आन्द्रे पिर्लो (जन्म: १९ मे १९७९) इटालियन पेशागत फुटबल खेलाडी हुन् । उनी इटालियन सिरी ए क्लब युभेन्टस र इटाली राष्ट्रिय फुटबल टिमका लागि खेल्ने गर्दछन् । पिर्लो फ्रि-किक विशेषज्ञ हुन्, जसलाई डिप-लाईङ प्लेमेकरको रूपमा क्लब र राष्ट्रिय टोलीमा खेलाईन्छ । साथै उनको हेराई, बल नियन्त्रण र पास गर्ने अभुतपुर्व क्षमताका कारण उनलाई यो स्थानमा खेल्ने विश्वकै अग्रज फुटबलर मानिन्छ । राष्ट्रिय टोलीमा ११३ उपस्थिति जनाएका पिर्लो इटालीको फुटबल इतिहासकै चौथो सर्वाधिक उपस्थिति जनाउने खेलाडी हुन् । उनले इटालीको युवा टोलीमा १५, १८ र २१ वर्ष उमेर समुहमा खेल्ने अवसर पाएका थिए । यु-२१ टोलीका लागि आफ्नै कप्तानीमा २००० यूइएफए यूरो यू-२१ च्याम्पियनशीप जिताएका थिए भने उच्च गोलकर्ता पनि बनेका थिए । २००२ फिफा विश्वकपको छनौट खेलमार्फत राष्ट्रिय टोलीमा डेब्यु गरेका पिर्लोले आफ्नो कप्तानीमा टोलीलाई २००४ ओलम्पिकमा कास्य पदक दिलाएका थिए । उनी २००६ फिफा विश्वकपमा टोलीको विजयका लागि सहाय्यकारी सावित भए ।

आन्द्रे पिर्लो
पिर्लो २०१२ मा युभेन्टस का लागि
व्यक्तिगत जानकारी
पुरा नाम आन्द्रे पिर्लो[१]
उचाइ १.७७ मी (५ फिट १० इन्च)[२]
खेल्ने स्थान(हरू) मिडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
युभेन्टस
सङ्ख्या २१
युवा करियर
१९९४–१९९५ ब्रेस्सीया
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
१९९५–१९९८ ब्रेस्सीया ४७ (६)
१९९८–२००१ इन्टर मिलान २२ (९)
१९९९–२०००रेग्गिना (ऋण) २८ (६)
२००१ब्रेस्सीया (ऋण) १० (०)
२००१–२०११ एसी मिलान २८४ (३२)
२०११– २०१५ युभेन्टस ११९ (१६)
२०१५-२०१७ न्यु योर्क सिटी
अन्तर्राष्ट्रिय करियर
२००२– इटाली ११३ (१३)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: ३० मे २०१५
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १४ अक्टोबर २०१४

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "FIFA World Cup South Africa 2010 – List of Players" (PDF), Fédération Internationale de Football Association (FIFA), अन्तिम पहुँच ५ जुन २०१३ 
  2. "Andrea Pirlo", juventus.com, अन्तिम पहुँच १९ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण १९ अगस्ट २०१४ मिति