारवादीहरू पार्टीबाट निकालिए । प्रथम विश्वयुद्धको सुरुदेखि र युद्धमा इटालीको प्रवेशसम्म इटालेली समाजवादी पार्टीले युद्धको विरोध जनाएको थियो र "युद्धको विरुद्ध, तटस्थताको निमित्त !" भन्ने नारा दिएको थियो । सन् १९१४को डिसेम्बरमा पुँजीजीवीवर्गको साम्राज्यवदी नैतिको पक्ष्यसमर्थन गर्ने र युद्धको वकालत गर्ने गद्दारहरूको एक दललाई पार्टीबाट निष्कासित गरियो । ऐंटेंटको पक्षमा इटालीले युद्धका प्रवेश गरेपछि (सन् १९१५को मई महिना) इटालेली समाजवादी पार्टीभित्र टड्कारो रूपमा तीनोटा धाराहरू देखापरे - पुँजीजीवीवर्गलाई युद्धमा सहायता पुर्‍याउने दक्षिणपन्थी धारा, पार्टीका बहुसंख्यक सदस्यहरूलाई एकगठ पार्ने केन्द्रवादी धारा र युद्धको विरुद्ध बढी निर्णायक स्थिति अपनाउने वामपन्थी धारा । यद्यपि यो तेस्रो धारा युद्धको विरुद्ध अनवरत संघर्षको आयोजना गर्न असमर्थ नै रह्यो । सन् १९१६को अन्त्यमा इटालेली समाजवादी पार्टीले सामाजिक शान्तिवादको बाटो लियो ।[१]

पे.एस.इ., १९०५

पार्टीले 'अभान्ति !' प्रकाशन गर्दैथियो | यो पार्टी समाजवादी इन्टरनेसनलसंग आबद्ध थियो ।

पार्टीको आधिकारिकता १९९४मा सकियो |

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८२-४८३