नाम सम्बन्धित तारा विवरण चित्र
अश्लेशा
"आलिङ्गन"
δ, ε, η, ρ, र σ हाईड्री
  • स्वामी: बुध (मर्करी)
  • प्रतीक: सर्प
  • देवी : सर्प वा नागहरु
  • भारतीय राशी: १०°२६' - ३०° कर्क
  • पश्चिमी राशी १०°२६' - २३°४६ सिंह

अश्लेशा, तमिल भाषा र मलयालम भाषामा अयिलयमले चिनिने, हिन्दु ज्योतिषका अनुसार २७ वटा नक्षत्रहरुमध्ये नवौं नक्षत्र हो ।[१]अश्लेशालाई क्लिनजीङ् स्टार वा नागा पनि भनिने गरिन्छ । यसलाई हाईड्राका रुपमा चिनिन्छ । यो १६:४० देखि ३०:०० कर्क सम्म विस्तार भएको हुन्छ ।[२]अश्लेशाको शाब्दिक अर्थ आलिङ्गन हो । सूर्यको नजिक भएकोले यस नक्षत्रलाई प्रातः कालमा हेर्न सकिन्छ।

ग्रहका देवता मर्करी वा बुध हुन् । यसको पीठासीन देवी नागहरु हुन् ।[३]नक्षत्रको प्रतीक चिन्ह कुण्डलित सर्प हुन् यो त्रिक्षणा वा तीखो नक्षत्र हो । यसको जनावरीय प्रतीक चिन्ह भाले बिरालो हो । हिन्दु देवता, भगवान श्रीरामका भाईहरु लक्ष्मण र शत्रुघ्न यस नक्षत्रको अन्तर्गत जन्मेका हुन् । र भनिन्छ कि जो मानिस यस नक्षत्रमा जन्मनछन् तिनीहरुको जीवनमा बुध वा चन्द्रको प्रभाव हुने गर्दछ। तिनीहरु भाग्यशाली हुने गर्दछन्। यिनीहरुको वाणी यस्तो हुन्छ कि यिनीहरुबाट अरु-अरु मानिसहरु छिट्टै मन्त्र-मुग्ध हुने गर्दछन्। [४]

भनिने गरिन्छ कि यस नक्षत्रको प्रतीक चिन्ह- नागा वा कुण्डलित सर्प जस्तै, यस नक्षत्रमा जन्मेका मानिसहरुमा भ्रमको र अन्तर्निहित असुरक्षाका भावना रहेको हुन्छ र तपाई जतिसुकै नजिक भएपनि यिनीहरु आफ्नो सुरक्षाका लागि निश्चित छ कि तपाईमाथि हमला गर्छ नै गर्छ । अर्को तर्फ, अश्लेशा मूल भएका बारेमा यो पनि भनिने गरिन्छ कि यिनीहरुमा एउटा असल नेतृत्व क्षमता जसले एउटा विशाल सेनाहरुको नेतृत्व गर्ने सक्दछन् र यिनीहरुको व्यवहार प्राकृतिक रुपले राजनयिक र सौहार्दपूर्ण पनि हुने गर्दछन् ।

महात्मा गान्धी र त्रावणकोरका अयिलम थिरुनलले यस नक्षत्रमा चन्द्रमा थिए, जबकि जवाहर लाल नेहरूले आफ्नो आरोह-अवरोहमा यस नक्षत्रको समयमा उदय भएका थिए ।


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Archived copy", मूलबाट ८ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अक्टोबर २०१२  वेब्याक मेसिन अभिलेखिकरण ८ सेप्टेम्बर २०१२ मिति
  2. http://www.astrojyoti.com/ashlesha.htm
  3. "Characteristics based on Nakshatras", मूलबाट ६ नोभेम्बर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ नोभेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण ६ नोभेम्बर २०१६ मिति
  4. [https://www.jagran.com/spiritual/religion-ashlesha-nakshatra-know-characterstics-and-general-nature-of-these-people-20630525.html Ashlesha Nakshatra: सफल व्यापारी और चतुर अधिवक्ता होते हैं इस नक्षत्र के जातक, जानें कैसे होता है स्वभाव ], अश्लेशा नक्षत्र.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्